विशेष

हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिँदै

मंसिर ११ २०७४   ekhabarnepal

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा हिजो मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाक...

मतदाता प्रभावित पार्न पूर्व राजदूत दीपकुमार द्घारा ५ सयको उपहार 

मंसिर ११ २०७४   .

  कपिलवस्तु मसींर १० नेपाली कांग्रेसका नेता एंव भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले आचार संहिता उलङ्घन गरेका छन् । मतदाताहरुलाई प्रभावित पार्न उनले घरदैलो अभियानकै क्रममा सम्मान गर्ने र आर्थिक बाड्न थालेका छन् ।  कपिलवस्तु क्षेत्र नंं १ प्रतिनिधिसभामा उम्मेदवार बनेका उपाध्यायले शुक्रवार चुनावी प्रचारका क्रममा बाणगंगा क्षेत्रम...

अटो भिलेजलाई व्यवस्थित बनाउने प्रतिबद्धता

मंसिर ११ २०७४   .

एडीबीले यहीँको मोडलमा काम नगरे तत्काल विकल्प खोजिन बुटवल, मंसिर १० । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. २ का साझा उम्मेदवार विष्णुप्रसाद पौडेलले बुटवलको अटो भिलेजलाई एक वर्ष भित्रमा व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  तत्कालिन र दीर्घकालिन महत्वका योजनाहरुलाई प्राथमिकताका आधारमा पूरा गर्ने भन्दै नेता पौडेलले कुनै प...

राजनीतिक स्थायित्व र विकासका लागि कांग्रेसको बहुमत अनिवार्य : बालकृष्ण खाँण

मंसिर ११ २०७४   .

काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम्  निर्वाचन केन्द्रीय  परिचालन  समितिका संयोजक बालकृष्ण खाँणले मुलुकमा राजनीति स्थायित्व कायम राख्न र आर्थिक विकासका कार्यक्रम सञ्चालन गरी समृद्धि हासिल गर्न आसन्न निर्वाचनमा नेपाली कांग्रेसको  बहुमत अनिवार्य भएको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७...

पहिलो चरणको चुनावमा कसले मर्ला बाजी ?

मंसिर १० २०७४   ekhabarnepal

  पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोर्खा क्षेत्र नम्बर २ को छ जहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् । पूर्व सहकर्मीसमेत रहेका र यसपटक अलल–अलग पार्टीबाट चुनाव लडेका उनीहरुमध्ये कसलाई गोर्खा २ का ...

उपल्लो डोल्पाको दुई मतदान केन्द्र सम्पर्कविहीन अन्य ६४ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान कार्य जारी

मंसिर १० २०७४   ekhabarnepal

प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा   मतदानमा उपल्लो डोल्पाका दुई मतदान केन्द्र सम्पर्कविहीन बनेका छन् । उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ र शे–फोक्सुण्डो गाउँपालिकाको कु गाउँ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको डोल्पाका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए । उनका अनुसार बाँकी ६४ मतदान केन्द्रमा ...

"०१२३४५६ र १२३४५६" नम्बरको फोन नउठाइ सचेत बनौ - नेपाल टेलिकम

मंसिर १० २०७४   ekhabarnepal

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता प्...

सिन्धुपाल्चोकको मतदान केन्द्रमा झडप भयपछी, प्रहरीद्वारा हवाई फायर

मंसिर १० २०७४   ekhabarnepal

सिन्धुपाल्चोक जिल्लाको बलेफीस्थित कालिका प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बलेफीमा रहेको मतदान केन्द्रमा दुई राउन्ड हवाइ फायर भएको बताएका छन् । मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको पोखरेलले बताए ।मतदान केन्द्र तनाबप...

रुकुममा मतदान स्थगित : विप्लवका कार्यकर्ताहरुले मतपेटिका नै जलाए

मंसिर १० २०७४   ekhabarnepal

रुकुम - रुकुममा  १२ बजेसम्म २५ प्रतिशत मतदान भइसकेको छ ।  जिल्लाको बाँफीकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र ‘क’ मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मत पेटिकामा जलाएपछि मतदान स्थगित भएको छ । विप्लवका कार्यकर्ताले दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५०...

