सिंहदरवार अब गाउँमै : स्थानीय तहमा आज बजेट भाषण

अर्थ असार २५ २०७४ .
Sanghiya mamila ctijciiy5x

काठमाडौ असार २५– अधिकांश स्थानीय तहले आज पहिलो स्थानीय बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तह निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका हुन् ।


संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका असार ३० गतेसम्म बजेट सार्वजनिक गरीसक्नुपर्ने निर्देशिका यसअघि नै मन्त्रालयले जारी गरेपछि जनप्रतिनिधि छनोट भएका स्थानीय तहले स्थानीय व्यवस्थापिका गाउँ र नगर सभामा पेश गर्दैछन् ।


यसरी गाउँ र नगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्ने प्रावधान छ । निर्वाचन नभएका स्थानीय तहमा भने अन्तरिम खाका पेश हुनेछ ।


संसदमा जस्तै सथानीय तहले गाउँसभा या नगरसभामार्फत वर्षभरीको अनुमानित बजेट तयार गरिन्छ । यसरी तयार गरेको बजेट स्थानीय तहको प्रमुख वा उपप्रमुख अथवा सदस्यले सभामा पढेर सुनाउनेछन् । बजेट बनाउँदा आम्दानी, खर्च, स्थानीय स्तरमा हुने राजश्व संकलन, वित्तिय व्यवस्थापन लगायतका विषयलाई समेट्न पाउनेछन् । यस्तै सडक, विजुली, खानेपानी लगायतका विषय र बजेटमा सरकारले दिने आम्दानीका श्रोत पनि समेट्नुपर्नेछ ।


नेपालको नयाँ संविधान अनुसार प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानुन बमोजिम गाउँ वा नगर सभामा पेश गरी पारित गराउनु पर्ने व्यवस्था छ । यसरी पारित भएको बजेट मात्रै नयाँ आर्थिक वर्षमा ति तहले खर्च गर्न पाउनेछन् । स्थानीय व्यवस्थापिकामा गाउँ तथा नगर सभामा  निर्वाचित भएका प्रमुख उपप्रमुख वडाअध्यक्ष र प्रत्येक वडाबाट चार सदस्य र दलित वा अल्पसंख्यक समुदायका एक सदस्य रहने व्यवस्था छ ।


अधिकांश स्थानीय तहको निर्वाचन सम्पन्न भएपनि स्थानीय तह सञ्चालनसम्बन्धि ऐन जारी भएको छैन । जसले गर्दा निर्वाचित प्रतिनिधिहरु केही अन्योलमा परेका छन् । तर, सरकारले ऐन जारी नहँुदासम्मका लागि भनेर स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश,२०७४ जारी गरेकाले जनप्रतिनिधिहरुले सोही आदेशलाई आधार मान्दै आफ्नो नियमित काम गर्न बाटो खुलाइदिएको छ ।

मन्त्रिपषिदको गत जेठ १७ को निर्णय अनुसार संविधानको धारा ३०२ को उपधारा १ बमोजिम यस्तो आदेश जारी गरेको हो । आदेशमा स्थानीय तहको कार्यसञ्चालन र सेवा प्रवाह, गाउँ कार्यपालिकाको उपाध्यक्ष वा नगरपालिकाकाको उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको काम कर्तव्य र अधिकार, प्रशासन तथा कर्मचारीको व्यवस्था, आर्थिक प्रशासन, योजना तथा आयोजना सञ्चालन एवं व्यवस्थापन,कर तथा राजश्व, सम्पति हस्तान्तरण, सहजीकरण तथा समन्वयलगायतका अधिकार प्रत्यायोजन गरिएका छन् ।  

प्राप्त प्रतिकृयाहरू

To Top