एजेन्सी |
मेक्सिकोमा ८ रेक्टर स्केलको भूकम्प गएको छ। दक्षिणी मेक्सिकोमा उक्त रेक्टर स्केलको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जनाएको छ। भूकम्पको धक्का मेक्सिकोको राजधानीलाई पनि हल्लाएको बताइएको छ। भूकम्पका कारण मान्छेहरु सडकमा आएको रोयटर्सले लेखेको छ। भूकम्पको केन्द्रबिन्दु पिजिजियापान सहरको १ सय २३ दक्षिणपश्चिममा रहेको बताइएको छ। भूकम्प जमिनको सतहभन्दा ३३ किलोमिटर गहिराइमा रहेको उल्लेख छ। भूकम्पका कारण समुद्री छाल र हावा हुरीका अलवा सुनामी आउन सक्ने चेतावनी त्यहाँको प्यासिफिक सुनामि वार्निङ सेन्टरले दिएको छ। अहिलेसम्म कुनै किसिमको क्षतिको विवरण आएको छैन। मेक्सिकोको नागरिक रक्षा एजेन्सीले यो भूकम्प सन् १९८५ यताकै सबैभन्दा शक्तिशाली रहेको बताएको छ। सन् १९८५ मा गएको शक्तिशाली भूकम्पले हजारौंको मृत्यु भएको थियो भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो।
प्राप्त प्रतिकृयाहरू