तपाइको आज (राशिफल)

मनोरञ्जन मंसिर २८ २०७४ ekhabarnepal
Images %281%29

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रेममय दिन रहनेछ,प्रेमी प्रेमिकाको सम्बन्धमा सुमधुरता छाउनेछ,आज कामबाट केहि छुटकारा पाइनेछ,बाहन शुख मिल्नेछ भने यात्राको सम्भाबना पनि देखिन्छ,ब्यबसायिक पाटो दरिलो बन्नेछ,आजको लागि शुभ अंक ७ शुभ रङ्ग निलो हो ।

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मान सम्मान बढ्नेछ,आजको दिन दौडधुपमा बित्ने देखिन्छ,राजनैतिक पकड हाशिल गर्न सकिनेछ, विरोधीहरु आफै पाखा लाग्नेछन, सामुहिक कार्यमा सरिक भइनेछ भने मिष्ठान्न भिजनको अवसर जुट्नेछ,सन्तोषजनक समय रहनेछ आजको लागि शुभ अंक ३,शुभ रंग खैरो हो ।

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रतिस्पर्धात्मक समय रहनेछ,बिरोधीहरुलाई सहजै परास्त गर्न सकिनेछ,स्वास्थ्यमा सुधार आएता पनि हतियार तथा यान्त्रिक सामग्री बाट नोक्सानी हुन सक्ने देखिन्छ,बिपरित लिंगी संगको सम्बन्धमा कटुता आउन सक्छ,आजको लागि शुभ अंक १ शुभ रंग हल्का रातो हो ।

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दाम्पत्य सम्बन्धमा कमजोरी आउनसक्छ,आज रिस बढ्नाले दैनिक गरिने काममा असन्तुलन आउने देखिन्छ,यात्रा आंशिक मात्र फलदायी रहनेछ,आम्दानीको तुलनामा खर्च बढी हुनेछ,बैदेशिक क्षेत्रबाट झमेला खेप्नु पर्ला,चोटपटकको संभाबना पनि देखिन्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो ।

मिथुन (Taurus) (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शरीरमा आलस्यता बढ्नेछ,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,खेलबाड गर्ने जागर चल्नेछ भने खर्च बढ्न सक्ने देखिन्छ,छोरा छोरीको लागि समय खर्चिनु पर्नेछ,रमाइलो घुमघाम हुन सक्ने देखिन्छ,आजको लागि शुभ अंक २,शुभ रंग पहेलो हो ।

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सुखपुर्बक दिन बित्नेछ,अरुको सहयोगले आज मनमा सन्तुष्टिको अनुभूति हुनेछ,कृषि जन्य र पशु पंक्षी सम्बन्धि व्यवसायमा निकै राम्रो  फाइदा मिल्नेछ,सामाजिक प्रतिष्ठाप्राप्ति हुनेछ भने,तपाइको नामले आज चर्चा बटुल्नेछ,पुरस्कार वा उपहार प्राप्ति हुन सक्छ,आजको लागि शुभ अंक ५,शुभ रंग पहेलो हो ।

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ,तपाइले गरेको काममा अपजश थोपार्ने हरु बढ्नेछन, स्वास्थ्यमा कमजोरि आउनेछ भने आलस्यता पूर्ण दिन रहन सक्छ,लेनदेन र यात्राको लागि  खासै राम्रो देखिन्न,आजको लागि शुभ अंक ४,शुभ रंग घ्यु रंग हो ।

मकर (Capricorn)(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नोकरीमा सफलता हात लागे संगै काममा बिश्राम मिल्नेछ,विशिष्ट व्यक्तित्व संगको भेटघाटमा समय बित्नेछ,मनोरंजन गर्न आज निकै जागर चल्नेछ,कलाकारितामा हुने हरुको लागि मान सम्मान मिल्ने देखिन्छ,पिताको लागि समय खर्चिनु पर्नेछ,आजको लागि शुभ अंक १,शुभ रंग बुट्टे हो ।

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उत्साहजनक समय रहनेछ,आफन्तको लागि सहयोग गर्न सकिनेछ,तपाइको सानो सहयोगले पनि ठुलो प्रतिष्ठा कमाइनेछ,साथि संगी संग भेटघाट हुनेछ भने जागिर र व्यवसायमा केहि हलुका महशुस हुनेछ,मिष्ठान्न भोजन गर्ने अबसर मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग हल्का रातो हो ।

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मनमा अनेक प्रकारको खराब बिचारले, सताउनेछ धार्मिक कार्यमा सरिक भइनेछ,दुखि र अनाथको सेवा गर्नमा मन रमाउनेछ,सभा सम्मेलनमा सरिक भइने समय देखिन्छ भने कानुनि रुपमा केहि ब्यबधान आउन सक्ने देखिन्छ,यात्रामा साबधानी अपनाउनु होला,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो ।

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बोलिको सामर्थ्य बढ्नेछ,आफन्त तथा इष्टमित्र संगको सम्बन्धमा सुधार आउनेछ,गर-गहना सगै आज नया बस्त्र अलंकारको लाभ हुन सक्ने देखिन्छ, आजको लेनदेनले सामुहिक कार्यमा लाग्न मलजल प्रदान गर्नेछ,परिवारको लागि समय दिन सकिनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः यो मन्त्र १६ पताक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन निकै साबधानी रहनु पर्ने देखिन्छ,चोटपटक दुर्घटना तथा झैँ झगडाको सम्भाबना रहन्छ, रिस बढ्ने र दाम्पत्य सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ,आर्थिक कारोबार भने केहि सुधारित रहनेछ, नया लगानी गर्नको लागि समय उपयुक्त देखिन्न,आजको लागि शुभ रंग रातो, शुभ अंक २ हो ।

प्राप्त प्रतिकृयाहरू

To Top