बीबीसी
भदौ १२ ।
भारत र चीनबिच पछिल्ला केही महिनादेखि चलिरहेको डोकलाममाथि चलिरहेको विवादको हल गर्ने दिशामा महत्वपूर्ण सहमती बनेको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार दुबै देश डोकलामबाट सेना हटाउन तयार भएका छन् ।
भारतीय विदेश मन्त्रालयले एक बयान जारी गर्दै भन्यो, ‘गत हप्तादेखि डोकलामको विषयमा भारत र चीनले कूटनीतिक कुराकानी जारी राखेका छन् । यो कुराकानीमा हामीले एक अर्काको चिन्ता र हितमा कुरा गरे । यो आधारमा डोकलाममा जारी विवादको विषयमा हामीले सीमामा सेना हटाउने निर्णय गरेका छौं र यसमा कारवाही पनि सुरु भएको छ ।’
MEA Press Statement on Doklam Disengagement Understanding pic.twitter.com/fVo4N0eaf8
— Raveesh Kumar (@MEAIndia) August 28, 2017
के हो विवाद ?
सीमा विवादका कारण पछिल्ला केही महिनादेखि भारत र चीनबिच तनावको स्थिती बनेको थियो ।
सीमा विवादका कारण दुबै देश सन् १९६२ मा युद्धको मैदानमा पनि उत्रिएका थिए तर अहिले पनि सीमामा रहेका केही इलाकाको विषयमा विवाद छ जुन कहिलेकाँही तनावको कारण बन्ने गर्दछ ।
गत मे महिनामा डोकलामको विषयमा सुरु भएको तनावबिच भारत र चीनले सीमामा आफ्नो फौजलाई तैनाथ गर्यो र एक–अर्कालाई उनीहरुको सेना फिर्ता बोलाउन आदेश दिइरह्यो ।
गतिरोध त्यतिबेला सुरु भयो जब भारतले पठारी क्षेत्र डोकलाममा चीनको सडक बनाउने कोसिसलाई विरोध गर्यो । भारतमा डोकलाम नामबाट चिनिने यो इलाकालाई चीनमा डोंगलोंग नामले चिनिन्छ ।
प्राप्त प्रतिकृयाहरू