सरकारको कदमलाई रैतीले सरह टुलुटुलु हेरेर ताली बजाउन सकिन्न  

राजनीति चैत्र १३ २०७६ ekhabarnepal

कमल प्रसाद मलेगो
अध्यक्ष
व्यावसायीक वकिल समाज (प्रोफल)
बुटवल
                    
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रामक रोगको महामारी बाट नेपाल मुलुकलाई जोगाउन नेपाल सरकारले देशको सिमानाका बन्द गर्ने, बैदेशिक एवं  अन्तराष्ट्रिय हवाई सेवा वन्द गर्ने आन्तरिक यातायात सेवा बन्द गर्ने र नागरिकलाई सामुहिक भेट घाट जन सम्पर्क, जमघट, हिडडुल गर्न नियन्त्रण गर्ने लगायत यो महामारी रोग एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्न नदिन लाई जुन सुरक्षात्मक कार्यक्रमहरु संचालन गरिरहेको छ । यसमा कतिपय कमि कम्जोरी भएपनि यो एउटा सराहनिय कार्य भएकोले सरकारको यस कदमलाई व्यवसायीक वकिल समाजले अत्यन्त प्रसंसा सहित स्वागत सर्मथन गर्दछ । यसका साथै गैरसरकारी निकाय, नागरिक समाज र खास गरि सर्वभौम नेपाली जनताको संगठीत सक्रीय आत्मिय सहयोगवाट यो पुण्यकार्य लाई सफल पार्ने महान यज्ञ मा एउटा सानो आहुती स्वरुप यो विज्ञप्ति मार्फत प्रोफल ले हातेमालो गर्न संकल्प प्रस्तुत गर्दछ । 
    कोरोना भाईरस सरुवा रोग जस्ता महामारिवाट बचन मानिस मात्रले अनिवार्य रुपमै आफ्नो जिवनको आचरण व्यवहारको रुपमा अपनाउनु पर्ने केहि आपत्कालिन, केहि तात्कालिन र केही दिर्घकालिन स्वास्थ विज्ञानमा आधारित आधारभुत नियमहरु बारे सम्बन्धित स्वास्थ विशेषज्ञहरुको मानविय संसाधनको प्रयोगबाट आफ्ना देशका नागरिकहरु लाई प्रशिक्षीत सचेत र आत्मसात गराई पुर्व तयारीको आवस्थामा राख्नु सरकारको परम दाईत्व रहेकोमा यसलार्य लामो समय सम्म बेवास्ता गरि कुम्भकर्णको निदमा सुतेको सरकारले यहि २०७६ साल चैत्र १० गते सोमबार राति एकायक निदवाट जागेर २०७६ साल चैत्र ११ गतेदेखि ए १८ गते सम्म लागु हुने गरि संक्रामक रोग ऐन २०२० को दफा २ को प्रयोग गरि मुलुक भर लागुहुने गरी जारी गरेको आदेश माथि यो प्रोफल को ध्यानकर्षण भएको जानकारी गराउदै यस्को असर बारे आफ्नो धारणा यस प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्न गहिरहेको छ । 
    सरकारद्वारा जारी उक्त आदेशमा अन्य कुनै खास नयाँ नौलो कुरा नभै माथि उल्लेख गरिएका कोरोना भाइरस रोगको महामारीवाट बचन मानिस स्वयैले पालन गर्नुपर्ने केही आपत्कालिन र केही तात्कालिन सुरक्षात्मक उपायका नियमहरु नै हुन् । यी कुरा समय छदै सम्बन्धित विशेषज्ञबाट मानवोचित तरिका अपनाई आफ्नो नागरिकलाई सुुसूचीत, प्रशिक्षीत गरायको भए हतारमा अचानक यो एैनको सहारा लीइ सराह्देमा विरालो बाधे जसरि यो आदेश जारी गर्नु पर्ने अवस्थै आउने थिएन ।