चीनको निङ्बोस्थित एउटा कारखानामा 'विस्फोट' हुँदा दुईजनाको मृत्यु, कैयौँ घाइते

मंसिर १० २०७४   ekhabarnepal

चीनको दक्षिणी सांघाइमा पर्ने पूर्वी बन्दरगाह शहर निङ्बोस्थित एउटा कारखानामा 'ठूलो विस्फोट' हुँदा कम्तीमा दुईजनाको मृत्यु र कैयौँ घाइते भएको विवरण प्राप्त भएका छन्। जिआङ्बे जिल्लास्थित उक्त कारखानामा स्थानीय समय अनुसार बिहान ९ बजे विस्फोट भएको बताइएको छ। विस्फोटका कारण नजिकका केही भवनहरु ढलेका छन्।सरकारी टेलिभिजन सीसीटीभीका अनुसार प्रत्यक्ष...

कहाँ कहाँ बाट गरे ?प्रमुख राजनीतिक दलका नेताहरुले मतदान

मंसिर १० २०७४   ekhabarnepal

पहिलो चरण अन्र्तगत उच्च हिमाली तथा पहाडी जिल्लामा सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मतदान गरेका छन् ।  गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मतदान गरेका छन् । श्रेष्ठले गोरखा–२ सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मत...

आज बिहान ७ बजेदेखि मतदान कार्य शुरु ,२५ प्रतिशत मत खस्यो

मंसिर १० २०७४   ekhabarnepal

काठमाडौं– निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भएपनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजा...

आफ्नो मताधिकार सदुपयोग गर्नुहोस ; राष्ट्रपति विद्यादेवी भण्डारी

मंसिर १० २०७४   ekhabarnepal

काठमाडौँ,१०  मंसिर - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ ।  पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान...

निर्वाचन पछि मूलुकमा नयाँ युगको थालनी हुन्छः पूर्व उपप्रधानमन्त्री रायमाझी

मंसिर १० २०७४   .

बसाई सराई गरेर वाहिर गएकाहरुलाई पुनःजिल्लामा फर्कने वातावरण सृर्जना गर्ने शोभाखर पन्थी  अर्घाखाँची,मंसिर–९   संयुक्त वाम गठबन्धन निर्वाचन क्षेत्र नं. २ अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा विशाल चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प...

रुपन्देहीलाई विकासको रोलमोडल बनाउने सामूहिक संकल्प

मंसिर १० २०७४   .

सेमलारमा बाम गठबन्धनको चुनावी सभा  बुटवल, मंसिर ९ । रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा क्रियाशिल बाम गठबन्धनका साझा उम्मेदवार तथा नेताहरुले रुपन्देहीलाई विकासको रोलमोडल बनाउने संकल्प गरिएको भन्दै एक पटक अवसर दिन मतदातासमक्ष आग्रह गरेका छन् । रुपन्देहीको सेमलारमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेताहरुले प्रदेशको सबल राजधानीका रुपमा रु...

तिलोत्तमामा अर्को पटक महानगरको चुनावः पौडेल

मंसिर ९ २०७४   .

बुटवल, मंसिर ९।   नेकपा एमालेका उपमहासचिव, पूर्व मन्त्री तथा रुपन्देही  क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेद्वार विष्णु प्रसाद पौडेलले अघिल्लो चुनावमा नगरपालिको मेयर जिताउनको लागि भोट हालेका तिलोत्तमा नगरवासीहरुले अव एकैपटक महानगरको मेयरको लागि  भोट हाल्ने दिन आउने बताएका छन् ।  चुनावी अभियान अन्तर्गत शनिबार  तिलोत्तमा नगरपालिकाका विभिन्न ...

निर्वाचनमा ६४ हजार सैनिकलाई खटाउने 

मंसिर ९ २०७४   .

   काठमाडौं, मंसिर   प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेनाले ६४ हजार भन्दा बढि सैनिकलाई खटाउने भएको छ। निर्वाचन प्रयोजनका लागि कूल ६४ हजार २० जना सैनिक खटिनेछन्।  मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा नेपाली सेनाले...

मस्जिद हमलाकारीमाथि 'हवाई कारवाही',हमलाको बदला लिने राष्ट्रपतिको चेतावनी

मंसिर ९ २०७४   .

  कायरो, मंसिर ८  साइनाइस्थित मस्जिदमा कम्तीमा २३५ जनाको ज्यान जाने गरी गरिएको हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ। सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ। राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण...

मर्चवारमा सूर्य झुल्किदा चौतर्फी चकमन्न

मंसिर ९ २०७४   .

