अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी अन्धकारमय

समाज भाद्र ७ २०७४ .
Bhairawa bidhut office

भैरहवा ,भदौ ७ । नेपाल बिद्युत प्राधीकरण लुम्बिनी प्रशाखाको शनिवार मुख्य प्रशारण लाईन ट्रान्सफार्म जल्दा  अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी अन्धकारमय भएको छ । साउन महिनामा मायादेबी मन्दिरको ट्रन्सफार्म जल्दा एक साता बिद्युत आपुर्ति
ठप्प भएको घटना सेलाउन नपाउदै यो घटना भएको हो । ओभरलोडका कारण पहिलो पटक बिद्युत  प्राधीकरण लुम्बिनीको पाँच एम.बी.ए. ट्रान्सफार्म जलेपछि चारदिन देखि ३५ हजार सेवाग्रहीहरुले बिजुली बाल्न नपाउदा लुम्बिनी क्षेत्र अन्धकारमय बनेको हो ।

जलेको ट्रान्सफार्म नबन्दा शनिवार देखि बिद्युत आपूर्ति ठप्प भए पछि स्वदेशी बिदेशी पर्यटक पाहुना हरुलाई पम्पीसेट लगाई जेनेरेटर चलाएर सेवा पुरयाउन बाध्य भएको लुम्बिनी पर्साचौकका व्यापारी भबिश्वर रेग्मीले  गुनासो गर्नुभयो

ट्रान्सफर्मर जलेपछि अहिदले सर्वसाधरणको दैनिकि अप्ठयारो भइरहेको छ । नया ट्रान्सफार्म जडान गरि बिद्युत आपूर्ति सुचारु गर्नुपर्ने गैडहवा गाँउपालिका साडी निवासी उपभोक्ता सफीउल्लाह मुसलमानले बताउनुभयो ।

लुम्बिनी प्रशाखाबाट गैडहवा र कञ्चन गाउँपालिकाका बासिन्दाले सास्ती पाएका हुन । आफूहरुले बिद्युत महशूल बुझाउन एक दुई दिन ढिलो गर्दा बिद्युत प्राधीकरणले जरिवाना लिने र लामा समय सम्म बिद्युत उपलब्ध नगराए पछि जरिवाना मिनाहा हुनुपर्ने कंचन गाँउपालिका हरैया बजार बस्ने हुमबहादुर बलालले बताउनुभयो ।


बिद्युतप्राधिकरण लुम्बिनी शाखा प्रमुख योगेन्द्र पाण्डेय ओभरलोडका कारण पहिलो पटक ट्रान्सफर्मर तौलिहवा र अमवाबाट केहीमात्रामा लाईन मगाँई हरैया र कालीदह बोर्डर क्षेत्रमा बैकल्पिक ब्यवस्था गरिएको बताउनुभयो । उहाँले बिद्युत सप्लाई गरिएको हुदा मंगलवार लुम्बिनी रुटमा बिद्युत सुचारु गर्ने जानकारी गराउनुभयो


नेपाल बिद्युत प्राधीकरण भैरहवाका प्रमुख मुनीन्द्र ठाकुरले भैरहवामा १६ एम.बी.ए.को ट्रान्सफार्म जडान भईरहेको हुदा भैरहवाको साढेसात एम.बी.ए.क्षमताको ट्रान्सफार्म १०÷१२ दिन भित्रै लुम्बिनीमा जडान गरिने जानकारी दिनुभयो ।

 

 

 

प्राप्त प्रतिकृयाहरू

To Top