विशेष

पूर्व फुटवल खेलाडी बने लाइबेरियाको राष्ट्रपति

पौष १४ २०७४   ekhabarnepal

एजेन्सी । पूर्व फुटवल खेलाडी जर्ज उएच लाइबेरियाको राष्ट्रपतिमा विजयी भएको छन् । नवनिर्वाचित राष्ट्रपति जर्जले लाइबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गरेर विजयी भएका हुन ।लाइबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएकोे जनाएको छ । निर्वाचनमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेकोे निर्वाच...

दाङमा बाघको हड्डी सहित तीनजना पक्राउ

पौष १४ २०७४   ekhabarnepal

दाङ पुस १४, दाङमा बाघको हड्डी सहित तीनजना पक्राउ परेका छन् । बबई गाउँपालिका वडा नम्बर –४ हापुरेबाट स्थानीय पूर्णबहादुर हमाल, काशीराम बिक र सल्यान त्रिवेणीका चन्द्रबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।  

राष्ट्रियसभासम्बन्धी अध्यादेश प्रमाणिकरण,एकल संक्रमणीय प्रणाली अनुसार गठन हुने 

पौष १४ २०७४   ekhabarnepal

काठमाडौं पुस १४ , राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नुभएको छ । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणिकरण गर्नुभएको हो ।यससँगै अब राष्ट्रियसभा गठनको बाटो खुलेको छ भने दलहरुबिच लामो समयदेखि चलिरहेको राष्ट्रियसभा कि प्रतिनिधिसभाको गठन पहिले भन्ने विवाद पनि टुंगिए...

एमालेले प्रदेशका समानुपातिक सांसदको नाम टुंगो लगायो (नाम सहित)

पौष १३ २०७४   .

 काठमाडौं,पुस १३  । नेकपा एमालेले प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको स्थायी कमिटि बैठकले प्रदेशसभाका सात वटै प्रदेशका समानुपातिक सांसद चयन गरेको हो। सात वटै प्रदेशमा गरेर एमालेले ७५ जनाको नाम छनौट गरेको हो । छनौट गरिएको नाम भोली निर्वाचन आयोगमा बुझाउने एमाल...

तीन दलका बीचमा राजनीतिक सम्झौता गरेर राजनीतिक गाँठो फुकाउ - प्रचण्ड

पौष १३ २०७४   ekhabarnepal

  काठमाण्डौ १३ पुस,  राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपति कहाँ अड्किएको छ भने कांग्रेस र एमाले आ–आफ्नै अडानमा छन् । मध्यमार्गी देखिएको माओवादीले अब औपचारिकरुपमा राजनीतिक सहमति गरेर निकास खोज्ने विकल्प अघि सारेको छ ।माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकले निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय गरेको छ । आयोगले अहिलेसम्म प्र...

माघको पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्छ - प्रदीप ज्ञवाली

पौष १३ २०७४   ekhabarnepal

नगरकोट  पुस १३, एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे । एमाले र माओवादीबीच बृहत् छलफल र बहस भइरहेका कारण सरकार गठनलगत्तै पार्टी एकीकरण हुने ...

रानीपोखरी पुनर्निर्माण कार्यमा विरोधावास : कार्य स्थगित

पौष १३ २०७४   ekhabarnepal

काठमाण्डौ १३ पुस,  काठमाण्डौ महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ । रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । बिहीबार दिउँसो हुने छलफलमा सहमति खोजेर आवश्यक निर्णय लिने प्राधिकरणका प्र...

मिर्गौला, क्यान्सर ,स्पाइनल कर्ड इन्जुरी जस्ता रोगीलाइ मासिक पाँच हजार भत्ताको ब्यवस्था

पौष १३ २०७४   ekhabarnepal

काठमाडौं १३ पुस, सरकारले मिर्गौला, क्यान्सर र  स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । ...

राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्पकमल दाहाल बिच छलफल

पौष १३ २०७४   ekhabarnepal

काठमाडौं १३ पुस, राष्ट्रपति भवन शीतलनिवासमा बिहान भएको छलफलमा भण्डारीले राष्ट्रियसभा अध्यादेशमा सहमति जुटाउन प्रचण्डलाई आग्रह गरेकी हुन् । सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तत्काल पारित गर्नुपर्ने नेपाली कांग्रेसको अडान छ भने फिर्ता गर्नुपर्ने नेकपा एमालेको अडान छ ।  प्रचण्ड भने मध्यमार्गी विकल्पबाट समाधान खोज्नु पर्ने पक्षमा रहेको...