नरेश के.सी. मर्चवार, मंसिर ८ । बत्तिमुनिको अध्यारो भनेजस्तै रुपन्देही सदरमुकाम भैरहवादेखि पश्चिम दक्षिणमा अवस्थित किसानहरुको बाहुल्यता रहेको मर्चवारमा अहिले संघ र प्रदेशसभाको चुनाबी रौनक व्यापक छ ।  पूर्व प्रधानमन्त्री डा. के आई सिंह, पूर्व गर्भनर  हरिशंकर त्रिपाठी, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला जस्ता व्यक्तिहरुको क्षेत्र पञ्चायतकालदेखि ...

भूपू  सैनिकका लागि छुट्टै अस्पताल बनाउंछौं ः पौडेल 

मंसिर ८ २०७४   .

वेलवास—नयांगाउं  चक्रपथलाई सालझण्डीसम्म विस्तार गर्न माग  बुटवल ८ । भूतपूर्व भारतीय सैनिकहरुका लागि ३ सय शैयाको अस्पताल सहित उनीहरुका वालवच्चाले पढ्ने गुणस्तरीय विद्यायल बनाउने प्रतिबद्धता पूर्वअर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।  बेलवासको भूपू सैनिक चोकमा आयोजीत टोलसभामा भूपूहरुलाई सम्वोधन गर्दै नेता पौडेलले भूपू भारतीय सैनिकहरुको सुवि...

रुपन्देहीलाई नमुना बनाउने पौडेलको प्रतिबद्धता , प्रदेशको राजधानी रुपन्देही

मंसिर ७ २०७४   .

ऐन संसोधन गरेर भएपनि सुकुम्बासी समस्या सधैको लागि अन्त्य गर्ने बुटवल, ७ मंसिर ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसंग रुपन्देही जिल्लाका अरु थुप्रै आयोजनाहरु जोडिएकाले विमानस्थल निर्माण शीघ्र  सम्पन्न गर्ने प्रतिबद्धता सहित नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको...

 'नेपालभित्र सधैं मधेस रहनुपर्ने बाध्यता छैन: राजपा

मंसिर ७ २०७४   .

काठमाडौं,मङ्सिर ७  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावी घोषणापत्रमा 'नेपालभित्र सधै मधेस रहनुपर्ने बाध्यता नहुने' प्रस्तावनामा उल्लेख गरेको छ। महोत्तरीको जलेश्वरमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपाल 'बहुराष्ट्रिय देश' भएको समेत उल्लेख गरेको छ। एक राज्य एक राष्ट्र हुनुपर्ने धारणा आदर्शवादी भए पनि सधै व्यावहारिक नहु...

सत्तामा जनताको अधिनायकत्वलाई अधिनायकवाद भनिदैन

मंसिर ७ २०७४   .

एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रमा नेपाली समाजवादका विशेषताको रुपमा प्रतिष्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानुनको राज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, मानव अधिकार, वहुमतको सरकार, निष्पक्ष र स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता, ...

चुनाव चिन्ह मिल्दोजुल्दो भएपछि दीपक बोहराको किर्ते

मंसिर ६ २०७४   .

  भैरहवा, मंसिर ५ । लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार रहेका बहालवाला स्वास्थय मन्त्री दीपक बोहोरालाई किर्ते गरेको आरोप लागेको छ । राप्रपा (प्रजातान्त्रीक) का वरिष्ठ उपाध्यक्ष समेत रहेका बोहराले चुनाब चिन्ह उस्तै उस्तै भएपछि किर्ते गरी विपक्षीको उम्मेदवारी रद्ध गराउन गरेको प्रयास विफल भएको ...

बुटवलमा विशाल आमसभा, देशको भविश्यको लागि बाम गठबन्धनलाई भोट

मंसिर ६ २०७४   .

बुटवल प्रदेश ५ को राजधानी हुन्छ बुटवल, मंसिर ५ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारी थालेका बाम गठबन्धनले बुधबार बुटवलमा विशाल जनसभा गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गर्दै अब एउटै कम्युनिष्ट पार्टी बना...

बाम गठबन्धनका उम्मेदवार मतदाता भेटघाटमा केन्द्रित

मंसिर ५ २०७४   .

बुटवल, ५ मंसिर ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा बाम गठबन्धनका उम्मेदवारहरु चुनावी प्रचारका लागि घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् ।    आ–आफ्ना क्षेत्रका विकास निर्माण, वडा र टोलका विविध समस्या समाधान गर्ने एजेण्डा र प्रतिबद्धतासहित बाम गठबन्धनका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका हुन् ।...

