नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

समाज असार १७ २०७४ .
Narayanghat muglin sadak

चितवन  असार,१७ । नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन ।

शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ जाने र काठमाडौंबाट चितवन तर्फ आउन लागेका करिब ४ हजार सवारी साधन र तिनका यात्रुहरु सडकमै अलपत्र परेका छन् । कतिपय गाडीहरु हेटौंडाको बाटो हुँदै आवत-जावत गरे पनि गाडीको चापले सो सडकमा पनि घण्टौं जामा हुने गरेको छ ।

नारायणगढ-मुग्लिन सडकको पहिरो हटाउने काम निरन्तर चलिरहे पनि ठूला-ठूला ढुंगा समेत देखिएकाले साँझैसम्म समय लाग्न सक्ने प्रहरीले बताएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top