काठमाडौंको एक होटलमा भारतीय नागरिकको 'हत्या'

पौष १३ २०७४   ekhabarnepal

  काठमाडौँ  पुस १३, काठमाडौंको आमदब्लम होटलमा भारतीय नागरिकको हत्या भएको छ । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा आदित्य गुरुङको बुधबार मध्यराति हत्या भएको  महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले बताए ।घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएक...

माओवादी र मधेस दलसहितको सरकार बनाउन एमालेको पहल

पौष १२ २०७४   .

काठमाडौँ ,पुस १२, प्रकाश सिलवाल/रासस   नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि...

ओली र दाहाल बीचको भेटवार्तामा के के भयो कुराकानि ?

पौष १२ २०७४   ekhabarnepal

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भावी सरकार गठन, दुई पार्टीबीचको एकता, राष्ट्रिय सभाको गठन बारे फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । बुधबार दिउँसो माओवादी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बाल...

दार्चुलामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन

पौष १२ २०७४   ekhabarnepal

दार्चुला  पुस१२, साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम अन्तरग रिज्म एफपीको आर्थिक सहयोग तथा रिड्स नेपाल दार्चुलाको प्राविधिक सहयोगमा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।रिज्म एफपी दार्चुला र शुर्मा भवानी सहकारी संस्थाको आर्थिक सहयोगमा ५४ लाख ८३ हजार लागतमा उक्त प्रशोधन केन्द्र स्थापना गरिएको हो ।मार्मा गाउँपालिका-१ पारिबगडमा जडीबुटी प्रशो...

ओली र दाहाल बीच बालकोटमा भेटवार्ता

पौष १२ २०७४   ekhabarnepal

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेट ओली निवास बालकोटमा जारी छ । दुई नेताबीच नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।अोली र प्रचण्डवीच मंगलबार साँझ नै भेटवार्ता हुने भनिएपनि हुन सकेको थिएन । गत शुक्रबार चितवन गएका प्रचण्ड केही जिल्लाहरुको भ्रमण गरेर ५ ...

एमाले - माओवादी पार्टी एकतामा सकस

पौष १२ २०७४   ekhabarnepal

काठमाडौं १२ पुस राजनीतिक गतिरोधको अन्त्य, नयाँ सरकार गठन, पार्टी एकताको विषयमा प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बुधवार पनि अन्यौलमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलवार हुने भनिएको बहुप्रतिक्षित भेटवार्ता हुन सकेन । माओवादी केन्द्रका नेताहरुले एमालेसँग ...

बिराटनगर वारियर्सले फाइनल प्रवेशका लागि १२८ रनको सामना गर्नुपर्ने

पौष १२ २०७४   ekhabarnepal

काठमाडौं पुष १२,  एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ । बिराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

आश्रमका नाममा बालबालिकामाथि यातना, सञ्चालकको नागरिक्ता संकास्पद

पौष १२ २०७४   .

विकाश पराजुली बुटवल,  पुस १२ । साहाराको घर (बालगृह) मा रहेका बालबालिका माथि शोषण र कुटपिट गर्ने गर्ने ब्यक्ति प्रहरीको फन्दामा परेका छन् । बुटवल १३ स्थित बेलवासमा संचालनमा रहेको साहारको घर बालगृहमा रहेका ५ जना बालबालिका शनिबार राती आफुमाथी शोषण र कुटपिट गरेको भन्दै भागेपछि उक्त घटना बाहिर आएको हो । आश्रममा रहेका ३६ मध्ये ५ जना बालबालिका राति ...

एमाले–माओवादी पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा

पौष ११ २०७४   ekhabarnepal

काठमाडौ पौष ११,  ओली र प्रचण्डबीच पुसयता दुईपटक वार्ता भएको छ । प्रत्यक्षमा निर्वाचित भएर प्रचण्ड काठमाडौं फर्किएलगत्तै ओलीसँग बबरमहलस्थित एक घरमा छलफल भएको थियो । पछिल्लोपटक गत ६ पुसमा दुई नेताबीच राति अबरेसम्म ६ घन्टा लामो संवाद भएको थियो ।‘एकताको मोडालिटीलगायत समग्र कुराकानी सकारात्मक रूपमा टुंगिँदै गएको जानकारी पाएका छौँ,’ एमाले सचिव प्रद...

