सवारी चालक र सडकका कारण दुर्घटना बढ्दो

समाज साउन ३२ २०७४ .
Dsc

भैरहवा । सवारी दुर्घटना रोक्न जिल्ला ट्राफिक कार्यालयले विभिन्न सचेतना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन् ।
चालकको लापरवाही र सडकका कारण दिनहुँ धनजनको क्षति हुनेक्रम  बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लमा दुई सय ४८ वटा साना ठूला सवारी दुर्घटना भएका छन् । जसबाट एक सय २५ जनाले ज्यान गुमाए । दुर्घटनाबाट एक सय ८५ जना गम्भीर घाइते भएका थिए भने एक सय पाँच जना सामान्य घाईते भएका थिए ।

ट्राफिक प्रहरी कार्यालयले गएको आर्थिक वर्षमा १  महिनासम्म अभियाननै चलाएर दुर्घटना न्यूनिकरणका लागि प्रयास गर्यो । सवारीको गति सिमित गरौँ, आफु पनि बाँचौ अरुलाई पनि बचाँऔ भन्ने नारा राखेर जिल्लामा चल्ने बस, ट्रक समितिका चालकहरु तथा अन्य सडक प्रयोग कर्ताहरुलाई जनचेतना मुलक अभियान चलाएको थियो ।  तर गरेका सचेतनामुलक कार्यक्रमहरु चालकहरुले लागू नगर्दा दुर्घटनाको संख्या घट्न सकेको छैन । बेलहिया देखि बुटवलसम्म बन्न लागेको व्यापारीक मार्ग बिस्तारको क्रममा सडकका किनारमा राखिएका निर्माण सामाग्री र सडकमा बनेका ठूला ठूला खाल्डाहरुले पछिल्लो समय दुर्घटना बढेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।
६ वर्ष देखि सडक बिस्तारको काम शुरु गरे पनि ठेकेदारहरुले विभिन्न्न कारण देखाउँदै सडक मर्मत र बिस्तार गर्ने काममा ढिलाइ गरेका छन् । भैरहवा क्षेत्रमा सडक बिस्तारको जिम्मा पाएको कालिका तामाङ्ग प्यासिफिक जेबी कम्पनीले सडक बिस्तारका क्रममा बनाएका ठूला ठूला खाल्डा र बीच भागमै राखिएका निर्माण सामाग्रीहरुले दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

गएको आर्थिक वर्षमा यस क्षेत्रको तीन किलोमिटर भित्र मात्र ७० वटा दुर्घटना भएका थिए । जसमा तीन जनाको मृत्यु र ७८ जना घाइते भएको ट्राफिक कार्यालयमा तथ्यांक रहेको छ । सवारी दुर्घटना रोक्न प्रहरीसँगै यातायात व्यवसायी र गैरसरकारी संस्थाहरुले पनि आ आफ्ना किसिमले सचेतना कार्यक्रमहरु सञ्चालन गरेका छन् । यध्यपी समन्वय, कार्यक्रम र अनुगमन प्रभावकारी नहुँदा दुर्घटना घट्न सकेको छैन् ।  

 

प्राप्त प्रतिकृयाहरू

To Top