फागुन ३ २०७५ ekhabarnepal
काठमाडौं फागुन ३, भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा परि केन्द्रीय रिजर्भ प्रहरी बल(सीआरपीएफ)का ३० जवानको ज्यान गएको छ । आक्रमणमा परि ४३ जना प्रहरी जवान गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय आतंकवादी जैश–ए–मुहम्मदले लि...फागुन १ २०७५ ekhabarnepal
भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरनेटबाट बाहिरिने भएको छ । यसको परिक्षण अप्रिल अगावै सुरु हुने छ । यो परिक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुस भित्रै हेरिनेछ ।गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र...फागुन १ २०७५ ekhabarnepal
थाईल्यान्डका राजाकी दिदीले प्रधानमन्त्रीको निर्वाचनमा उठ्ने घोषणा गर्दा विवाद सिर्जना भएका कारण आफू दु:खित भएको बताएकी छन्। निर्वाचन आयोगले सोमवार उनलाई सो निर्वाचनका लागि अयोग्य घोषित गरिदिएपछि राजकुमारी उबोन्रत महिडोनले "आजको दिन र युगमा त्यस्तो समस्या हुनु नहुने" भन्दै दु:ख मनाउ गरेकी हुन्। उनले निर्वाचनका लागि मनोनयन गर्दा थाई राज...माघ २९ २०७५ ekhabarnepal
नयाँ दिल्ली माघ २९, दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन् । करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब साढे चार बजेको समयमा आगलागी भएको सूचना विभागमा भएको र तत्काल बा...माघ २८ २०७५ ekhabarnepal
सियोल माघ २८, दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ । दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर को...माघ २७ २०७५ ekhabarnepal
कोलकाता माघ २७, भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् । पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन । पश्चिम बङ्गाल राज्यको राजधा...माघ २५ २०७५ ekhabarnepal
बीबीसी विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डट कमका संस्थापक जेफ बेजस्ले न्याशनल इन्क्वाएरर पत्रिकाको मालिकले आफ्नो गोप्य तस्बिरहरू छाप्ने धम्की दिँदै आफूलाई ब्ल्याकमेल अर्थात जबर्जस्ती रकम असुल्न खोजेको आरोप लगाएका छन्। बेजोसका अनुसार त्यो म्यागाजिनको संस्थापक कम्पनीले त्यो पत्रिकाले उनको गोप्य तस्बिरहरू कसरी फेला पार्यो भन्ने विषयमा अन...माघ २३ २०७५ ekhabarnepal
ब्रसेल्स,बेल्जियम माघ २३, यूरोपेली यूनियनका अध्यक्ष जाँ–क्लाउड यङ्कर र बेलायतकी प्रधानमन्त्री टरिजा मेबीच बिहीबार ब्रसेल्समा भेटवार्ता हुने भएको छ । यूरोपेली यूनियनबाट आगामी मार्चमा बेलायतको बहिर्गमन प्रक्रिया टुङ्ग्याउनुपर्ने भएपनि बेलायतको संसदको बहुमत सदस्यले प्रधानमन्त्री मेले इयू नेताहरूसँग यस पहिले गरेको सम्झौता बेलायतको पक्षमा नरहेको...माघ २३ २०७५ ekhabarnepal
एजेन्सी माघ २३, अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानी...माघ २२ २०७५ ekhabarnepal
काठमाण्डौं माघ २२, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कश्मीरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्नेमा आफ्नो देश दृढ रहेको बताउनु भएको छ । सन् १९४७ मा कश्मीरमा भारतीय सैनिकको आक्रमणमा परि मारिएका हजारौँ नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा ब...माघ २२ २०७५ ekhabarnepal
एजेन्सी माघ २२, एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्एिको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाम...माघ २० २०७५ ekhabarnepal
अमेरिकी सरकारी अधिकारीहरूले अवैध आप्रवासनप्रति निशाना साध्दै एक नक्कली विश्वविद्यालय खडा गरे जसमा भर्ना हुन आएका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको छ। अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले "पे-टू-स्टे" भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन कागजमा सीमित फर्मिङ्टन विश्व...माघ १८ २०७५ ekhabarnepal
काठमाडौं माघ१८, अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लागेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी हुन् । उनी विहीबार मात्रै अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । पररा...माघ १७ २०७५ एएफपी
सिकागो माघ१७, अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् । घरभित्रै बस्न सरकारको अनुरोध : हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरक...माघ १७ २०७५ ekhabarnepal
सिङ्गापुर माघ १६, व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०...माघ १६ २०७५ ekhabarnepal
काठमाडौँ माघ १६, भेनेजुएलाको सर्वोच्च अदालतले विषक्षी नेता ह्वाँ गुआइदोलाई देश छाड्न र आफ्नै ब्याङ्क खाता सञ्चालन गर्न प्रतिबन्ध लगाइ दिएको छ।भेनेजुएलाका महान्यायाधीवक्ता तारेक विलियम शाबले गुआइदोमाथि प्रतिबन्धको आह्वान गरेका थिए जसको पक्षमा त्यहाँको सर्वोच्च अदालतले निर्णय सुनाएको छ। गत साता गुआइदोले आफूलाई देशको निमित्त नेता घोषणायता भेने...माघ १५ २०७५ ekhabarnepal