चोर वाटोवाट विधेयक पारित गराउनु अनैतिक हुन्छ

पौष ११ २०७४   .

डी.आर. घिमिरे अव एमालेले तत्काल राष्ट्रिय पार्टीहरूको परिणाममुखी बैठक आयोजना गर्नुपर्छ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको उपस्थितिलाई इन्कार गर्नु हुन्न । तर, संसदले अस्वीकृत गरेको अध्यादेश सरकारले फिर्ता लिनुपर्छ । सरकार विधेयक फिर्ता लिन तयार हुनुपर्छ । सरकार गठन गर्ने मार्ग यो सरकारले प्रसस्त गर्नुपर्छ । नयां सरकार गठन पछि सहमतिक...

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज वस्दै

पौष ११ २०७४   ekhabarnepal

काठमाडौं पौष ११ , प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पार्टी एकता गर्नेगरि वाम गठवन्धन बनाएर चुनावमा भाग लिएका दुई पार्टी बीच चुनाव सकिएपछि संयोजन समितिको बैठक औपचारिक रुपमा बस्न सकेको थिएन । चार दिन अघि देखि काठमाडौं बाहिर रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम रहेको छ । त्यसैले आज नेकपा एमाले र माओवादी ...

किन हारे वामदेव ? खुल्यो रहस्य

पौष १० २०७४   ekhabarnepal

बुटवल पौष १०, बर्दिया १ बाट वामपन्थी गठबन्धनका सूत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमको पराजयका अनेकन कारण खुल्न थालेका छन् । पार्टी स्थायी कमिटी बैठकको एजेण्डा बनिसकेको गौतमको पराजयमा अन्तरघात सहायक तर वामदेवकै कमजोरी मुख्य कारण देखिएको छानविन कमिटीहरुको प्रारम्भिक निष्कर्ष आएको छ । गौतमको पराजयलगत्तै ५ नम्बर प्रदेश संयोजक बिष्णु पौडेलले के...

'कसैको मनमा चिसो नपस्ने गरि पार्टी एकता हुन्छ' - माधवकुमार नेपाल

पौष १० २०७४   ekhabarnepal

काठमाडौ  पौष १०,  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनको अन्तिम परिणाम आउना साथ नयाँ सरकार गठन हुने बताएका छन् ।‘निर्वाचन आयोग परिणाम सार्वजनिक गर्न सक्रियताका साथ जुटिरहेको छ’ वाम गठबन्धन काठमाडौ २ द्धारा सोमबार आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनु पर्ने संवैधानिक प्रावधान छ । परिणामा ...

राजनीतिक निकासका लागि राष्ट्रियसभा सम्बन्धी व्यवस्था परिमार्जन गर्नुपर्छ - मन्त्री पोखरेल

पौष १० २०७४   ekhabarnepal

बर्दिवास- बिनाविभागीय मन्त्री एवं महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाएका छन्। महोत्तरीको बर्दिवासमा आइतबार साँझ आयोजित पत्रकार भेटघाटमा नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेक मन्त्री पोखरेलले संविधान कार्यान्वयन र यसको सर्वस्वीका...

बाम एकतामा किन भयो आनाकानी ?

पौष १० २०७४   ekhabarnepal

काठमाडौं पुस१०,   निर्वाचन लगत्तै पार्टी एकता प्रकृया शुरु हुने दुवै दलका नेताले बताए तर पार्टी एकताको प्रकृया शुरु अझौ भएन ।निर्वाचन लगत्तै पार्टी एकता प्रकृया शुरु हुने दुवै दलका नेताले बताउने गरेपनि संयोजनक समितिको बैठक बस्न नसक्दा पार्टी एकता प्रकृया धरापमा परेको आशंकामा टेवा पुगेको । शनिवार पार्टी एकता संयोजनसमितिको बैठक बस्ने भनिएको भएपनि ...

पश्चिम तराईको जनजीवन शीतलहरको कारण कष्टकर बन्दै

पौष १० २०७४   ekhabarnepal

नेपालगञ्ज पुस१०,  चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ ।अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढे...

क्रिसमसको शुभकामना दिँदै राष्ट्रपतिले भनिन् : राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सकियोस

पौष १० २०७४   ekhabarnepal

काठमाडौं पुस१०, इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनी...

