बाढीका कारण गुल्मीमा हालसम्म ८ सय रोपनीभन्दा बढी खेत बगायो

समाज भाद्र १५ २०७४ .
Gulmi 1 768x461

गुल्मी, भदौ १५ ।  वर्षासंगै आएको बाढीले गुल्मीमा सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत दुई साताको अवधिमा कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहा लगायतका खोलामा आएको बाढीले उक्त क्षती पुराएको हो । बडिगाढ खोलामा आएको बाढीले सबै भन्दा धेरै धान सहितको खेतमा बढी क्षति पु¥याएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको राक्से, ढाँब, बौवा, गुल्मी दरबार गाउँपालीका अन्र्तगत बलिथुम, रुरु गाउँपालीका अन्र्तगत बम्घा लगायतका स्थानमा ८ सय २० रोपनीमा लगाएको धान सहितको खेत बाढीले बगाएको छ । बलिथुममा खेतसंगै सिंगो गाउ“ जोड्ने मोटरबाटो समेत खोलाले कटान गरेर लगेपछि त्यस क्षेत्रका स्थानीयहरुलाई आवतजावतमा थप समस्या परेको छ ।
   धान रोपेको सबै खेत बगाई दिएपछि बलिथुम माझी गाउ“का वासिन्दाहरुलाई नजिकैको मजुवा बजारसम्म आवत जावतमा समस्या परेको छ । उनीहरु यतिवेला बजारसम्म पुग्नकालागि गाउँको घुमाउरो बाटो हिड्न बाध्य छन् । बलिथुममा मात्र झण्डै ३० रोपनी खेत बडिगाढ खोलाले बगाईदिएको छ ।
जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीका अनुसार जिल्लाभर बाढी र पहिरोले ८ सय २० रोपनी भन्दा बढी धान खेतमा क्षति पु¥याएको छ । पन्थीका अनुसार बडिगाढ, छल्दी र खज्र्याङ खोलाले धेरै क्षति पु¥याएको हुँदा कार्यालयवाट क्षतिको विवरण संकलन गर्ने काम भईरहेको बताईएको छ । वर्षाले कतिपय स्थानमा बिजुलीका पोलहरु पहिरोले पुरिदिएको कारण टेलिफोन सम्पर्क समस्या परेकोले कृषिमा पुगेको क्षतिको विवरण संकलन गर्न ढीला भएको कार्यालयले जनाएको छ ।
वर्षाले सदरमुकाम जोड्ने रिडी तम्घास सडक बाहेक अन्य अधिकांश सडकमा यातायात संचालन गर्न समस्या परेको गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष झकबहादुर मिदुनले बताउनु भयो । यस पटक मुसिकोट नगरपालिकामा पहिरोमा परेर एक घर र एक गोठ सहित केही बस्तुभाउ मरेपनि अन्य कुनै मानविय क्षती नभएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिनु भएको छ ।
सदरमुकाम तम्घास नजिकै कुंडापानीमा पहिरोका कारण १६ घर जोखिममा परेका छन् भने कालीगण्डकी गाउँपालीका अन्र्तगत अर्वेनीमा जमिन भासिएपछि १६ घर पुरै विस्थापित भएको वडा अध्यक्ष देवी न्यौपानेले बताउनु भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top