अर्घाखाँचीमा १२ हजार नयाँ मतदाता थपिए

समाज भाद्र ७ २०७४ .
Arghakhanchi 768x461

अर्घाखाँची ,भदौ ७ । अर्घाखाँचीमा करिब १२ हजार नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचन पछि जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीले संकलन गरेको मतदाता मात्रै ११ हजार ९६७ जना रहेको जिल्ला निवार्चन कार्यालयका कम्प्युटर अपरेटर नारायणप्रसाद बन्जाडेले जानकारी दिनुभयो । साउन १६ गतेदेखि भदौ ३ गतेसम्म गरिएको  नामावली संकलनमा सबैभन्दा धेरै सितगंगाबाट २ हजार ५३६ जनाले नाम दर्ता   गराएका छन् ।

यस्तै भुमिकास्थान नगरपालिकामा ८४६, छत्रदेव गाउँपालिकामा एक हजार १९२,  पाणिनी गाउँपालिकामा ८८०, मालारानी गाउँपालिकामा ८०४ जना, जिल्ला निवार्चन कार्यालयमै आएर २२ सय ३० जनाले नाम दर्ता गराएका छन् ।  अहिलेको मतदाता नामावली संकलनमा १९५ जनाको नामावली दोहोरिएको छ । दोहोरिएका नाम हटाउन निवार्चन कार्यालयले जानकारी गराइसकेको छ । जिल्लाभरमा एक लाख ३२हजार मतदाता रहेकोमा अव करिव १२ हजार नयाँ मतदाता थपिएका हुन् ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top