विशेष

म्यानमारमा भडि्कयो हिंसा, मर्नेको संख्या ८९ पुग्यो

भाद्र १० २०७४   एजेन्सी

नेपित। म्यानमारको पश्चिम तटीय प्रान्त रखिनेमा शुक्रबारदेखि भड्किएको हिंसामा परी ८९ जना मारिएका छन्, जसमा १२ जना सुरक्षाकर्मी पनि छन् । अल्पसंख्यक रोहिंग्या समुदायलाई न्याय दिलाउने बताउँदै सशस्त्र गतिविधि गरिरहेको समूहले हिंसा भड्काएको हो । हिंसाका कारण उक्त प्रान्तमा बसोबास गर्ने रोहिंग्या समुदायको ठूलो संख्या बंगलादेशतर्फ भाग्न थालेको छ । ...

राज्यशक्तिको पूरै ध्यान २ नम्बर प्रदेशको चुनावमा

भाद्र १० २०७४   रासस

काठमाडौं , भदौ १०। नारायण न्यौपाने- नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ। नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो। प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमह...

दूध बेचेर घर फर्कदा आक्रमणमा परेका वडा अध्यक्ष कोइरालाको मृत्यु

भाद्र १० २०७४   रासस

काभ्रे,  भदौ १०  । धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति मृत्यु भएको छ। गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते हुनुभएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलि...

देउवाको अभिव्यक्तिले शिर निहुरियो : ओली  

भाद्र १० २०७४   .

काठमाडौं,भदौ १० : प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उ...

नवलपरासीको सुस्तामा स्थानीयले फुटाए भारतीय नहर 

भाद्र ९ २०७४   .

कावासोती भदौ ९। सुस्ता गाउँपालिकाको १ र २ मा डुवान भएको भन्दै स्थानीय वासिन्दाले फेरि भारतीय पश्चिमी नहर भत्काएका छन्। गत भदौ १ गते पश्चिमी नहरलाई फुटाल्ने प्रयास असफल भएपछि उनीहरुले शुक्रबार पुन फुटालेका हुन्। दुई सय भन्दा बढी स्थानीय वासिन्दा सहभागी भएर नहर फुटालिएको स्थानीय रवीन्द्र यादवले बताए। दिउँसोदेखि स्थानीय वासिन्दाले भारतीय पश्चिमी नह...

प्रधानमन्त्रीको अभिव्यक्ति ‘लज्जास्पद’ :अध्यक्ष ओली

भाद्र ९ २०७४   .

काठमाडौं,  भदौ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार हैदरावाद हाउसमा संविधान संसोधन जस्तो आन्तरिक बिषयलाई प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताउनुभएको छ ।  उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सार्बभौम र स्वतन्त्र संसदको निर्णयको ध्वज्जी उडाएको समेत बताउनुभयो । नियमित स्वास्थ्य परिक्षणक...

आयोगले माग्यो उम्मेदवारको मनोनयनपत्रमा दस्तखत गर्नेको नमुना हस्तक्षर

भाद्र ९ २०७४   .

काठमाडौं,भदौ ९ । असोज २ गते दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दलका तर्फबाट विभिन्न पदमा उठ्ने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने दलको पदाधिकारीको दस्तखतको नमुना मागेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  आयोगले उम्मेदवारको...

सरुवा प्रकरणले काठमाडौं महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा

भाद्र ९ २०७४   .

काठमाडौं, भदौ ९ । काठमाडौं महानगरपालिकाका कर्मचारी सरुवा गर्दा मापदण्ड मिचेको आरोप लगाउँदै महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले अहिले हामीलाई प्राप्त जानकारी अनुसार ३८ जना कर्मचारीहरु सरुवा गरेको छ। तर, प्रशासनलाई समेत कुनै वास्ता नगरी महानगरबाहिर बसेर सरुवाको लिस्ट तयार पारेको भन्ने आरोप लागेको सो सरुवा ...

