गुल्मीमा चट्याङ लागेर २ को मृत्यु, एक घाइते

समाज असार १३ २०७४ .
Ekhabarlogofinal

गुल्मी   |   चट्याङ लागेर गुल्मीमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ धुर्कोरजस्थल गैराखर्क बस्ने ११ वर्षीय कमल थापाको ज्यान गएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा सोमबार राति ज्यान गएको थापाका बुबा बाबुरामले बताए ।

आफ्नै आगनमा खेलिरहेका कमललाई दिउँसो एक्कासी चट्याङले हानेको थियो । उनलाई धुर्कोट स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जिल्ला अस्पताल तम्घास ल्याइएको थियो । अचेत अवस्थामा रहेका उनको राति ज्यान गएको हो । त्यस्तै मालिका गाउँपालिका ५ छापमा पनि  एक जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । घरमै बसिरहेका २७ वर्षीय प्रदिप थापाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दिउँसो एक्कासी चट्याङ्गले हानेपछि प्रदिपको घटना स्थलमै ज्यान गएको हो । त्यस्तै सोहि स्थानकी २० वर्षीय बिना भण्डारी चट्याङ लागेर गम्भिर घाइते भएकी छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको बुवा डिलाराम भण्डारीले बताए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top