बुटवलको मिलनचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

समाज भाद्र १५ २०७४ .
Accident

बुटवल ,भदौ १५।

बुटवलको मिलनचोकमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेको बा ६४प ६३८४ नम्बरको मोटरसाइकललाई Mh 04 eb ५३७६ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक पाल्पा तानसेन–७ का रुक बहादुर थापा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top