एजेन्सी, साउन २३।
सलमान खान ‘ट्युबलाइट’ फिल्मपछि भिन्न फिल्ममा आकर्षित भएको देखिन्छन् । एक रिपोर्ट अनुसार सलमान फिल्म ‘रेस थ्री’ को मुख्य भूमिकामा देखिने भएका छन् । यो सन् २००८ मा रिलिज भएको फिल्म ‘रेस’ को तेस्रो संस्करण हो । यो फिल्मलाई रमेश तौरानीले निर्माण गर्नेछन् ।
यो फिल्मलाई स्विकार गर्नुपूर्व सलमान खानले एउटा शर्त राखेका थिए । फिल्मलाई रेमा डिसुजाले निर्देशन गरेमात्र उनले फिल्ममा अभिनय गर्ने बताएका थिए ।
रेमोले सलमानको फिल्म ‘डान्सिङ ड्याड’ लाई ‘होल्ड’ गरेको खबर छ । उक्त फिल्मको सिक्वेलमा ध्यान केन्द्रीत गर्न सकियोस् भनेर फिल्म होल्ड गरिएको बताइएको छ ।
स्मरण रहोस्, योभन्दा अघि फिल्मको दुबै संस्करणलाई अब्बास–मस्तानीको जोडीले निर्देशन गरेको थियो जुन बक्स अफिसमा हिट भएको थियो ।
प्राप्त प्रतिकृयाहरू