विशेष

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

साउन १९ २०७४   रासस

चितवन, साउन १९। नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे का...

जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको रावलको दाबी

साउन १९ २०७४   .

चितवन,साउन १९– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको दाबी गरेका छन् । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गरे । भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ । फरक प्रसं...

योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्ले, अमेरिकाको ५१ अर्व अनुदान स्वीकृत

साउन १९ २०७४   .

काठमाडौं,साउन १९– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका  उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा दिनुभएको थियो । उपाध्यक्षमा नियुक्त हुनु अघि उहाँ आयोगको सदस्य हुनुहुन्थ्यो । कां...

राजपाको जनमत चुनावबाटै जोगिन्छः सचिव भट्टराई

साउन १९ २०७४   .

जनकपुरधाम,  साउन १९– नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाएका छन् । जनकपुरमा आज पत्रकार भेटमा उनले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राज...

सशस्त्रका सुराकी नै तस्करीमा मुछिएपछि हंगामा, नेतृत्वलाई दबाब

साउन १९ २०७४   .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीमा सशस्त्र प्रहरी मुछिएपछि अहिले सशस्त्र प्रहरीभित्र हंगामा मच्चिएको छ । गलत काममा लाग्ने व्यक्ति र निकायको सुराकीको जिम्मा पाएका सशस्त्रका सइ सञ्जीव मानन्धर सुन तस्करीमा मुछिएपछि सिंगो सशस्त्रभित्र हंगामा मच्चिएको हो । गत सोमबार दुई किलो सुन तस्करीमा मानन्धर मुछिएका हुन् । योसंगै स...

१५ घण्टादेखि मुग्लिन सडक अवरुद्ध, सुरु भयो पहिरो हटाउने काम

साउन १९ २०७४   .

  चितवन, साउन १९ | चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत कालिखोलामा खसेको ठूलो पहिरोका कारण १५ घण्टादेखि सडक अवरुद्ध छ। भारी बर्षा र ढुंगा खस्ने क्रम नरोकिएकाले सडक अवरुद्ध भएको करिब १४ घण्टापछि बिहीबार साढे १० बजेदेखि पहिरो हटाउन थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार कालिखोला लगायत विभिन्न क्षेत...

मन्त्रिपरिषद निर्णय : ११ जना डिआईजी एआईजीमा बढुवा

साउन १९ २०७४   .

काठमाडौं, साउन १९– आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । एआईजीमा बढुवा हुने प्रहरी अधिकृतहरुमा जयबहादुर चन्द, देबेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार...

राष्ट्रिय गौरवका आयोजना समयमा सक्न विकास समितिको निर्देशन

साउन १५ २०७४   रासस

काठमाडौँ,  साउन,१५-  व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने कानूनी व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले आज आयोजना गरेको वीरगञ्ज, जनकपुरलगायत शहरमा एसियाली विकास बैँंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास कार्यक्रमको विद्यमान अवस्था, समस्या र समाधान विषयको छलफलपछि यस्तो निर्देशन दिएको हो । ...

प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै पटक गर्न सकिँदैन:निर्वाचन आयोग

साउन १५ २०७४   .

काठमाडौं साउन, १५–निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट पनि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको प्रष्टयाएका हुन् । सरकारले प्रदेश सभा र प्रत...

एमालेले १४ जिल्लामा टुग्याँयो जिल्ला समन्वय परिषद् उम्मेदवार

साउन १५ २०७४   .

काठमाडौं–एमालेले स्थानीय तहको निर्वाचनअन्तर्गत १४ जिल्लाको 'जिल्ला समन्वय परिषद्' का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा  शनिबार बसेको एमाले स्थायी कमिटी  बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुख...

प्रधानमन्त्री देउवाको भारत भ्रमणसँग जोडिएका ४ अनौठा संयोग

साउन १५ २०७४   .

