उत्तर कोरियाले अमेरिकी प्यासिफिक क्षेत्रको द्वीप गुआममा परमाणु हमलाको तयारी गरिरहेको बताएको छ । गुआम पश्चिमी प्रशान्त महासागरको एक अमेरिकी द्वीप हो ।
उक्त खबर उत्तर कोरियाको सरकारी मिडियाबाट सार्वजनिक भएको हो । उत्तर कोरियाको सरकारी मिडियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएको केही घण्टापछि एक सैन्य बयान जारी गरेको हो ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार गुआममाथि मध्ययमदेखि लामो दुरीको मिसाइल हमलाबारे बिचार गरिँदै छ । गुआम अमेरिकी सामरिक बमवर्षक विमानको अड्डा हो । उत्तर कोरियाको यो बयान दुबैदेशबिचको खतरनाक तनाव दर्साउँछ ।
केही दिन अघि संयुक्त राष्ट्रले उत्तर कोरियमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो । दोस्रोतर्फ उत्तर कोरियाका अनुसार यो उसको सम्प्रभुताको हिंस्रक उल्लंघन हो र यसका लागि अमेरिकाले भारी मूल्य चुकाउनु पर्नेछ ।
बुधबार उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले गुआममाथि हमलाको तयारी भइरहेको बताएको छ । केसीएनएका अनुसार गुआमको चारैतर्फ हमलाको तयारी छ । यसमा उत्तर कोरियामा बनेको मिसाइल ह्वासोंग–१२ को प्रयोगगर्ने अनुमान गरिएको छ ।
उत्तर कोरियाको तर्फबाट मंगलबार जारी सैन्य बयानमा यो कुरा बताइएको थियो । जब अमेरिकी सेनाले गुआममा सैन्य अभ्यास गरिरहेको भन्ने खबर सार्वजनिक भएपछि उत्तर कोरियाको यस्तो बयान आएको हो । उत्तर कोरियाको यो आक्रामक बयानपछि स्थिती थप बिग्रिएको छ ।
उत्तर कोरियाले पाँच पटक परमाणु बमको परिक्षण गरेको छ । यसका साथै जुलाईमा इन्टरनेशनल ब्यालेस्टिक मिसाइलको पनि परिक्षण गरेको थियो । दाबीका अनुसार उत्तर कोरियाको मिसाइलको क्षमताले अमेरिकासम्म प्रभावित पार्न सक्छ ।
मंगलबार अमेरिकी मिडियामा छापेको रिपोर्ट अनुसार उत्तर कोरियाले परमाणु हतियार हाँसिल गरेको छ र उसको मिसाइल पनि परमाणु हतियारको क्षमता छ ।
प्राप्त प्रतिकृयाहरू