कुलेश्वरको कारबाटिकाको गोदाममा भिषण आगलागी

समाज भाद्र १३ २०७४ .
Fire kalimati 2 qk5cq3g95l

काठमाडौं, भदौ १३– काठमाडौंको कुलेश्वरस्थित कारबाटिकाको गोदाममा भीषण आगलागी भएको छ ।

कुलेश्वरस्थित ग्लोबल बैंकको अलाडि रहेको रामकृष्ण बैदारको कारबाटिकाको गोदाममा साढे चार बजेतिर आगलागी भएको हो ।

महानगरपालिकाको तीन वटा दमकल र १० वटा पानी ट्याङकर आगो निभाउन परिचालन भएको प्रहरी कार्यालय कालीमाटीले जनाएको छ । आगो अझै पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भइ आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top