कोलम्बो माघ १५, श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ । प्रभ...माघ १३ २०७५ ekhabarnepal
मनिला माघ १३, फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिनुभयो । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिल...माघ १३ २०७५ ekhabarnepal
काठमाडौं माघ १३, अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो । लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा घटना भएको हो । २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाएपछि भागेका थेरिओटक...माघ १० २०७५ ekhabarnepal
डाभोस विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मंगलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै हिउँले ढाकिएको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्नेमा चिन्तन मनन गर्न यी उच्च प्रतिनिधि व्यस्त रहेका...माघ १० २०७५ ekhabarnepal
बंगलादेश, माघ ९ बंगलादेशमा निजामती सेवाका लागि दिइँदै आएको विवादास्पद आरक्षण व्यवस्थालाई खारेज गरेको छ। आरक्षण व्यवस्थाका विरुद्ध पछिल्लो समय बंगलादेशमाका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। राष्ट्रपति मब्दुल हमिदले हस्ताक्षर गरेलगत्तै बुधबारको क्याबिनेट बैठकले वर्षौंदेखि चल्दै आएको आरक्षण व्यवस्थाको अन्त्य भएको घोषणा गरेको हो। आरक्षण नीतिका क...माघ ९ २०७५ ekhabarnepal
लण्डन माघ ९, सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ । उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति रहेको देखाएको छ । यो ...माघ ७ २०७५ ekhabarnepal
एजेन्सी माघ ७, मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेर ८५ पुगेको स्थानीय सरकारी अधिकारीले बताएका छन्।यस घटनामा परी ८५ जनाको मृत्यु हुनुको साथै अन्य ५८ जना घाइते भएका यहाँको स्वास्थ...माघ ६ २०७५ ekhabarnepal
मस्को-रुसले गत महिना नयाँ एन्टि स्याटलाईट मिसाइल प्रणालीको सफल परिक्षण गरेको अमेरिकी गुप्तचर रिपोर्टसँग जानकार स्रोतले जनाएको छ । उक्त एन्टि स्याटलाईट मिसाइल १७ मिनेटसम्म र १ हजार ८६४ माइल उडेको थियो । यसले लक्षित क्षेत्रमा मार समेन गरेको थियो ।पेन्टागनको १०८ पृष्ठ लामो मिसाइल प्रतिरक्षा समीक्षाकै समयमा यो पछिल्लो खुलासा भएको हो । यो समीक्षाले ...माघ ६ २०७५ ekhabarnepal
न्यूयोर्क, संयुक्त राज्य अमेरिका माघ ६, चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ । अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले ...माघ ५ २०७५ ekhabarnepal
मस्क माघ५, रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार विहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले...माघ ३ २०७५ ekhabarnepal
लन्डन माघ ३, बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । हाउस अफ कमन्समा लामो छलफल पश्च...माघ २ २०७५ ekhabarnepal
दाभाओ सिटी माघ २, दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९...माघ २ २०७५ ekhabarnepal
काठमाडौँ माघ २ , ब्रिटेनको संसदले प्रधानमन्त्री टरिजा मे सरकारको ब्रेक्जिट सहमतिलाई धेरै मतले पराजित गर्दै ब्रिटेन युरोपेली संघ ईयूबाट अलग हुने योजनाका आवश्यक प्रक्रियाहरूलाई अनिश्चित तुल्याइदिएको छ। ईयूसँग मेले गरेको ब्रेक्जिट सहमतिका कयौँ विषयमाथि सांसदहरूले असहमति जनाएपछि संसदमा मे सरकारको प्रस्ताव २ सय ३० मतले पराजित भएको हो।ब्रिटिश प्र...पौष ३० २०७५ ekhabarnepal
एजेन्सी । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्लाकबक्सले सहयोग पुग्ने बताइएको छ । बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता...पौष २९ २०७५ ekhabarnepal
बेइजिङ, चीन पुस २९, चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ । बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले कम्पन...पौष २७ २०७५ ekhabarnepal
खार्तुम,सुडान पुस २७, सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले क...पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेद हुने भएको छ । विवाहको २५ वर्षपछि उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको हो । दुवैले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनीरुले ट्वीटरमा जारी गरेको साझा बयानमा भनेका छन्, ‘लामो समयसम्म एक–अर्कासँग प्रेममा रहँदा र फेरि केह...पौष २४ २०७५ ekhabarnepal
विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रूपमा राजीनामा दिनुभएको छ। उहाले आगामी फेब्रअरी १ देखि लागू हुने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। कार्यकाल सकिनु तीन वर्ष अघि नै राजीनामा दिनुको कारण भने केही खुलाइएको छ। उहा सन् २०१७ मा सन् २०२२ सम्मका लागि विश्व बैंकको अध्यक्ष निर्वाचित हुनुभएको थियो। क...पौष २३ २०७५ ekhabarnepal
बेइजिङ पुस २३, चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ । अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जा...पौष २३ २०७५ ekhabarnepal
ढाका पुस २३, शेख हसिनाले बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा आज पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट हसिनाको दलले संसदमा बहुमत हासिल गरेसँगै उहाँ पुनः प्रधानमन्त्री हुन लाग्नु भएको हो । शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार...पौष २२ २०७५ ekhabarnepal
काठमाडौँ रासस। नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउनुहुने भएको छ । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विद...पौष २० २०७५ ekhabarnepal
वासिङटन पुस २०, अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ । संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेल...पौष १९ २०७५ ekhabarnepal
बेरुत पुस १९, सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम (एचटीएस) र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यि...पौष १९ २०७५ ekhabarnepal
चाङ्शा पुस १९, चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ । हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र...पौष १८ २०७५ ekhabarnepal
बीबीसी चिनियाँ राष्ट्रपति सि जिनपिङले ताइवानका जनतालाई चीनसँग "एकीकृत हुनैपर्ने"को लागि आग्रह गरेका छन्। ताइवानसँग सम्बन्ध सुधार भएको ४०औँ वर्षगाँठको अवसरमा दिइएको सम्बोधनमा सिले दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक-देश-दुई-व्यवस्थाको नीतिमा बेइजिङ प्रतिबद्ध रहेकोबारे दोहोर्याएका छन्। तर आवश्यक परे बल प्रयोग गर्ने अधिकार चीनसँग सुर...पौष १८ २०७५ ekhabarnepal
बेरुत पुस १८, उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्ज...पौष १६ २०७५ ekhabarnepal
सेजोङ पुस १६, दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको मित्रतालाई अझ फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् । दुबै मुलुकले मङ्गलबार उक्त नयाँ सम्झौताका बारेमा लिखित सूचना आदानप...पौष १६ २०७५ ekhabarnepal
एजेन्सी पुस १६, बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँ नेतृत्वको सत्तँरुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सय मध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । संसदको ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ । निर्...पौष १० २०७५ ekhabarnepal
ईभा ओन्टिभेरोस बीबीसी विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाले व्यापारिक युद्धलाई एक कदम अगाडि बढाएका छन् र प्रविधिको क्षेत्रमा अबका दिनमा कसले अगुवाइ गर्ने भन्ने विषय पेचिलो बनेको छ जुन ''नयाँ शीतयुद्ध हो''। केही हप्ता अघिसम्म चिनियाँ कम्पनी ह्वावेइ विश्वकै सबैभन्दा ठूलो टेलिकम नेटवर्क उपकरण कम्पनीको रूपमा स्थापित थियो। उक्त कम्पनीस...पौष ८ २०७५ ekhabarnepal
पुस ८ सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा ज्यान गुमाउनेको संख्खया ६२ नाघेको छ । अहिलेसम्म कम्तिमा ६२ जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । पानीमुनि पहिरो गएका कारण सुनामी आएको हो । ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा...पौष ६ २०७५ ekhabarnepal
काठमाडौं पुस ६, अमेरिकाका रक्षामन्त्री जिम म्याटिसले पदबाट अवकास लिने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको भोलीपल्ट नै राष्ट्रपति ट्रम्पले रक्षामन्त्रीको अवकास घोषणा गर्नुभएको हो । आगामी फेब्रुअरीबाट म्याटिसले पद छाड्ने ट्रम्पले स्पष्ट पार्नुभएको छ । उमेरका कारण म्याटिसले राजिनामा दिने...पौष ६ २०७५ ekhabarnepal
मड्रिड पुस ६, स्पेनको दक्षिणी क्षेत्रमा भएको भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो । “दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना ज...पौष ४ २०७५ ekhabarnepal
वासिङ्टन पुस ४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत...पौष ३ २०७५ ekhabarnepal
भारत पौष ३, भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु छ भने १३० जना भन्दा बढी घाइते भएका छन्। मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो। गए राती भएको आगलागी दमकल पुग्दासम्म ठूलो क्षति भएको भारतीय अधिकारीहरूले जनाएका छन्। अस्पतालमा आगलागी भएपछि ज्यान जोगाउन छतबाट हाम फाल्दा धेरै व्यक्ति घाइते भएका ब...