रुपन्देहीको १६ स्थानीय तहको नतिजा (सूचीसहित)

राजनीति असार २३ २०७४ .
Rupendehi 768x461

भैरहवा  असार,२३ । रुपन्देहीमा रहेका सबै १६ स्थानीय तहको नतिजा घोषणा भएको छ । जसमध्ये एमालेले ७, संघीय समाजवादी फोरम नेपालले ४, कांग्रेसले २, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्रले एक-एक तहमा जित हासिल गरेका छन् ।

एमालेले बुटवल उमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा नगरपालिका र सियारी, शुद्धोधन, कञ्चन गाउँपालिका गरी ७ तहको प्रमुख पदमा वियजी हासिल गरेको छ ।

४ तह जित्दै संघीय समाजवादी फोरम नेपाल दोस्रो दल बनेको छ । उसले जिल्लाका कोटहिमाई, रोहिणी, गैडहवा र मर्चवारी गाउँपालिका जितेको छ ।

कांग्रेसले देवदह नगरपालिका र मायादेवी गाउँपालिका गरी दुई तहमा विजय हासिल गरेको छ ।

माओवादी केन्द्र ओमसतिया गाउँपालिकामा र फोरम लोकतान्त्रिक सम्मरीमाई गाउँपालिकामा निर्वाचित भएका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका राजपाबाट स्वतन्त्र उम्मेदवारी दिएका मनमोहन चौधरी विजयी भए ।

१. बुटवल उपमहानगरपालिका

मेयरः नेकपा एमाले, शिवराज सुवेदी- २३,२४९
उपमेयरः नेकपा एमाले, गोमादेवी आचार्य- २५,३०१

२. सिद्धार्थनगर नगरपालिका
मेयरः नेकपा एमाले, हरीप्रसाद अधिकारी- ६,७०५
उपमेयरः नेकपा एमाले, उमा काफ्ले- ६,१७२

 

३. सैनामैना नगरपालिका
मेयरः नेकपा एमाले, चित्र बहादुर कार्की- १३,०३६
उपमेयरः नेकपा एमाले, विना राना- १३,२६१

४. तिलोत्तमा नगरपालिका
मेयरः नेकपा एमाले, बासुदेव घिमिरे- २१,८६८
उपमेयरः नेकपा एमाले, जागेश्वरीदेवी चौधरी- २२,०७१

५. सियारी गाउँपालिका
अध्यक्षः नेकपा एमाले, अयोध्या थारु- ६,०५२
उपाध्यक्षः नेकपा एमाले, अमृता गुरुङ- ६,०५०

६. सुद्धोधन गाउँपालिका
अध्यक्षः नेकपा एमाले, किशुन चन्द्र चौधरी- ५,३७१
उपाध्यक्षः नेकपा एमाले, शान्ता देबी ज्ञवाली- ५,३९०

७. कञ्चन गाउँपालिका
अध्यक्षः नेकपा एमाले, गोकर्ण बहादुर क्षेत्री- ६,७७७
उपाध्यक्षः नेकपा एमाले, गोमा तरामु- ६,९२४


८. मर्चवारी गाउँपालिका
अध्यक्षः सं.स. फोरम नेपाल, केशव कलवार-३,४०५
उपाध्यक्षः सं.स. फोरम नेपाल, सुनिता कलवार-२,०५४

९. रोहिणी गाउँपालिका
अध्यक्षः सं.स. फोरम नेपाल, सनोज कुमार यादव, ३,७६०
उपाध्यक्षः राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रीकान्ति चमार, ३,४९६

१०. गैडहवा गाउँपालिका
अध्यक्षः सं.स.फोरम नेपाल, बच्चु केबट- ५,४१६
उपाध्यक्षः सं.स.फोरम नेपाल, संगिता यादव- ४,९७५

११. कोटहीमाई गाउँपालिका
अध्यक्षः सं.स.फोरम नेपाल, चन्द भुषण यादव ३,३११
उपाध्यक्षः सं.स.फोरम नेपाल,भानुमति बानियाँ ३,०२६


१३. देवदह नगरपालिका
मेयरः नेपाली कांग्रेस, हिरा बहादुर खत्री केसी- १०,२११
उपमेयरः नेकपा एमाले, विद्यालक्ष्मी गुरुङ- १०,२७०

१४. मायादेवी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस- ध्रुव नारायण चौधरी- २,८१६
उपाध्यक्षः नेपाली कांग्रेस- तारादेवी यादव-२,२१३


१५. ओमसतिया गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र, हिरा केवट ‘राहुल’-२,४४२
उपाध्यक्षः नेकपा माओवादी केन्द्र, सुन्दरमति हरिजन-२,२६४

१६. समरीमाई गाउँपालिका
अध्यक्षः फोरम लोकतान्त्रिक, जितेन्द्रनाथ शुक्ल ‘बब्लु’- ३,०६६
उपाध्यक्षः नेपाली कांग्रेस, कुमारी प्रियंका शाही सिंह-२,८१६

 

१७.लुम्बिनी साँस्कृतिक नगरपालिका

मेयरः स्वतन्त्र मनमोहन चौधरी- ८,१७५
उपमेयरः सं.स. फोरम नेपाल, जानकीदेवी श्रीवास्तव-४,७२०

प्राप्त प्रतिकृयाहरू

To Top