काठमाडौं ,साउन ३१, – हास्य कलाकारिताको सफलता पछि समाज सेवा तिर होमिएका सिताराम कटटेल (घुर्मुस) अहिले बाढी पिडितको सेवामा क्रियासिल छन् । देश डुबिरहेको समयमा धुर्मुस चुप लागेर बस्न सक्दैन भन्ने सन्देश दिदै उनी अहिले सप्तरीको बाढी पिडीत समक्ष पुगेका छन् ।
विपद्धको समयमा उद्धार र सहयोग गर्नुपर्छ भन्ने कुरा सामाजिक संजालमा धेरै कलाकार कराई रहेको समयमा उनी भने पिडित भएको ठाउँमा पुगेर उद्धारमा लागेका छन् ।
सप्तरी जिल्लाको भारदहका बाढी पिडितलाई बाढीबाट आफैले बोकेर सुरक्षित ठाँउमा सार्ने काममा अहिले उनी जुटेका छन् । आफु अहिले महोत्तरी, धुनुषा र सप्तरीको बाढी पिडीतको उद्धार र राहत बितरणमा लागेको उनले बताए ।
धुर्मुसले महोत्तरीको ३७ घर बाडी पिडीतलाई राहत र ८८ परिवारको लागि खान मिल्ने खाद्यान्न, औषधि, पानी लगायतको राहत प्याकेज वितरण गरिसकेका छन् । यो राहत प्याकेज सहित धुर्मुस सिराहा, सप्तरी, सुनसरी, मोरङ्ग हँुदै झापासम्म पुग्नेछन् ।
प्राप्त प्रतिकृयाहरू