नवनिर्वाचित सांसद चौधरीलाई पक्राउ गर्न सर्वोच्चको आदेश 

पौष ९ २०७४   .

  काठमाडौं ९ पुस– सर्वोच्च अदालतले प्रतिनिधि सभामा कैलालीवाट निर्वाचित सांसद रेशम चौधरीलाई फरार अभियुक्त ठहरगर्दै सफाइ नपाएसम्म राज्यबाट पाउने कुनै सुविधा नदिन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले वारेश नामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले आइतवार रेशमलाई फरार अभियुक्त ठहरगर...

अध्यादेश स्वीकृत गरेर गतिरोधको अन्त्य गर्नुपर्छ

पौष ९ २०७४   .

  काठमाडौं, पुस ९   शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग अहिलेको राजनीतिक गतिरोधबारे परामर्श गरिन्। राष्ट्रपतिसँग अघिल्लो पटकको छलफलमा एक्लै पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा यसपालि कांग्रेसका अन्य चार नेतालाई लिएर शितल निवास पुगेका थिए। करिब  एकघण्टा लामो छलफल राष्ट्रपति कार्यलयमा अड्किए...

पार्टी एकता तर्फ अन्तिम चरणमा पुगियो :अब एक हुन्छौ - पुष्पकमल दाहाल ‘प्रचण्ड’

पौष ९ २०७४   ekhabarnepal

चितवन, ९ पुस–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।  एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उनले भने, ‘दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन । हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन ।  सं...

कर्जा लगानीमा सावधानी अपनाउनु जरुरी छ - राष्ट्र बैंक

पौष ९ २०७४   ekhabarnepal

 काठमाडौं पौष ९,  बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कर्जा लगानीमा सावधानी अपनाउन भनेको छ ।  चालु आ वको चौथो महिनाको देशको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो ।‘कर्जा प्रवाह र निक्षेप परिचालनबीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ,’ राष्ट्र बैंकले प्रतिवेदनमा उ...

कालीकोटमा अझै पनि अशान्ति

पौष ९ २०७४   ekhabarnepal

कालीकोट, ९ पुस– म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कर्फ्यूु अर्को आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।  प्रजिअ बद्रीनाथ गैरेका...

सामाजिक सुरक्षा कोषको १६ अर्ब ८६ करोड रुपैयाँ अलपत्र 

पौष ९ २०७४   ekhabarnepal

काठमाडौं पुस ९, सामाजिक सुरक्षा कोषका नाममा नागरिकबाट उठाइएको १६ अर्ब ६८ करोड रुपैयाँ अलपत्र परेको छ । कोषका नाममा सरकारले आठ वर्ष अघिदेखि उठाउँदै आएको एक प्रतिशत करको रकम कहिले कानुन त कहिले कार्यविधि अभावका कारण प्रयोगबिनै थन्किँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको सन् १९५२ को सामाजिक सुरक्षासम्बन्धी अभिसन्धि १०२ सँग मिल्दोजुल्दो हुन...

पार्टी एकता गर्न सहमति पक्षको पल्ला भारी छ - प्रचण्ड

पौष ९ २०७४   ekhabarnepal

चितवन पुस ९,  नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प खोजिसकेको बताए । एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनले बताए । चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले फर्किने ठाउँ राखेर अघि नबढेको बताए । ‘...

बिरामी भयका धर्मराज ले फेरि भने सन्चो छैन

पौष ८ २०७४   ekhabarnepal

धर्मराजकाे कसम प्रेमिकाले ताेडिन : झविन्द्र भण्डारी बुटवल : नेपाली लाेक सांगीतिक क्षेत्र दिन प्रतिदिन निकै अाकर्षक बन्दै गइरहेको छ । झांगिदै गइरहेकाे लाेक दाेहाेरी क्षेत्रमा प्रवेश गर्ने नव कलाकारहरू वर्खे भेल झै अाइरहेका छन ।नव कलाकार हरू मध्ये काेहि केहि समय उदाएर अस्ताउछन त केही भने जिबन्त बनिरहेका हुन्छन् । यस्तै मध्येका निकै राम्रो सम्भा...

  एकताको विरोध गर्नेहरु आफै छुटछन, एक दुई जनाले विरोध गरेर पार्टी एकता रोकिन्न:प्रचण्ड

पौष ८ २०७४   .

