नारायणगढ- मुग्लिन सडक अझै बन्द

समाज भाद्र १८ २०७४ .
Narayanghat muglin

चितवन ,भदौ १८: पहिरो हटाएपछि मुग्लिन मलेखु सडकखण्डमा यातायात सञ्चालनमा आएको छ। विहान साढे ८ बजे पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो। राती १२ बजे पहिरो खसेर यहाँको सयक बन्द भएको थियो। मुग्लिन मलेखु सडक अन्तरगत फिस्लिङ र घोप्टेभिरमा पहिरो खसेर राती १२ बजेबाट सडक बन्द भएको थियो। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नारायणगढ मुग्लिक सडकको जलविरे,कालिखोला, मुग्लिन डाँडाामा खसेको पहिरो भने अझै हटाउन सकिएको छैन जसका कारण उक्त सडक भने अबरुद्ध नै छ। सडक बन्द हुँदा शनिबार साँझ देखिनै रोकिएका गाडीहरु गन्तव्यतर्फ जान नसक्दा यात्रु प्रभावित भएका छन्। पोखरा काठमाडौका यात्रु भने गन्तव्यतर्फ जान थालेका छन्।

 

प्राप्त प्रतिकृयाहरू

To Top