बीबीसी
भदौ ६
दोस्रोविश्वयुद्धको क्रममा जापानी पनडुब्बीका कारण डुबेको जहाज यूएसएस इन्डियानापोलिसलाई ७२ वर्षपछि प्रशान्त महासागरमा खोजी गरिएको छ ।
उक्त युद्धपोत १८ हजार फिट (५.५ किलोमिटर) मुनी सुमन्द्रको सतहमा भेटियो ।
इन्डियानापोलिस आफ्नो सिक्रेट मिशनबाट फर्किएका बेला नष्ट गरियो । मिशनका अनुसार उक्त परमाणु पुर्याउन गएको थियो जुन पछि हिरोशिमामा प्रयोग गरिएको थियो ।
जहाजमा रहेका १ हजार १ सय ९६ मानिसमध्ये ३ सय १६ लाई मात्र बचाइएको थियो । अमेरिकी जलसेनाको इतिहासमा उक्त दुर्घटना समुन्द्रको सबैभन्दा धेरै ज्यान लिने मध्येको एक थियो ।
यूएसएस इन्डियानापोलिसलाई जुलाई ३० तारिख १९४५ मा फिलिपिन्स समुन्द्र नजिकै गुआम र लायतेबिच नष्ट गरिएको थियो । जापानी पनडुब्बीले यसलाई एक बम हमला गरेर समुन्द्रमा डुबाएको थियो ।
यो घटनामा करिब ८÷९ सय मानिसहरु डुबिरहेको जहाजबाट निस्कन सफल भए तर यस मामलामा कुनै इमजेन्सी कल रिसिभ भएन ।
अन्तिम आपूर्तिः
घटनाको चार दिन पछि ३ सय १६ जना संयोगले जिउँदो भेटियो । जुन इलाकामा यी मानिसहरु भेटिए त्यो समुन्द्रको शार्क प्रभावित क्षेत्र थियो ।
यो जहाज १२ मिनेटमा नै डुबेको थियो र कुनै पनि इमर्जेन्सी कल नहुँदा यसको लोकेशन पत्ता लगाउन लामो समयसम्म चुनौती बनिरह्यो ।
एलेनको समूहले १८ अगस्टमा जहाजको खोजी गरे । जलसेनका इतिहासकारको एक नयाँ अनुसन्धानमा पत्ता लागे अनुसार महासागरको यो क्षेत्रमा एक जहाज नष्ट हुनुभन्दा एक दिन पहिले देखिएको थियो ।
यो जहाज आफ्नो अन्तिम सिक्रेछ मिशनका लागि चर्चित छ । यसमा परमाणु बम ‘लिटिल ब्वाई’ को पार्टस्सँग यसको न्यूक्लियर रियाक्सनका लागि यूरेनियम फ्यूल पनि लगिएको थियो ।
विश्वयुद्धको अन्तिम वर्षमा यो सप्लाई तिनिआन आइल्याण्डस्थित अमेरिकी बेसमा पुर्याइएको थियो जसमार्फत संसारको पहिलो परमाणु हमला गरियो ।
डुब्नुभन्दा पहिले इंडियानापोलिसले हिरोशिमालाई तहसनहस गर्ने काम गरेको थियो । यसका साथै ‘फ्याट म्यान’ नामको बम नागासाकीमा खसालिएको थियो जसका कारण जापान समर्पण गर्न तयार भयो र दोस्रो विश्वयुद्ध समाप्त भयो ।
बन्नेछ स्मारकः
ऐलनले भने, ‘दोस्रो विश्वयुद्धको क्रममा महत्वपूर्ण भूमिका निभाउने यूएसएस इन्डियानापोलिसका बहादुर मानिस र उनको परिवारलाई सम्मानित गर्नका लागि महत्वपूर्ण छ ।’
अनुसन्धान समूहले आफ्नो बयानमा यूएसएस इन्डियाापोलिस अमेरिकी जलसेनाको सम्पत्ति रहने बताएको छ । यसलाई अब संरक्षित युद्ध मानिन्छ ।
जहाजबाट बचेर फिर्ता आएकामध्ये २२ जना अहिलेसम्म जीवित छन् । उनका प्रवक्ताले भने, ‘सबैलाई यसको प्रतिक्षा थियो कि उनीहरुको जहाज कहिले भेटिनेछ ।’
प्राप्त प्रतिकृयाहरू