  बुटवल, पुस ९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई जनाले विरोध गर्दैमा पार्टी एकता नरोकिने प्रष्ट पार्नुभएको छ। दाहालसहितका नेताहरुको सम्मानमा आज आजोजित कार्यक्रममा दाहालले एकताको बिरोध गर्नेहरु आफै छुटने घोषणा पनि गर्नुभयो । एमाले र माओवादीभित्रकै केही नेता बिरोधमा लागेको सुचना पाइसकेका दाहालले एकताबिरोधी जनता...

 लालु यादव अदालतबाटै गिरफ्तार,चारा घोटालामा दोषी

पौष ८ २०७४   .

पुस ८ बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ। राँचीस्थित एक विशेष सिबिआइ अदालतले यादवलाई चारा घोटालामा दोषी ठहर गरेको हो। अदालतले लालुसहित अन्य १५ जनालाई दोषी प्रमाणित गरेपछि उनलाई अदालत परिसरबाटै पक्राऊ गरिएको छ। यद्यपि उनको सजायको घोषणा भने जनवरी ३ २०१८ मा अदाल...

एमालेको हाराहारीमा कांग्रेसको समानुपातिक सिट

पौष ८ २०७४   .

काठमाडौं,पुस ८   प्रतिनिधिसभा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको नेकपा एमालेले  समानुपातिकतर्फ ७५ सिट प्राप्त गर्ने भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको नेपाली कांग्रेसले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेसले तीन गुणा बढी सिट जित्न सफल भएको छ । निर्वाचन आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ दलले...

एमाले माओवादी एकताको खाका बनाए ओली–दाहालले

पौष ८ २०७४   ekhabarnepal

काठमाडौं, पुस ८ पार्टी एकताको विषयमा दुवै पार्टीभित्र चलखेल सुरु भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहयोगी नराखी गृहकार्य थाल्नुभएको छ । कोर टिममा रहेका कतिपय नेता र सहयोगीबाटै एकताविरुद्ध चलखेल भएको जानकारी पाएपछि दुवै नेताले अति गोप्यता कायम राख्दै एकता गृहकार्य अघि बढाउनु भएको हो । ओली र दा...

कुन कुन प्रदेशको राजधानी कहाँ कहाँ हुन्छ ? एक हप्ताभित्र नै तोकिनेछ

पौष ८ २०७४   ekhabarnepal

काठमाडौं । सरकारले एक हप्ताभित्र प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्बजनिक गरेसँगै सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको हो । स्रोतका अनुसार प्रदेशको अस्थायी राजधानीको टुंगो लगाउने र प्रदेश प्रमुख नियुक्ति एकैसाथ हुने तयार...

कविता - "आजको मान्छे "

पौष ८ २०७४       रीता काफ्ले 

                        "आजको मान्छे " निर्मुखा र गरिबसँग बोल्दैमा आजकाल   इज्जत छैन भन्छन यहाँ ।। आफ्नो स्वार्थको लागी कदम चाल्ने  मात्र सम्मानित बन्छन यहाँ ।।।।                                                   कर्मको परिपथ एकातिर लम्किरहेछ                                                       सङघर्षले बाटो बनाउदै ।।                  ...

प्रदेश नम्बर ५ को राजधानी बुटवल हो कि दाङ ?

पौष ७ २०७४   ekhabarnepal

काठमाडौं ७ पुस, सरकारले प्रदेशको राजधानी तोक्ने तयारी गर्दा देशका विभिन्न स्थानमा प्रदेशको राजधानी आफ्नै क्षेत्रमा हुनुपर्ने भन्दै दवामुलक कार्यक्रम शुरु भएका छन् । राजधानी कहाँ राख्ने भन्नेमा सबैभन्दा विवाद प्रदेश नम्बर ५ मा देखिएको छ । रुपन्देहीको बुटवल या दाङमा प्रदेशको राजधानी राख्ने भन्नेमा एउटै दलका नेताहरुबीचपनि विबाद देखिएको छ ।  दाङ ...

आज बसेको पाँच दलको बैठक निष्कर्षविहीन

पौष ७ २०७४   ekhabarnepal

  काठमाडौं ७ पुस,  राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रस्तावित एकल संक्रमणीय मतप्रणालीको स...

