असोज ४
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ ।
७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।
राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ ।
त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ ।
भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर मेक्सिको सिटीमा मानिसहरु अभ्यास गरिरहेको समयमा यो भूकम्प आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि
-यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प मेक्सिकोको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।
-मेक्सिकोमा ३२ वर्षअघि गएको विनाशकारी भूकम्पमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।
प्राप्त प्रतिकृयाहरू