मोतिपुर औद्योगिक क्षेत्रको डिपिआर अन्तिम चरणमा

मंसिर ५ २०७४   .

  बुटवल, ४ मंसिर । रुपन्देहीमा निर्माण प्रस्ताव गरिएको ५ नम्बर प्रदेश स्तरीय मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सातै वटा प्रदेशमा एक हजार बिगाहा क्षेत्रफलको औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडे...

सिमावर्ती बेलहियाबासीको अठोट, नाकाबन्दी बिरुद्ध नझुक्ने बाम गठबन्धन सरकार

मंसिर ५ २०७४   .

 अरुण ज्ञवाली भैरहवा ५ कार्तिक भारतले लगाएको ६ महिना लामो नाका बन्दी बिरुद्ध लडेर नेपाल भारत सिमा बेलहिया नाका सहज बनाएका बेलहियाबासी मँगलबार बिहान हातमा सूर्य र गोलाकारभित्र को हसिया हथौडाको झण्डा लिएर घर घर बाट निस्के । उहिहरु भन्दै थिए भारतको नाकाबन्दी बिरुद्ध बाम गठबन्धन जसरी नझुकी हाम्रो आन्दोलमा साथ दियो मँसिर २१ हुने आम निर्वाचनमा बाम...

बुटवलमा ओली र प्रचण्डले विशेष सम्बोधन गर्ने , ५० हजार जनता उतार्ने तयारी

मंसिर ५ २०७४   .

   बुटवल,मंसिर ५  । रुपन्देहीमा बाम गठबन्धनको सन्देश प्रवाह गर्न वृहत चुनावी सभा हुने भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने चुनावी सभाको तयारी सबै पुरा भएको चुनाव प्रसार प्रसार समिति रुपन्देही क्षेत्र नम्बर २ ले जानकारी दिएको छ । मंसिर ६ गते विहान १...

राष्ट्रिय उत्पादन बढाउने नीति लिनेछौं ः पौडेल

मंसिर ५ २०७४   .

बुटवलमा उद्योगी व्यवसायीको वृहत भेला रूपन्देही, मंसिर ४ गते । यस क्षेत्रका प्रतिष्ठत उद्योगी व्यवसायीको बृहत भेला सोमबार बुटवलमा सम्पन्न भएको छ ।  बाम गठबन्धनको पक्षमा रहेका यहाँका उद्योगी व्यवासायीले संयुक्तरुपमा भेला गरेका हुन् । संयुक्त बाम उद्योगी व्यवसायी चुनाव परिचालन समितिको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं....

प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसके सेना जान्छ

मंसिर ४ २०७४   .

  काठमाडौं, मंसिर ४ : नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थाल...

 एमालेका सबै चुनावी कार्यक्रम एक घण्टाका लागि स्थगित

मंसिर ३ २०७४   .

  काठमाडौं, मंसिर ३ छोरा प्रकाश दाहालको मृत्युको खबर पाएपछि बिहान बिर्तामोडबाट काठमाडौं फर्कने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई चुनावी अभियान जारी राख्न भनेपनि एमालेले आजका सबै कार्यक्रम एक घण्टाका लागि स्थगित गरेको छ। ‘कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी–केन्द्रक...

 प्रकाश दाहालको निधन

मंसिर ३ २०७४   .

  काठमाडौं , मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ ।आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो।   पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीब...

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात

मंसिर ३ २०७४   .

   काठमाडौं ,मंसिर ३ । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी द...

पौडेललाई देश विकासको नेतृत्व लिन शुभकामना

मंसिर २ २०७४   .

तिलोत्तमा, २ मंसिर  । तिलोत्तमा नगरपालिकाका ६ वटा वडा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा समावेश छ । जुन क्षेत्रमा बुटवल उपमहानगरको अधिकांश भाग समेटिएको छ । एमाले उपमहासचिव विष्णु पौडेलका लागि बुटवल पुरानो ठाउँ भएपनि तिलोत्तमाका ६ वटा वडा नयाँ हुन् । नयाँ ठाउँको मत पहिलोपल्ट आफूले प्रयोग गर्ने मौका पाएका उपमहासचिव पौडेललाई शनिबार भएको घरद...

एउटा सादगी उम्मेदवारको माला विहीन चुनावी अभियान 

मंसिर २ २०७४   .

