३२४ स्थानीय तहको मतगणना सकियो, अव १० तह वाँकी

राजनीति असार २३ २०७४ .
Nirwachan aayog qres8x9vov

काठमाडौं, असार २३ । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज शुक्रबार सम्म ३२४  स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ ।

हालसम्म २९ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।

मतगणना कार्य जारी रहेका १ नम्बर प्रदेशको झापा जिल्लाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिका तथा धनपाल गाउँपालिकाको मतगणना जारी छ । यसैगरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका मतगणना जारी छ ।

प्रदेश ५ को रुपन्देही जिल्लाको कोटहिमाइ गाउँपालिकाको मतगणना जारी रहेको छ ।

यस्तै, प्रदेश नम्बर ७ को कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पुनरबास नगरपालिका तथा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मतगणना कार्य जारी रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top