बाढीको वितण्डा भुल्दै सप्तकोसी उच्चबाँध बनाउने भारतसँग सहमति

भाद्र ९ २०७४   .

काठमाडौं,  भदौ ९– भारतको राजकीय भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्रीहरुले दिएको सुझावमध्ये एक थियो– भारतले एकतर्फी बनाएका बाँधहरुका कारण नेपाल डुबेको विषय जोडतोडका साथ उठाउनुहोला । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिशेष समय लिएर बोल्दै सीमामा भारतले गैरकानुनी रुपमा ...

राजपाले घोषणा पत्र मस्यौदा समिति बनायो

भाद्र ९ २०७४   .

काठमाडौं  भदौ,९ । राष्ट्रिय जनता पार्टीले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन समिति बनाएको छ । चुनावमा जाने निर्णय गरेको भोलिपल्ट राजपाले घोषणा पत्र निर्माण समिति बनाएको हो । समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र सिश्र छन् । समितिले ५ दिनभित्र घोषणा पत्रको मस्यौदा बनाएर अध्यक्ष मण्डललाई बुझाउन ...

भैरहवा विमानस्थलको ठेक्का तोड्ने मुडमा: प्राधिकरण

भाद्र ९ २०७४   .

काठमाडौं भदौ,९ । भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा काम अघि नबढेपछि नागरिक उड्डयन प्राधिकरण चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसनसँग ठेक्का तोड्ने मुडमा पुगेको छ । प्राधिकरणले हालै अन्तिम मौकास्वरुप डेढ महिनाको समय दिँदै कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पठाएको छ । प्राधिकरणका प्रवक्ता विरेन्द्रकुमार श्रेष्ठका अनुसार पत्र पठाएपछि पनि काममा कु...

दैलेखमा वर्षापछि घर भत्किँदा १ मृत्यु, २ घाइते

भाद्र ९ २०७४   .

कालिकोट, भदौ ९ । अविरल वर्षातका कारण शुक्रबार बिहान २ बजेतिर दैलेख सदरमुकाममा घर भत्किदा एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका ११ मा आफ्नै घर भत्किदा ४५ वर्षीया दीपा चन्द्रको मुत्य भएको हो। घटनामा उनकी बहिनी ३५ वर्षीया विन्दु शाही र उनकी १२ वर्षीया छोरी मुना शाही घाइते भएका छन्। विन्दु र उनकी छोरी तीज मनाउन दीपाको घरमा आएका थिए। दीपाको घटनास्...

दाङमा भाइरल संक्रमणका बिरामी बढे

भाद्र ९ २०७४   रासस

दाङ,  भदौ ९ - दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिसजस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्...

मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने– दुई तिहाई  पुर्याएर संविधान संशोधन गर्छौ

भाद्र ९ २०७४   .

  काठमाडौं,भदौ ८– प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी दलको माग अनुसार फेरि पनि संविधान संशोधन गर्न प्रयास हुने बताएका छन् ।  पाँच दिने भ्रमणमा रहेका देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यसअघि सरकारले संशोधन प्रस्ताव पारित गराउन प्रयास गरेको भएपनि दुई तिहाई पुर्याउन नसक्दा असफल भएको भन्दै  पार...

नेपाल र भारतबीच आठ सम्झौता

भाद्र ८ २०७४   .

  काठमाडौं,भदौ ८– नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भएको एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा हैदरावाद हाउसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  हस्ताक्षर भएका ...

प्रधानमन्त्री देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्दै

भाद्र ८ २०७४   .

   काठमाडौं,भदौ ८  । भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा वि...

आज हरितालिका तीज

भाद्र ८ २०७४   .

  काठमाडौं,भदौ ८ । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ । हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्...

आज हरितालिका तीज

भाद्र ८ २०७४   .

  काठमाडौं,भदौ ८ । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ । हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्...

प्रधानमन्त्री देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्दै

भाद्र ८ २०७४   .