काठमाडौं, साउन १५ – चौथो पटक प्रधानमन्त्री हुनु भएका शेरबहादुर देउवा भदौ पहिलो साता भारत भ्रमणको तयारीमा हुनुहुन्छ । प्रधानमन्त्रीका रुपमा चौथो पटक भारत भ्रमणको तयारीमा रहनु भएका देउवा, छिमेकी देश भारत र देउवाको सत्ता साझेदार माओवादी तीनै पक्षबीच एउटा अनौठो संयोग यसपटक देखिने भएको छ । नेपालको राजनीतिक अस्थिरता, त्यसमा प्रयोग हुने र प्रयोग गर्ने ...

एकताबद्ध भएर क्रियाशील बन्नुपर्नेमा रामचन्द्र पौडेलको जोड

साउन १५ २०७४   .

पोखरा ,साउन १५ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घ र प्रदेशको आसन्न निर्वाचनका लागि एकताबद्ध भएर क्रियाशील बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।   नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग शनिबार आयोजित छलफल एवं अन्तरक्रियामा उनले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि आसन्न प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेसले...

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गराउन सरकार तयार : मन्त्री गौतम

साउन १४ २०७४   .

काठमाडौं  साउन, १४–सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् । उनले भने,‘एकै चरणमा निर्वाचन गर्नेबारे ...

कपिलबस्तुमा छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला

साउन १४ २०७४   .

कपिलवस्तु  साउन, १४,–छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन म...

जाजरकोटवासीले सिटामोल पाएनन्, १० लाखको औषधि जलाएर नष्ट

साउन १४ २०७४   रासस

जाजरकोट  साउन,१४ । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिही...

दाहालको पार्टी एकता प्रस्ताव भट्टराईद्वारा अस्वीकार

साउन १४ २०७४   .

काठमाडौं,  साउन, १४– माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि राख्नु भएको प्रस्ताव नयाँ शक्ति पार्टीले अस्वीकार गरेको छ । दाहालले माओवादीबाट विभाजित भएका मोहन वैद्य, डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पुनः पार्टी एकतामा आउन अपिल गर्नुभएको थियो । संविधान जारी गरिएकोप्रति असन्तुष्टि जनाउँदै तत्कालीन माओवादी नेता डा बाबुराम भट्ट...

चुनावलाई लक्षित गर्दै एमाले शीर्ष नेता २ नम्बर प्रदेशमा खटिए

साउन १३ २०७४   .

बारा साउन,१३ । तेस्रो चरणको स्थानीय चुनावलाई लक्षित गर्दै नेकपा एमालेले प्रदेश नम्बर २ मा आफ्ना गतिविधि केन्द्रित गर्न थालेको छ । केन्द्रीय सचिवालयले महासचिव सहितका पदाधिकारी प्रदेश नम्बर २ का ८ जिल्लामा खटिने निर्णय गरेको छ । एमालेले प्रदेश नं. २ को वीरगञ्ज, जनकपुर र लाहानमा केन्द्रीय सचिवालय खोल्ने निर्णय गरेको छ । तीन शहरमा पार्टीको क...

एमाले अध्यक्ष ओलीसँग ल्हासा र तिब्बतका उच्च अधिकारीहरुको भेटवार्ता

साउन १३ २०७४   .

काठमाडौं  साउन ,१३ । प्रसिद्ध धार्मिकस्थल मानसरोबरको निजी भ्रमणका क्रममा ल्हासामा रहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ उच्च अधिकारी तथा कम्युनिस्ट पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । आज स्वदेश फर्किन लागेका ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत स्वशासित क्षेत्रक...

नागपञ्चमी, उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन मनाइँदै

साउन १३ २०७४   रासस

काठमाडौँ  साउन,१३ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । यस दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्र...

वैदेशीक रोजगारीको सिलसिलामा दुःख पाएका हरुको समस्या समाधान गर्ने छुट्टै ब्युरो गठनको घोषणा

साउन १२ २०७४   .

काठमाडौं साउन १२,–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीहरुको समस्या समाधान गर्न प्रहरीको स्पेशल फोर्स बनाएर परिचालन गर्ने घोषणा गरेका  छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा बोल्दै मन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरी समक्ष आउने गरेको र ठगिएकाह...

