परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

समाज असार २२ २०७४ रासस
Aagalagi parasi l4e4uklps3

नवलपरासी असार २२ - जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ ।

कागजात तथा भौतिक संरचना गरी आगलागीबाट १० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।

मध्यरात १२ बजे बिजुली सर्ट भइ आगलागी लागेको प्रहरीले जनाएको छ ।

सदरमुकाम रामग्राम नगरपालिकाको दमकलले आगो दुई घण्टापछि नियन्त्रणमा लिएको रातोपाटी सम्वाददाताले जनाएका छन् ।

आगलागीबाट संस्थाको रिपोर्ट, जिविसको प्रोफाइल रिपोर्ट, एमसीपीएम रिपोर्ट जिविसको माइन्युट लगायतका अन्य महत्वपूर्ण काजजात जलेको छ ।

दोस्रो तलामा लागेको आगलागीबाट त्यहाँ रहेका कुर्सी, टेबल, दराज लगायतका फर्निचरका सामान समेत पूर्ण रुपमा जलेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top