   काठमाडौं,भदौ ८  । भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा वि...

प्रधानमन्त्री देउवा आज भारत जाँदै

भाद्र ७ २०७४   .

काठमाडौं  भदौ,७  । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन् । देउवाले प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमण गर्न लागेका हुन् । देउवा नेपाल वायुसेवा निगमको बुधबार बिहान १०ः३० बजेको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त...

चीनको चेतावनी : हाम्रो सेना भारत पस्यो भने उथलपुथल मच्चिन्छ

भाद्र ७ २०७४   एजेन्सी

  भदौ ७ । चीन र भुटानको सीमा क्षेत्र डोकलाममा रहेका सेना नहटाएको भन्दै भारतसँग असन्तुष्ट देखिएको चीनले फेरि चेतावनी दिएको छ। मंगलबार चीनले भारतलाई चेतावनी दिँदै भनेको छ, ‘हाम्रो सेना भारत घुस्यो भने उथलपुथल मच्चन्छ।’ चीनको विदेश मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गर्दै भनेको छ, ‘यदी हामीले पनि भारतले जस्तै सीमानामा बनेका पूर्वाधार बेइजिङका ...

निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदिय समितिको अनुगमन

भाद्र ७ २०७४   .

भैरहवा ,भदौ ७ । नेपाल आयल निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदिय समितिले अनुगमन गरेको छ । ब्यवस्थापिका सांसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित समिति अन्र्तगत आपूर्ति उपभोक्ता समितिले आयल निगमको जग्गा अनुगमन गरेको हो । अनुगमनको क्रममा उक्त जग्गा चलनचल्तीको मूल्यभन्दा धेरै मूल्य हालेर खरिद गरेको पाईएको समितिका संयोजक सांसद सुभाष चन्द्र ठकुरी...

अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी अन्धकारमय

भाद्र ७ २०७४   .

भैरहवा ,भदौ ७ । नेपाल बिद्युत प्राधीकरण लुम्बिनी प्रशाखाको शनिवार मुख्य प्रशारण लाईन ट्रान्सफार्म जल्दा  अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी अन्धकारमय भएको छ । साउन महिनामा मायादेबी मन्दिरको ट्रन्सफार्म जल्दा एक साता बिद्युत आपुर्ति ठप्प भएको घटना सेलाउन नपाउदै यो घटना भएको हो । ओभरलोडका कारण पहिलो पटक बिद्युत  प्राधीकरण लुम्बिनीको पाँच एम.ब...

अर्घाखाँचीमा १२ हजार नयाँ मतदाता थपिए

भाद्र ७ २०७४   .

अर्घाखाँची ,भदौ ७ । अर्घाखाँचीमा करिब १२ हजार नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचन पछि जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीले संकलन गरेको मतदाता मात्रै ११ हजार ९६७ जना रहेको जिल्ला निवार्चन कार्यालयका कम्प्युटर अपरेटर नारायणप्रसाद बन्जाडेले जानकारी दिनुभयो । साउन १६ गतेदेखि भदौ ३ गतेसम्म गरिएको  नामावली संकलनमा सबैभन्दा धेरै सितगंगाबाट २ ...

जम्बो मन्त्रीमण्डल बनाउँदै प्रधानमन्त्री देउवा

भाद्र ६ २०७४   .

काठमाडौ, भदौ ६– प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भ्रमणमा जानुअघि चौथो पटक मन्त्रिपरिषद बिस्तार गरेका छन् । देउवा सरकारमा आज १५ जनाराज्यमन्त्रीले शपथ लिएका छन् । सरकारमा सामेल हुने राज्यमन्त्रीमा फोरम लोकतान्त्रिकका तीन र अन्य नेपाली काँग्रेसबाट राज्यमन्त्री बनेका छन् । राज्यमन्त्री बन्नेहरुमा नेपाली काँग्रेसबाट सीता गुरुङ, सरिता प्रसाई, श...