क्षेत्र निर्धारण आयोगलाई एमालेको यस्ताे अाग्रह

साउन १२ २०७४   .

काठमाडौं साउन १२– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न आग्रह गरेको छ ।  पार्टी स्थायी समिति बैठकले तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो । काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्य...

द्वन्द्वकालीन घटनाको अनुसन्धान सातै प्रदेशबाट सुरु

साउन १२ २०७४   रासस

काठमाडौँ साउन, १२- द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ ।      आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन घटनामा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो । आयोगले प्रदेश नं १, ३, ५, ६ र ७ मा गत जेठ २१, प्रदेश नं ४ मा गत असार २८ र प्रदेश नं २ मा...

कपिलवस्तुमा एक वर्षमा ७६ दुर्घटना, ६१ को मृत्यु

साउन १२ २०७४   .

कपिलवस्तु साउन, १२– जिल्लामा आर्थिक वर्ष २०७३ र ०७४ मा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ४६ जना पुरुष, ११ जना महिला र ४ जना वालवालिकाको ज्यान गएको  हो । दुर्घटनामा परी ५९ जना गम्भीर घाइते र ३० जना सामन्य घाइते भएका छन् । चालकको लापरवाहीका कारण  ८६ प्रतिशत दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुक...

देउवा सरकारमा १९ जना नयाँ मन्त्रीद्वारा शीतलनिवासमा सपथ ग्रहण

साउन ११ २०७४   .

काठमाडौं  साउन, ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् । यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता समेत हुने सञ्चार...

स्थानीय जनप्रतिनिधिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने

साउन ११ २०७४   रासस

काठमाडौँ साउन, ११। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा५० बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम भर्ने राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण शाखा प्...

विवेकशील साझा पार्टीको एकता घोषणा, रवीन्द्र मिश्रले बैठकको अध्यक्षता गर्ने

साउन ११ २०७४   .

काठमाडौं साउन,११ – रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच अाज एकीकरण भएको छ । आज काठमाडौमा आयोजित कार्यक्रममा दुवैपार्टीबीच एकीकरणको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । त्यस्तै तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह राखिएको छ ।   नयाँ पार्टीमा मिश्र र थापा हालला...

माओवादी केन्द्रले मन्त्रीको नाम फाइनल गर्यो

साउन ११ २०७४   .

काठमाडौं साउन, ११– नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको बुधबार बिहान बसेको हेडक्वार्टर बैठकले ६ मन्त्री र ५ राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रकी  प्रवक्ता पम्फा भुसालले शिवकुमार मण्डल (आपूर्ति) गिरीराजमणि पोखरेल (स्वास्थ्य), आशा खनाल, (कृषि...

आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार एक सय ८ उत्तीर्ण

साउन १० २०७४   .

काठमाडौं  साउन,१०। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले ...

कांग्रेसको लफडाले ५ बजे तय भएको सपथ स्थगित, सपथको तयारीमा रहेका माओवादी मन्त्री अलपत्र

साउन १० २०७४   .

काठमाडौं,साउन  १० –मंगलवार अपरान्ह ५ वजेका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरुको सपथग्रहण समारोह आयोजना गर्न औपचारिक जानकारी गराएर पनि मन्त्रालय भागबण्डामा कांग्रेसका दुई गुटको झगडा बल्झेका कारण सपथग्रहण स्थगित हुन पुगेको छ । मुख्यसचिवले मन्त्रिपरिषद् विस्तार र नयाँ मन्त्रीहरुको सपथग्रहणका लागि मंगलवार ...

नेपाल यू-१९ विश्वकप क्रिकेटमा छनोट हुन असफल

साउन १० २०७४   .

काठमाडौं  साउन,१०। नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न सकेन । अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपमा स्थापना बनाउन सफल भएको छ । सिंगापुरमा अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०....

उपप्रधानमन्त्री महरासँग उद्योगी व्यवसायीको भेट

साउन १० २०७४   .

