नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको: गृहमन्त्री

समाज असार २७ २०७४ .
Janadhan

बुटवल असार २७ – गृहमन्त्री जनार्दन शर्माले भने नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिरहेका बेला गृहमन्त्री शर्माको यस्तो भनाई आएको हो ।

गृहमन्त्री शर्माले स्थानीय तहको चुनावको क्रममा चुनाव विरोधी गतिविधि गर्ने केही व्यक्ति पक्राउ परेको भएपनि अहिले उनीहरु सवै रिहा भएको बताए ।

बिप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेकाे नेपाल बन्दकाे बुटवलमा आंशिक प्रभाब परेकाे छ । लामाे दुरीका कुनैपनि  सवारी साधन चलेका छैनन् ।

तर  भित्री सडकहरुमा साना र निजि सवारी साधनहरु गुडेकाे देखिन्छ । बन्दकर्ताहरु सडकमा छैनन् । सुरक्षा ब्यस्था बलियाे पारिएकाे प्रहरीले जनाएकाे छ ।

प्राप्त प्रतिकृयाहरू

To Top