संविधान संशोधन मधेस विरोधी भएकाले असफल बनायौं : ओली

भाद्र ६ २०७४   .

काठमाडौं, भदौ ६ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस विरोधी भएकाले सत्तापक्षले ल्याएको संविधान संशोधन असफल गराइएको वताउनु भएको छ । संसदमा मंगलवार विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान संशोधन पास गर्न नभई प्रदेश नम्बर २ को असोज २ गते हुने चुनाव प्रचारका लागि मतदानमा लगिएको समेत वताउनुभयो । ‘संविधान संशोधन के के...

अखिल क्रान्तिकारीको २१औं सम्मेलनको तयारी पूरा

भाद्र ६ २०७४   .

काठमाडौं  भदौ,६ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को भोलिदेखि सुरु हुने २१औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । अखिल क्रान्तिकारीले बिज्ञप्ति जारी गरी बुधबार प्रदर्शनी केन्द्रमा माओवादी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने जानकारी दिएको छ । क्रान्तिकारीले यसलाई एकताको सम्मेलन भ...

ह्वीप नमान्ने १८ सांसदबारे छानबिन गर्न राप्रपामा अनुशासन समितिलाई जिम्मेवारी

भाद्र ६ २०७४   .

काठमाडौं ,भदौ ६– राप्रपाले  संशोधन विधेयकको  विपक्षमा भोट हाल्न ह्वीप जारी गरेपनि  नमान्ने १८ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ । आज राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले  समितिलाई सो जिम्मेवारी दिएको सहप्रवक्ता मोहन श्रेष्...

महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता:आचार्य

भाद्र ६ २०७४   रासस

काठमाडौं भदौ, ६  । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने बताएका छन् । निकटतम प्रतिद्वन्द्वी तिर्थ कोइरालाको सल्लाहअनुसार महासंघलाई अघि बढाउने उनले प्रतिवद्धता पनि जनाए । अध्यक्षमा निर्वाचित भएपछि आयोजित विजयी सभालाई सम्बोधन गर्दै आचार्यले उनले महासंघ भित्र कसैमाथि पनि भेदभाव...

त्यो जहाज जसले तहसनहस पार्यो हिरोसिमा, ७२ वर्षपछि भेटियो यस्तो हालतमा

भाद्र ६ २०७४   एजेन्सी

बीबीसी भदौ ६ दोस्रोविश्वयुद्धको क्रममा जापानी पनडुब्बीका कारण डुबेको जहाज यूएसएस इन्डियानापोलिसलाई ७२ वर्षपछि प्रशान्त महासागरमा खोजी गरिएको छ । उक्त युद्धपोत १८ हजार फिट (५.५ किलोमिटर) मुनी सुमन्द्रको सतहमा भेटियो । इन्डियानापोलिस आफ्नो सिक्रेट मिशनबाट फर्किएका बेला नष्ट गरियो । मिशनका अनुसार उक्त परमाणु पुर्याउन गएको थियो जुन पछि हिरोश...

अठारहजारभन्दा बढी मतदाता थपिए

भाद्र ६ २०७४   रासस

वालिङ (स्याङ्जा), भदौ ६ - निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६७६ जनाले नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६७६ जना छन् । प्रदेश र संघीय संसद्को निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको फोटोसहितक...

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

भाद्र ६ २०७४   .

काठमाडौं —  नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वा्चित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराउनुभएको छ । आच...

पत्रकार महासंघको चुनावमा मतदान सकियो, आजै मतगणना हुने

भाद्र ५ २०७४   .

काठमाडौं भदौ ५ |  नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि सुरु भएको मतगणना सकिएको छ। विहान ९ बजेदेखि कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतगणना अपरान्ह साढे ४ बजे सकिएको हो। मतदानको समय ३ बजेसम्म तोकिए पनि ३ बजेभित्र लाइनमा बसेकाहरुले मतदान गर्दा थप समय लागेको हो। नयाँ नेतृत्व चयनका लागि मतदान...

