न्युयोर्क ,भदौ १६। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न चारवटा कम्पनीलाई नमूना पर्खाल निर्माण गर्न छनौट गरिएको छ । अमेरिकी कस्टम तथा सीमा सुरक्षा (सिबिपी)ले यसबारे जानकारी दिएको हो ।
चारवटा कङ्क्रिट नमूना ३० फिट लामो र ३० फिट अग्लो हुने र अगामी महिनाभित्र निर्माण हुने बताइएको छ ।
निर्माण भएपछि सिबिपीले दुई महिनासम्म पर्खालको परिक्षण गर्ने जानकारी दिएको छ ।
चारवटा कम्पनी प्रत्येकलाई ५ लाख डलर बराबरको कन्ट्रायक्ट दिइएको उल्लेख गरिएको छ ।
राष्ट्रपति ट्रम्पले चुनावी अभियानको क्रममा अमेरिकाको दक्षिणी सीमामा पर्खाल बनाउने वाचा गरेका थिए ।
सिबिपीका डेप्युटी कमिस्नर रोनाल्ड भिटिएलोले यो नमूनाले पर्खालको मापदण्ड निर्धारण गर्न सहयोग पुग्ने बताए ।
उनले पर्खाल कसैले तोड्न नसकोस् भनेर स–साना हतियारको प्रयोग गरेर परिक्षण गर्ने पनि बताए ।
पर्खालमा सेन्सर र क्यामरा पनि जडान भएको हुनुपर्ने बताइएको छ ।
केही हप्ताभित्र पर्खालको निर्माण गर्ने निर्देशन जारी गरेपछि ३० दिनभित्र उक्त पर्खाल निर्माण भइसक्ने बताइएको छ ।
यस्तो करार प्राप्त गर्ने कम्पनीहरुमा अलाबामाको काडेल कन्सट्रक्सन, एरिजोनाको फिसर इन्डस्ट्रिज, टेक्सास स्टर्लिङ कन्सट्रक्स र मिसिस्सिपीको डब्लुजी येटस् एण्ड सन्स कन्सट्रक्सन रहेका छन् ।
प्राप्त प्रतिकृयाहरू