काठमाडौं साउन, १०–उद्योगी÷व्यवसायीहरुले आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएका हुन । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि ...

आज पाँचबजेभित्र मन्त्रिपरिषद् विस्तार हुने तयारी

साउन १० २०७४   .

काठमाडौं साउन, १०– आफु प्रधानमन्त्री भएको झण्डै डेढमहिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिना भईसक्दा वित्न लाग्दा समेत मन्त्रिमण्डललाई पुर्णता दिन नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले सहयात्री दलहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । सकभर रा...

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

साउन १० २०७४   रासस

नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् । गोसाइँकुण्ड पुग्न पर्यटकीय म...

महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध:गृहमन्त्री शर्मा

साउन ९ २०७४   .

काठमाडौं साउन ९– गृहमन्त्री जनार्दन शर्माले महिला हत्या, हिंसामा संलग्नहरुलाई कडा कार्वाही हुने चेतावनी दिएका छन् । गृहमन्त्री शर्माले महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध रहेकोे पनि स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री शर्माले महिला हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको पन...

व्यवस्थापिका संसद बैठकमा राजपाको चेतावनी

साउन ९ २०७४   .

काठमाडौँ साउन, ९– राष्ट्रिय जनता पार्टीले आफुहरुसंगको सहमति कार्यान्वयनलाई हल्का ढंगमा नलिन सरकार र राजनीतिक दललाई चेतावनी दिएको छ । सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संसोधन लगायत आफुहरुसंग विगतमा भएका सहमति कार्यान्वनमा सरकार र राजनीतिक दलहरु गम्भीर नबनेको भन्दै राजपाले हल्का ढंगले लिएमा भविष्यमा त्यसले गम्भीर परिणाम न...

सुरक्षा संबेदनशीलताप्रति गम्भीर बन्न प्रशासनलाई आग्रह

साउन ९ २०७४   .

दाङ, साउन ९ - मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जिल्लामा सुरक्षा संवेदनशीलताप्रति चिन्ता व्यक्त गरेको छ । समाज दाङ शाखाको आईतबार बसेको शान्ति सुरक्षाको संवेदनशीलताप्रति राज्य गम्भीर बन्न आग्रह गरिएको छ । श्रृखलाबद्ध हत्या,रहस्यमय मृत्यु, अपहरण, फिरौती, सामुहिक बलत्कारका घटना हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको भन्दै तत्काल शान्ति सुरक्ष...

काँग्रेस केन्द्रीय समिति बैठक लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छः डा महत

साउन ९ २०७४   रासस

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा।प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । उनले भने, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर द...

नेपालमा अहिलेसम्मकै ठूलो साइबर आतंक : ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा !

साउन ९ २०७४   .

काठमाडौँ साउन ९, – नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् । आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । यसरी ह्याक भएका वेभसाइटमा रक्षामन्त्रालयदेखि कानुन आयोगसम्मका वेभसाइटहरु रहेका छन् । ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालक...

मन्त्रिपरिषद् विस्तार सोमवार : प्रचण्ड

साउन ८ २०७४   रासस

काठमाडौं साउन ८ -सत्तारुढ दल माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने बताए । प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईप्रति आज विहा...

प्रेम गर्दा युवती कुटपिट प्रकरणः आरोपी ६ जनामाथि ६ दिनको म्याद

साउन ८ २०७४   .

भैरहवा साउन ८– प्रेम गरेको भन्दै रुपन्देहीको मर्चवारमा आफ्नै छोरीलाई निर्घात कुटपिट गर्ने बाबु सहित ६ जनालाई रुपन्देही जिल्ला अदालतले थप अनुसन्धानको लागी ६ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेल बहादुर पाण्डेले उनिहरुलाई थप अनुसन्धानको लागी अदालतले ६ दिनको म्याद थप गरेको जानकारी दिए । सम्म...

अख्तियारको काम कारबाही पूर्वाग्रही भएको सांसदहरुको दावी

साउन ८ २०७४   .