संशोधनले हाम्रो माग सम्बोधन गरेको छैन :मधेसी दल

भाद्र ५ २०७४   .

 काठमाडौं, भदौ ५ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गर्नका लागि नभई विपक्षीलाई दोष लगाउन मात्र ल्याइएको वताउनु भएको छ । संविधान संशोधन विधेयकमाथि सोमबार संसद बैठकमा बोल्दै यादवले सत्तारुढ दलहरुले ‘हामी त संविधान संशोधन गर्न चाहन्थ्यौं, विपक्षीले मानेन’ भन्नका लागि मात्रै...

बिद्युत प्राधिकरणले थाल्यो अनलाइन भुक्तानी प्रणाली

भाद्र ५ २०७४   .

काठमाडौं भदौ,५  । अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी...

पुँजी बजार ६.४० अंकले ओर्लियो

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५–अघिल्लो दिन दोहोरो अंकले झरेको पुँजी बजार आज पनि ६.४० अंकले ओरालो लागेको छ । आज बजार एक हजार ६ सय ११.५७ अंकमा आइपुगेको छ । एक सय ५४ कम्पनीको २६ लाख ८७ हजार एक सय २ कित्ता सेयर खरिद विक्रिवाट ५२ करोड २० लाख ४ हजार एक सय ३७ रुपैयाँको कारोवार भएको छ । आज ‘अन्य’ समूह वाहेक सवै समूहको सूचक रातो भएका छन् । आज बैकिङ समूहको सूचक ४....

साढे ३३ किलो सुनकाण्डका नाइके पक्राउ

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५– गत  पुस तेस्रो साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो अवैध सुन तस्करी काण्डका नाइके युएईबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको हो ।  उनलाई काठमाडौं ल्याइएको र सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको  एसपी मीरा चौधरीले जानकारी दिइन् ...

घुससहित राजश्व अत्तरियाका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

भाद्र ५ २०७४   .

कैलाली, भदौ ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस (पैसा) लिदै गरेको अवस्थामा कैलालीको अत्तरियाबाट २ जना पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टिकाराम जोशीलाई सेवाग्राहीबाट घुस वाफत ४५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्...

मंसिर १० मा प्रदेश र संघीय संसदको निर्वाचन गर्ने सरकारको घोषणा

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५ - सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर १० गतेको मिति तोकेको हो । सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी दिनेसरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले ज...

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

भाद्र ५ २०७४   रासस

काठमाडौं भदौ, ५ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका वि...

वाईसिएल अध्यक्षमा दीपशिखा चयन

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५– नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन् । भदौ २ गतेदेखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यसअघि दीपशिखा वाईसीएलका महासचिव रहेका थिए । महासचिवमा भने सुवोधराज सिर्पाली चयन भएका छन् ...

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेश हुँदै

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५। संविधानको दोस्रो संशोधन विधेयक सोमबार संसदमा निर्णयार्थ पेस हुने भएको छ । संविधानप्रति असन्तुष्ट रहेका मधेस केन्द्रीत दलको माग सम्बोधन गर्न भन्दै सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकार सहितका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाएको हो । विधेयकमाथि संशोधन दर्ता गराउने...

भैरहवा भन्सार घोटाला प्रकरण

भाद्र ४ २०७४   .

भैरहवा भदौ, ४ । भैरहवा भन्सारमा भएको अनियमितामा मुछिएका एजेण्ट जेल चलान भएका छन् । किर्ते प्रज्ञापन पत्र बनाएर अवैध रुपमा मालवाहक ट्रकको भन्सार पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालय एजेण्ट जगतराज दाहाललाई पूर्पक्षका लागि थुनामा पठाइएको हो । भन्सार ऐन दफा ५७ को उपदफा १ अन्र्तगत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा दाहाललाई १ वर्ष कैद ...

सिनपाको बजेट १ अर्ब ३८ करोड

भाद्र ४ २०७४   .