    सरकार भ्रममा नपरे हुन्छ कि अहिले हाम्रो मुलुक भरमा मात्र होईन विश्व भरमा नै मानिस जसरी सार्वजनिक स्थानमा हीडडुल नगरि आ–आफ्नै निवासमा खुम्चेर बसेका छन त्यो नत उक्त सरकारी आदेशलई सीरोघार्य गर्न गरेका हुन नत त्यो आदेश मै उल्लेख गरिएका सो आदेश नमान्नेलाई प्रमुख जिल्ला अधिकारीबाट एक महिना कैद र एक सय रुपैया जरिवाना हुने करकलाको लौरो रुपी डण्डको चेतावनी बाटनै डराएर गरेका हुन । यो त यो महामारी रोगबाट विश्वकै शक्ति सम्पन्न कतिपय मुलुकमा भटाभट मानिस मरेको खवर सामाजीक संजालमा व्यापक भाइरल भएको असरबाट आ–आफ्नो ज्यान जोगाउनलाई डरका मारे आफै गरेका हो भन्ने तितो सत्य लाई मान्नु बाहेक अर्को विकल्प छैन । हाम्रो मुलुकलाई लकडाउनको आदेश गर्नु अधि महिनौ अधि देखि विश्वका कातिपय अन्य मुलुकले यहि कोरोना भाइसरको रोकथामका लागी यसको प्रयोगको अभ्यास आ–आफ्नै देश काल परिस्थिति अनुसार गरी सकेका र यो व्यक्ति विशेषले अलग अलग आफु खुसी गर्नु निरर्थक हुने र विश्व भर एकै साथ गर्न पनि सम्भव नहुने हुदा व्यावहारिकतालाई हेरि अवस्था र आवश्यकता अनुसार आ–आफ्नो मुलुकमा अलग अलग समयमा लकडाउनको घोषणा गर्दै आएका र यो क्रम चल्दै रहेको देखिएको हुदा सचेत नेपाली जनताले पनि यसको लागी सरकारले कहिले मिति तोकी यसको व्यवस्थापन गर्ने घोषणा गर्छ भने प्रतिक्षारत नै थिए । त्यसकारण नेपाल सरकारलले आफ्नो मुलुक लकडाउन हुने मिति तय गरि यस्को व्यवस्थापन नियमनको घोषण  सम्म उचीत र सहि तरिकाले गरेको भए त्यो अतिनै उत्तम हुने थियो । तर सामन्ती संस्कारको रोगवाट पछि संक्रमित यो सरकारले त्यहि मनस्थिीतिबाट ग्रस्त भई राजा महेन्द्रका पालामा बनाई जारि गरिएको यो संक्रामक रोग ऐन २०२० को दफा २ को पुच्छर समाई वर्तमान संकटको बैतरणी तर्ने प्रयास स्वरुप गरेको हुदाँ यो कार्यलाई रैतीले सरह टुलुटुलु हेरेर ताली बजाई समर्थन गर्न नसकिने हुदाँ यस गल्तीबाट गम्बीर पाठ सिक्दै आजको युगको माग र आवश्यकता अनुसार विश्वव्यापी महादेशिय स्तर र क्षत्रिय एवं राष्ट्रिय स्तर सम्मका तहतहका महामारि सरुवा रोग लाई सम्बोधन गर्न यस्तै तहतह स्तरका निकाय संगठन र सरकार संग व्यावहारिक र बस्तुगत सम्बन्ध एवं सहकार्य गरि नयाँ स्वास्थ सुरक्षा सम्बन्धि उपायका नितिगत मापण्ड तयार गरि यसको व्यवस्थापन नियमनका लागी सुहाउो कानुन निर्माण गरि लागु गर्न प्रेरणा मिलोस भन्ने राम्रो मनसाय (गुडफेड) बाट यो बिज्ञप्ति माफर्त सरकारलाई सुझाव समेत दिनु प्रेफल ले आफ्नो सामयीक कर्तव्य रहेको थानेको छ । 
    अन्तमा यस प्रेस बिज्ञप्तिमा प्रयोग भएका कतिपय तिता टर्रा शव्दबाट कसैको मन र भावनामा चोट पुग्न गएमा तितो औषधि जिवन रक्षक र गुणकारि हुने हाम्रो पूर्वजहरुको कालजई भनाई लाई मनमा राखि क्षमायाचना गरिदिनु हुन प्रेम पुर्वक सादर अनुरोध समेत गरिएको छ । 
                    
                    
 

प्राप्त प्रतिकृयाहरू

To Top