नारायणगढ–मुग्लिन सडक बग्यो, हजारौं सवारी अलपत्र

समाज भाद्र १५ २०७४ .
Narayanghat muglin sadak

चितवन,भाद्र १५
 निरन्तर परेको झरीले नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा सडक बगाएको छ ।

त्रिसुली किनारतर्फको आधा सडक बगाएपछि हजारौं सवारी रोकिएका छन् । ९ मिटर चौडा सडकमध्ये ४ मिटर बगेको छ । करिव ५० मिटर लम्बाईमा सडक बगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

आधा सडक बगेपछि एकतर्फी सवारी चलाउन पनि समस्या भएको छ । एकतर्फी सडक सञ्चालन गर्न पनि कम्तिमा ७ मिटर चौडा आवश्यक पर्ने खनालले बताए ।

दुवैतर्फ सवारी चाप बढेपछि खुलाउने पहलका लागि सरोकारवालाहरुले अध्ययन सुरु गरेका छन् । तर, रातभर परेको पानी नरोकिएकाले समस्या पैदा भएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top