पहिलो जित भैरहवाको, काठमाडौं ७ विकेटले पराजित

खेल पौष ५ २०७४ .
Images cms image 000037768

 


काठमाडौं,पु,५
एभरेष्ट प्रिमियर लिग(इपिएल) क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा बुधबार भैरहवा ग्लाडियटर्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गर्दै भैरहवाले जितको खाता खोलेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएरु १ सय १८ रन जोडेको थियो।

काठमाडौंका लागि अमित श्रेष्ठले सर्बाधिक २९ रनको पारी खेले। ३२ बलको सामना गरेका उनले ४ चौका प्रहार गरे। त्यस्तै, उसका सागर कुमारले २८ तथा राजु रिजालले २२ रनको पारी खेलेका थिए।

भैरहवाका दीपेश श्रेष्ठले ३ विकेट हात परे। उनीसँगै शरद भेषावकरले २ तथा आरिफ सेख र पुनित मेहराले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा भैरहवाले १६.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। सोमपाल कामीले गरेको सत्रौं ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै आरिफ सेखले भैरहवालाई जिताएका थिए।

आरिफ २३ रनमा नट आउट रहे। ११ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे। त्यसअघि उसका भारतीय खेलाडी पुनित विष्टले ४२ रनको पारी खेलेका थिए। २८ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे।

त्यस्तै, शरद भेषावकरले ३२, आरिफ सेखले २३ तथा हरिशंकर साहले १४ रनको पारी खेले। काठमाडौंका सोमपाल कामी, अमरसिंह रौटेला तथा सुशील कडेलले समान १–१ विकेट हात पारे।

प्राप्त प्रतिकृयाहरू

To Top