गुल्मी, मंसिर २ केन्द्रीय राजनीतिक वृत्तमा वैचारिक नेताको छवी बनाएका एमाले सचिव प्रदीप ज्ञवाली आफ्नो निर्वाचन क्षेत्र गुल्मी १ का मतदताको घरदैलोमा चुनावी अभियान चलाइरहेका छन् । मृदुभाषी यी नेता मतदाताबीच उति हल्का आश्वासन बाँड्ने नेतामा पर्दैनन् । राजनीतिलाई फेदबाटै सङल्याएपछि विकृति स्वतः कम हुँदै जाने र विकासलाई सस्तो प्रचारबाजीको विषयबाट जन...

बिहान–बेलुका गाई दुहुने, दिनभर प्रचारमा हिंड्ने

मंसिर २ २०७४   .

बुटवल, २ मंसिर । चुनावमा प्रत्यासी भएका उम्मेदवारहरुले कमैमात्र आफ्नो क्षेत्रका मतदातालाई भेट्छन् । घरदैलोको साटो उनीहरु चुनावी सभामा जान्छन्, भाषण दिन्छन् र पार्टीको पक्षमा मतदान गर्न आह्वान गर्छन् ।  २०६४ सालको संविधानसभाको चुनाव लड्दा एमालेका सादगी नेता लिला गिरी पनि त्यसै गरे । उनी आफ्नो क्षेत्रमा कमैमात्र केन्द्रित भए । रुपन्देही–३, बाट...

एमालेले ‘वेलफेयर स्टेट’ को दिशा समातेको छ

मंसिर २ २०७४   .

चुनावमा विमलेन्द्रदेखि गगनसम्म किन गर्दैछन् भयको सञ्चार  जयप्रकाश आनन्द  दोस्रो चरणको निर्वाचन हुन अब महिना दिन पनि बाँकी छैन। एमाले र माओवादीले चुनावी गठबन्धन बनाएपछि रिसाएको कांग्रेसले रिसकै झोंकमा ‘वामगठबन्धन विजयी भए देशमा स्टालिन कालको सरह कठोर साम्यवाद आउने’ भयको संचार जनतामा गर्न खोज्यो। यसो भए मुलुकमा सर्वसत्तावाद वा अधिनायकवाद आ...

एक पटक बहुमत दिनुस् ः नेताहरु

मंसिर १ २०७४   .

वाम गठबन्धनको संयुक्त अगुवा भेला बुटवल, मंसिर १ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले कम्युनिष्टले सत्ता पाएपनि बहुमत र समय नपाउँदा धेरै कामहरु अधुरै छाड्नुपरेको भन्दै एक पटक बहुमत दिन मतदातासमक्ष आग्रह गरेका छन् । बहुदलीय व्यवस्था आएपछिको यो अवधिमा मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका कम्युनिष्ट सरकारहरु बनेपनि सबै छोंटो अवधि र अल्प...

नैतिक र प्राविधिक शिक्षाका लागि बामपन्थी नेतृत्वको सरकार

मंसिर १ २०७४   .

भैरहवा,मंसिर १ । ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुषालले युवाहरुलाई नैतिक शिक्षा र प्राविधिक सिप दिलाउनको लागि बामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन । उनले  स्वदेशमै श्रम र स्वदेशमै रोजगारको लागि बामगठबन्धनलाई नै जिताउनुपर्नेमा जोड दिएका छन ।  संयुक्त विद्यार्थी निर्वाचन...

पाल्पाको मित्यालडाँडामा हावाबाट बिजुली

मंसिर १ २०७४   .

रासस पाल्पा, मंसिर १। पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाडौं नेपाल, काठमाडौं अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो । एक हजार २०० वाट ...

कांग्रेसमा प्रधानमन्त्री वन्ने किचलो

मंसिर १ २०७४   .

काठमाण्डौ, कार्तिक ३० नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को वन्नेवारेमा शेरबहादुर देउवा र  रामचन्द्र पौडेलकावीच तीव्र प्रतिष्पर्धा भइरहेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको बहुमत आएमा आफू नै प्रधानमन्त्री बन्ने बताएका छन् भने देउवाले त्यस्तो धारणा सार्वजनिक गरेकै दिन कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र प...

पश्चिम सेती: प्राधिकरण, थ्री गोर्जेज्‌बीच लगानी सम्झौता

मंसिर १ २०७४   .