भैरहवा,  भदौ ४  । चालु आर्थिक वर्षकोलागी सिद्धार्थनगरपालिका भैरहवाले प्रथम नगरसभा मार्फत १ अरब ३८ करोड १५ लाख १९ हजार बराबरको बजेट पारित गरेको छ । जसमध्ये चालु खर्चतर्फ २८ करोड २४ लाख ९० हजार र पुजिंगत तर्फ १ अरब ९ करोड ९० लाख २९ हजार बराबरको रकम नगरका मेयर हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्ष २०७४।०७५ कोलागी बजेटको स्रोत ...

रैनादेवी इन्टरनेशनलको शैक्षिकमूलक तीज मिलन

भाद्र ४ २०७४   .

बुटवल, भदौ ४।  रैनादेवी  इन्टरनेश्नल एजुकेशन  प्रा.लि . बुटवलले शैक्षिकमूलक तीज मिलन कार्यक्रम  सम्पन्न गरेको छ ।  विगतका वर्ष मा झै यस वर्ष पनि बिद्यार्थीहरुका बिचमा आत्मियता र भाइचाराको सम्बन्ध बिस्तारका लागी कार्यक्रमको आयोजना गरिएकोे  रैनादेवी इन्टरनेश्नल एजुकेशन  प्रा.लिका प्रबन्ध निर्देशक तिलकराम पाण्डेले जानकारी दिनुभयो ।  तीज मिलन कार...

रुपन्देही र कपिलवस्तुमा चुल्ठो काटिने रहस्यमय घटना :युवती आतंकित

भाद्र ४ २०७४   .

भैरहवा भदौ ४ । रुपन्देही र कपिलवस्तुमा पनि युवतीहरुको चुल्ठो काटिएका घटना सार्वजनिक भएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १५ वर्षीया सबाना (परिवर्तित नाम) को चुल्ठो आइतबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की २७ वर्षीया युवतीको पनि चुल्ठो काटिएको छ । यस्तै, कपिलवस्तुको मायादेवी ...

प्रधानमन्त्री देउवा : संचारमाध्यम नियन्त्रण गर्दिन, मर्यादित हुनुपर्यो

भाद्र ४ २०७४   .

काठमाडौं,  भदौ ४–  प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया संचालन गर्न गाह्रो भएको आफुले बुझेको भन्दै त्यसलाई सहज बनाउन आफूले सहयोग गर्ने बताउनुभएको छ । उहाँले संचारलाई आफुले नियन्त्रण नगर्ने पनि बताउनुभएको छ ।     नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको काठमाडौंमा आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले मिडिया संचालन र सञ्चार क्षेत्रलाई बलियो ब...

कपिलवस्तुमा झाडापखालाको प्रकोप, ३ को मृत्यु

भाद्र ४ २०७४   .

कपिलवस्तु, भदौ ४ ।  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका साविक कुशहवा गाबिस वडा नं. ६ र ७ मा झाडापखालाको प्रकोप फैलिएको छ। तीन दिनअघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सुरुमा टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिए...

स्क्रबटाइफस र स्वाइन्फ्लु फैलिएको चितवनमा डेंगु रोग समेत भेटियो

भाद्र ४ २०७४   .

चितवन, भदौ ४ । स्क्रबटाइफस र स्वाइन्फ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोग समेत देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक बर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको विरामी देखिएको हो। कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना विरामीको परीक्षण गरिएकोमा एक जनामा डेंगु लागेको पाइएको बताए। कालिका...

प्रचण्ड नेतृत्वको सरकारमा जानु गम्भीर भूल : राप्रपा

भाद्र ४ २०७४   .

काठमाडौं ,भदौ ४ | राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुलाई पार्टीको गम्भीर भूल ठहर गरेको छ। मकवानपुरको हेटौंडामा आइतबार सकिएको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आत्मसमर्पणवादी भएको आरोप लगाउँदै सरकारमा सहभागी हुने निर्णय प्रत्युत्पादक भएको ठहर गरेको हो। 'आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारम...
To Top