अाजको बैठकको मुख्य एजेण्डा -> पार्टी एकता

पौष ७ २०७४   ekhabarnepal

  काठमाडौं । निर्वाचनपछि पहिलो पटक बस्न लागेको बामगठबन्धनको बैठकले निर्वाचनको समीक्षा गर्नेछ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेले स्थायी कमिटी बैठक अाज पार्टीका उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने र पार्टी एकता गर्ने मुख्य एजेण्डा बनाइएको छ । शुक्रबार दिउँसो एक बजे शुरु हुने बैठकमा माओवादी केन्द्रसँ...

नीजि क्षेत्रलाई लगानी वृद्धि गर्न उपराष्टपतिको अपिल

पौष ६ २०७४   .

  प्रदेशको राजधानी बुटवल,उपमहासचिव पौडेल  बुटवल ६ पुस । उपराष्टपति नन्दकिशोर पुनले आन्तरिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन । मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडी बढाउनुपर्ने र त्यसबाट मुलुकमा रोजगारी पनि बढ्ने विश्वास उनले ब्यक्र गरे । बुटवलमा बिहिवारदेखि शुरु भएकोे १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत...

मलेशियामा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखिको मुद्दा आज 'असत्य' साबित

पौष ६ २०७४   ekhabarnepal

काठमाडौँ, ६ पुस - मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उहाँलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।  मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्...

"नयाँ पार्टी, नयाँ सिद्धान्त, नयाँ कुराको विकास" छिट्टै एक हुदैछौ - अध्यक्ष केपी शर्मा ओली

पौष ६ २०७४   ekhabarnepal

काठमाडौं, पुस ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको केही दिनमै एमाले र माओवादी दुवै पार्टी नरहने बताउनुभएको छ । छिट्टै नै माओवादी र एमालेको पार्टी एकता हुने भएकाले दुवै पार्टी नरहने ओलीले बताउनुभयो । काठमाडौंबाट जित्ने वाम गठबन्धनका सांसदलाई बधाई दिन भएको कार्यक्रममा अध्यक्ष ओलीले केही व्यक्तिले पार्टी एक हुन नदिन कहिले एमाले र कहिले...

आज प्रदेशसभातर्फ समानुपातिक सिट बाँडफाँड गरिदै

पौष ६ २०७४   ekhabarnepal

निर्वाचन आयुक्त नरेन्द्र दाहालले सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट संख्यालाई आयोगले बिहीबार घोषणा गर्ने तयारी गरिरहेको बताउनुभयो । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ सबै मतपरिणामलाई पुनः परीक्षण गर्ने कार्य पूरा गरेको र त्यसको प्रतिवेदन बिहीबार आयोगमा पेस गर्ने जनाएको छ । प्रदेश १ मा ३७, ...

विपक्षी देशहरुले मतदान गरे आर्थिक सहायता रोक्का हुनेछ - डोनल्ड ट्रम्प

पौष ६ २०७४   ekhabarnepal

राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरु विरुद्ध आर्थिक सहायता रोक्का गर्ने चेतावनी दिएका छन्।राष्ट्रसंघको महसभाका सदस्यहरुले बिहीवार जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि मतदान गर्दैछन्।अरब र मुस्लिम देशहरुको माग बमोजिम १ सय ९३ सदस्य...

अमेरिकामा बस्दै आएकी साहित्यकार प्रेमा शाहको निधन

पौष ६ २०७४   ekhabarnepal

साहित्यकार प्रेमा शाहको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएकी उनको इन्टर माउण्टेन हस्पिटलमा निधन भएको लेखक प्रकाश सायमीले जानकारी दिए । साहित्यकार शाह नायिका जल शाहकी आमा हुन् । विक्रम संवत् ००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकक...

कांग्रेसबाट समानुपातिकमा  क-कसको सम्भावना ?

पौष ६ २०७४   .

  काठमाडौं, पौष ५  प्रतिनिधिसभामा २३ सिट मात्रै प्राप्त गरेको नेपाली कांग्रेस समानुपातिक निर्वाचनमा भने दोस्रो दल हुन सफल भयो।  कुल ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको कांग्रेसले करिब ४० सिट पाउने देखिन्छ। समानुपातिक तर्फका ११० मध्ये उसले पाउनुपर्ने सिटमा आधाभन्दा धेरै महिलालाई छुट्याउनुपर्नेछ। २१ जना महिला सांसदका लागि सिफारिस गर्नुपर्न...
To Top