काठमाण्डौ,कार्तिक ३० सरकारले एक चिनियाँ कम्पनीसँग बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धी सम्झौता खारेज गरेको एकसाता पनि नबित्दै सरकार नियन्त्रित नेपाल विद्युत प्राधिकरणले चीनको अर्को सरकारी कम्पनी थ्री गोर्जेज्‌सँग ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि एक सम्झौता गरेको छ। बिहीवार दुई पक्षबीच भएको सम्झौता अनुस...

 बुटवललाई प्राचीन अनुहारको अत्याधुनिक शहर बनाउंछौ ः विष्णु पौडेल

मंसिर १ २०७४   .

 बुटवललाई सांस्कृतिक शहरको रुपमा विकास गर्न स्थानीयको माग बुटवल ३० कार्तिक । बुटवलको वडा नं १ र २ लाई ऐतिसाहीक तथा सांस्कृतिक शहरको रुपमा विकास गर्न यहांका वासिन्दाले माग गरेका छन् । प्राचीन बटौली बजार पहाडी क्षेत्रका जनताले घ्यूसंग नुन सांट्ने ऐतिहासिक थलो भएकाले यसलाई प्राचीन सांस्कृतिक शहरको झल्को आउने गुरुयोजना बनाएर विकास गर्नुपर्ने स्था...

एमाले उपमहासचिव भुसालले भने “हामी अहिले जे बोल्छौं ती  बामगठबन्धनमा बन्ने बहुमतिय सरकारको नीति र कार्यक्रम हुन्

मंसिर १ २०७४   .

रुपन्देहीमा प्रदेशस्तरीय पत्रकार अध्ययन तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने नरेश के. सी.  भैरहवा २९ कार्तिक नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले चुनाबकोलागी झुठ्ठा आश्वासन र सस्तो विज्ञापन आफुले नगर्ने बताएका छन् । उनले भनेका छन् “हामी भोली पुरा गर्न सकिने कार्यक्रम र आश्वासन मात्रै तपाईहरुलाई दिन्छौं । किनकी निर्वाचन पछि बामगठन्धनको बहु...

एसीसी यू १९ एसिया कप : भारतको हारसँगै नेपाल पहिलोपटक सेमिफाइनलमा 

कार्तिक २९ २०७४   .

काठमाडौैं, कात्तिक २८  : एसीसी अन्डर १९ एसिया कपमा नेपाल सेमिफानलमा पुगेको छ। नेपालले यो सफलता पहिलोपटक पाएको हो भने डिफेन्डङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ। भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि नेपालले रनरेटका आधारमा दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो। समूह 'ए' को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो। बंगलाद...

पुनः मूल्याङ्कन गरिदिन पौडेलको आग्रह

कार्तिक २८ २०७४   .

बुटवल, कात्तिक २८  । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले मंगलबार रुपन्देहीका विभिन्न चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको छ । बुटवलको वडा नंं. १३ स्थित बेलबासमा भएको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले यस क्षेत्रको समग्र विकासका लागि बाम गठबन्धनका उम्मेदवारले चुनावमा बिजय हासिल गर्नुपर्ने बताउन...

वाम गठवन्धन पछि काँग्रेस हतास बनेको छ'

कार्तिक २८ २०७४   .

  बीबीसीसंगको अनतरर्वार्तामा के भने ओलीले   झापा, कार्तिक २८ सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस यहाँहरुको वाम गठबन्धनले साम्यवाद ल्याउन अग्रसर भएको भन्दै झस्किएको देखिन्छ, कम्युनिष्ट अधिनायकवाद सहितको साम्यवादसम्म पुग्नकै लागि यो गठबन्धन भएको हो ? नेपाली कांग्रेसको हतासा जुन छ अहिले त्यो अराजनीतिक हो। नेपाली कांग्रेसले साम्यवा...

विकासको जिम्मा एमालेले लिन्छः पौडेल

कार्तिक २८ २०७४   ekhabarnepal

तिलोत्तमा, २७ कात्तिक । नेकपा एमालेका उपमहासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले समग्र रुपन्देहीको विकासको जिम्मा एमालेले लिने बताएका छन् । उनले अव मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढिसकेको उल्लेख गर्दै यो यात्रालाई कसैले रोक्न नसक्ने बताए । रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा १ को निर्वाचन परिचालन कमिटीको बैठकलाई संबोधन गर्...

माओवादीले ४० सिटसम्म जित्छ, मेराे प्रतिस्पर्धी जिल्लामा कोही छैन : अध्यक्ष दाहाल

कार्तिक २७ २०७४   .

  चितवन,कार्तिक २७,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले साेमबार चितवन पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रब...
To Top