नवलपरासीका सीमानाका ४८ घण्टाका लागि बन्द

समाज असार १३ २०७४ .
Nawalparasi 768x461

परासी असार १३–छिमेकी राष्ट्र भारतसँग जोडिएको नवलपरासीका सम्पुर्ण नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपुर्ण र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले नाकाहरु सोमबार साँझ ५ बजेदेखि बन्द गरेको जनाएको छ ।

प्रशासनले जिल्लाको मुख्य नाका महेसपुर, त्रिवेणी, सुस्ता, झुल्नीपुर, भुजहाँ र गेरमीलाई पुर्ण रुपले बन्द गरेको छ । नाका बन्द गरेदेखि प्रशासनले अत्यावाश्यक भएका व्यक्तिहरुलाई मात्र आवत जावत गर्न दिएको छ ।
करिब ४० किलोमिटर खुला सिमाना रहेको नवलपरासीका सबै नाकामा प्रहरीको कडा निगरानी छ ।

चुनावको समयमा भारतबाट घुसपैठ हुन सक्ने भन्दै प्रहरीले सिमामा सुरक्षा व्यवस्था चुस्त पारेको हो ।
नवलपरासीको परासी क्षेत्रमा पर्ने ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तहको निर्वाचन हुदैछ ।

निर्वाचनलाई व्यस्थित, मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न प्रशासनले असार १४ गते साँझ ७ बजेदेखि मात्र नाका खुलाउने जनाएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top