काठमाडौं,कात्तिक ७–चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले राष्ट्रपती सी जिनपिङलाई महान चिन्तकका रुपमा प्रस्तुत गर्दै उहाँको बिचारलाई पार्टीको कार्यानिर्देशका रुपमा ग्रहण गरेको छ ।
पार्टीको मंगलबार सकिएको महाधिवेशनले चीनको संविधान संसोधनलाई पारित गरेको छ, जसमा सीको बिचारधारालाई पार्टीको मार्ग निर्देशक सिद्धान्त बनाउने उल्लेख गरिएको छ ।
सी जिनपिङले ‘नयाँ युगका लागि चिनियाँ बिशेषतासहितको समाजवाद’ को बिचारधारालाई अघि बढाएको र त्यसले चीन थप बिकास र समृद्धितर्फ अघि बढेको भन्दै त्यसलाई माओ, देङकै दर्जा दिएको हो । सीपीसी महाधिबेशनको प्रस्तावनामा यो उल्लेख छ ।
महाअधिवेशनले प्रधानमन्त्री ली खछियाङसहित ११ जनालाई सीपीसीको केन्द्रीय समितीमा निर्वाचित गरेको छ । त्यस्तै, पारित संविधान संसोधनमा भ्रष्टाचारबिरुद्धको लडाईलाई बृहत्तर प्रयासमार्फत जारी राख्ने पनि उल्लेख छ । राष्ट्रपती सीले भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलताको नीति लिएपछि त्यहाँ ठूलो संख्यामा भ्रष्टाचारबिरुद्धका मुद्दा अघि बढेका छन् भने भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल भएको छ ।
समापन समारोहलाई संवोधन गर्दै राष्ट्रपती सी जिनपिङले चिनियाँ समाजवादी प्रणालीले ठूलो शक्ति र साहस प्रदर्शन गर्ने र त्यसले चिनियाँ नागरिकको भविश्य उज्वल रहेको बताउनु भएको छ ।
सिन्हा समाचार संस्थाका अनुसार, राष्ट्रपती सीले चीन र चिनियाँ नागरिकको भविश्य उज्वल रहेको भन्दै त्यसका लागि कार्यक्रम तय भएको बताउनु भएको हो ।
‘हाम्रो पार्टीले बलियो, दृढ र गतिशिल नेतृत्व देखाउँछ’ उहाँले भन्नुभयो,‘यही नेतृत्वले महान समाजवादी राष्ट्र बनाउने लक्ष्य अघि बढाएको छ ।’ राष्ट्रपती सीले महाधिवेशनमा सहभागि २३ सय प्रतिनिधिमाझ यो महान युग देख्न पाउनुले चिनियाँ नागरिकमा आत्माबिश्वास बढेको बताउनु भयो ।
सीपीसीले चिनियाँ नागरिक र चिनियाँ राष्ट्रलाई बिकास र समृद्धिका लागि जोडेको र त्यसले चिनियाँ नागरिकका दर्द र पिंडाका दिनहरु समाप्त भएको बताउनु भयो । सन १८४० को अफिम युद्धपछि चीनमाथि बाह्य आक्रमण र हस्तक्षेप ब्यापक बढेको र सीपीसीको स्थापनासँगै बाह्य तत्वसँग लड्ने क्षमता विकास हुँदै आज चीन बिश्वको नेता बन्न अग्रसर भएको हो ।
प्राप्त प्रतिकृयाहरू