व्यापारी अपहरण काण्ड : हिमाञ्चलबाट समातिए हत्यामा संलग्न

समाज असार २७ २०७४ .
Hatkadi 1

दाङ असार २७,–दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार व्यवसायी श्रेष्ठको अपहरणमा मुख्य भुमिका निभाउने  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने पूजा घर्ती, उनकै बाबु टीकाराम घर्ती र अपहरणको मुख्य योजनाकार सल्यान झिम्पे ४ का मानबहादुर भण्डारी पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई घटनाको झण्डै १ महिना पछि भारतको हिमान्चलबाट पक्राउ गरेको हो । श्रेष्ठ गत जेठ २६ गते तुलसीपुरबाट अपहरणमा परेका थिए । पक्राउ परेका तीनै जनालाई प्रहरीले आजै बेलुका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ । जेठ २६ गते पूजाले फोन गरेर बोलाएपछि उनीहरुको टोलीले श्रेष्ठलाई अपहरणपछि सल्यान पुर्याएका थिए ।

श्रेठको शव अपहरणमा परेको २१ दिनपछि सल्यानकै छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा भेटिएको थियो । तर, अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तुलसीपुरका कपडा व्यपारी श्रेष्ठलाई पैसाकै लागि अपहरण गरिएको र उनीसँग तीन करोड फिरौती मागिएको बुझिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top