नेकपा बुटवलद्धारा विभागीय सदस्यहरुको भेला सम्पन्न 

राजनीति माघ १७ २०७६ ekhabarnepal
83870962 466918447547755 2157304859521449984 n

        
बुटवल, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुटवल उप–महानगर कमिटी अन्तर्गतका विभिन्न ३३ वटा विभागीय सदस्यहरुको भेला बुटवलमा सम्पन्न गरेको छ । 
नेकपा बुटवल उपमहानगर कमिटीले सहिद दिवसको अवसर पारेर आयोजना गरेको भेला संविधानसभा सदस्य एवं प्रदेश कार्यालयका सचिव बलराम अधिकारीले सहिदहरुको फोटोमा माल्यार्पण गरेर उद्घाटन भएको थियो । 

आयोजना गरेको भेलामा प्रमुख अतिथिसमेत रहनुभएका नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले विभिन्न विभागको जिम्मेवारी पाएकाहरुलाई एक जुट भएर पार्टी काममा खटिन आब्हान गर्नुभएको थियो । वहाँले पार्टी एकिकरणको कार्यलाई प्रभावकारी ढंगले टोलसम्म नै सम्पन्न गरेको प्रति बुटवल उपमहानगर कमिटीको प्रशंसा गर्दै विकास निर्माणको समेत अगुवाई गरेकोप्रति  धन्यवाद ज्ञापन समेत ब्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल कम्युष्टि पार्टी (नेकपा) बाट हालै राष्ट्रियसभा सदस्यमा निर्वाचित प्रदेश कार्यालयका सदस्य गोपाल भट्टराईले पार्टीको मर्म र भावना विपरित कुनै पनि कार्य  नगर्ने प्रतिविद्धता जनाउनुभएको थियो । वहाँले –‘पार्टीप्रति वफादार हुदै जहिले पनि देश र जनताको सेवामा आफ्नो कार्यकाल विताउने छु’ – भन्नुभएको थियो । संसदिय अभ्यासमा आफ्नो प्रवेश नयाँ भएको भन्दै नेता भट्टराईले पार्टीको निष्ठावान कार्यकर्ता बनेर चिनिने समेत बताउनुभएको थियो । 

भेलामा राष्ट्रियसभामा निर्वाचित प्रदेश कमिटीका कार्यालय सदस्य गोपाल भट्टराईलाई सम्मान गरिएको थियो । 

बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश कमिटी सचिवालय सदस्य नारायणबहादुर जि.सी., प्रदेश कमिटी सदस्य बलबहादुर आचार्य, पुरन गुरुङ्ग, जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक तेजेन्द्र के.सी. लगायतले मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव नारायण बन्जाडेले गर्नुभएको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top