काठमाडौं साउन ८–सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कार्वाहीप्रति असन्तुुष्टि जनाएका छन् । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरा ल्याउन नसकेको आरोप पनि लगाएका छन् । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठ...

निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप:चित्रबहादुर केसी

साउन ८ २०७४   .

बुटवल  साउन,८  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भएको बताएका छन् । साथै उनले निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप लगाए । प्रगतिशील पत्रकार संघ रुपन्देहीको बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले थ्रेसहोल्डको विरोध गरे । सरकारले ल्याएको निर्...

गृहमन्त्री शर्माले भने– तपाइहरु सूचना मात्रै दिनुस्, भ्रष्टाचार रोक्ने शुत्र मसँग छ

साउन ७ २०७४   .

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आफु निरन्तर भ्रष्टाचार निवारणको अभियानमा लागिरहने बताएका छन् । पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘मेरो पहल भ्रष्टाचार न्युनिकरण हो । तपाइहरु सूचना मात्रै दिनुस् । भ्रष्टाचार रोक्ने शुत्र मसँग छ ।’ शान्ति सुरक्षाको हकमा समेत आफुले कुनै कमि हुन नदिने गृहमन्त्री ...

मधेसमा समानता नभए विद्रोह हुन्छः मातृका यादव

साउन ७ २०७४   .

काठमाडौं, साउन ७–माओवादी केन्द्रका कार्यालय सदस्य मातृका यादवले मधेसीले सामानता नपाए विखण्डनको चेतावनी दिएका छन् । मधेसी जनताले देशमा समान सहभागिता चाहेका छन् यदि त्यो भएन भने मधेसी जनताले विद्रोह गर्ने चेतावनी दिँदै शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘समानता हुन्छ भने साथ रहन्छौ समानता रहेन भने बिद्रोह गर्छौ । उनले अ...

७ सय ४४ स्थानीय तहका साविकमा सञ्चालित बजेट विनियोयन तथा तर्जुमा गर्नुपर्ने कार्यक्रमहरु

साउन ७ २०७४   .

काठमाडौं साउन ७–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा बजेट विनियोजन गर्ने कार्यक्रमको नमुना सुचि सार्वजनिक गरेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेका साविकका कार्यक्रमहरु सार्वजनिक गर्दै सोही ढाँचा बमोजिम बजेट बिनियोजन गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विभिन्न मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयगत कार्...

काँग्रेस बैठक सानेपामा शुरु, मन्त्रिपरिषद्को विस्तारका विषयमा छलफल हुने

साउन ७ २०७४   रासस

काठमाडौँ ,साउन ७-नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्नेमा केन्द्रित रहेर छलफल भइरहेको छ । बैठकको प्रारम्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले...

ओली आज मानसरोवर जाँदै

साउन ७ २०७४   .

काठमाडौं साउन ७-एमाले अध्यक्ष केपी ओली मानसरोवर जाने भएका छन् । विश्वभरका हिन्दु तथा बौद्ध धर्मालम्बीको तीर्थस्थल मानसरोवर भ्रमणका लागि ओली सपरिवार आज जान थालेका छन् । उनी साढे ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । ओलीसँगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक पनि भ्रमणमा जानेछन् । ओली शनिवार ल्हासा पुग्नेछन्, जहाँ चिनियाँ ...

प्रेम प्रसंगमा कुटपिटकाण्डः कुटाई खाएकी युवतीले दिइन् बयान, रुपन्देही प्रहरीले लियो एक्सन

साउन ६ २०७४   .

भैरहवा,  । असार १९ गते आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कार्यवाही नगर्न अनुरोध गरेकी छिन । निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउपालिका वडा नम्बर ६ डिहुलीकी १८ बर्षिय मिना यादवले आफुलाई कर्ता चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन । मिनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै ज...

नेपाल–भारत सीमा क्षेत्रमा निरन्तर संयुक्त सुरक्षा गस्ती

साउन ६ २०७४   रासस

नवलपरासी। दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो । सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट...

प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ : प्रम देउवा

साउन ६ २०७४   .

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन् ।   बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले निर्धारण गरेको...
To Top