विशेष

३२४ स्थानीय तहको मतगणना सकियो, अव १० तह वाँकी

असार २३ २०७४   .

काठमाडौं, असार २३ । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज शुक्रबार सम्म ३२४  स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ । हा...

भरतपुर प्रकरणमा आज बहस हुदै

असार २३ २०७४   .

काठमाडौं असार २३– भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दाको बहस आज हुदैछ । अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गनुपर्ने फैसल...

इटहरी उपमहानगरपालिकामा एमालेको जित, मेयरमा द्वारिकलाल चौधरी,उपमेयरमा लक्ष्मी गौतम विजयी

असार २३ २०७४   .

सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमाले उम्मदेवार विजयी हुनु भएको छ । कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पार्दै एमाले मोरङका अध्यक्ष समेत रहनु भएको द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी हुनु भएको छ । विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ...

३१८ स्थानीय तहको मतपरिणाम (सूचीसहित), बाँकी तहमा कसको अग्रता ?

असार २२ २०७४   .

काठमाडौं  असार,२२ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये  ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । जम्मा १६ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २७ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म १४२ स्थान जिते...

सिद्धार्थनगर नगरपालिकामा एमालेको जित

असार २२ २०७४   रासस

लुम्बिनी ,असार २२ - भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा व...

२८ जिल्लाको मतगणना सकियो, ७ जिल्लाको मतगणना जारी

असार २२ २०७४   .

काठमाडौं, असार २२– असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी छ ।आयोगले बिहीबार बिहान जारी गरेको सुचनामा २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको जनाएको छ । ...

गठबन्धनलाई घुडा टेकाउदै शिव सुवेदी बने बुटवलको मेयर

असार २२ २०७४   .

बुटवल,असार  २१  । नेकपा एमालेका शिवराज सुबेदी बुटवल उप महानगर पालिकाको मेयर बनेका छन । त्यस्तै सोही पार्टिकी गोमा आचार्य उपमेयर बन्न सफल भईन । सुबेदीले २२ हजार ९ सय १७ मत प्राप्त गरेका छन भने २४ हजार ९ सय ६३ मत प्राप्त गर्दै आचार्य उप मेयर बनेकी छन । नेपाली कांग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेद्धवार खेलराज पाण्डेले २० हजार ४ सय ६१ मत पाएका छन...

मतगणना भइरहेका २६ स्थानीय तहः(सूचीसहित)

असार २१ २०७४   .

काठमाडौं  असार, २१। असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब २६ स्थानीय तहको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका अधिकांश नगरपालिका छन् । पहाडका सबै जिल्लामा मतगणना सकिँदा झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुरका २६ ठाउँको परिणाम अाउन बाँकी छ । तीमध्ये धरान उपमहानगरपालिका र ...

बुटवलमा एमालेको शानदार जित निश्चित

असार २१ २०७४   .

बुटवल, असार २१ ।दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासो  र चर्चा मा रहेका बुटवल उपमहानगरपालिका बुटवलमा एमालेको शानदार जित  निश्चित भएको छ ।  एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा एमालेका उम्मेदवार गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अघि पुगिसकेका छन्। १९ वटा वडा रहेको बुटवलका १८ वटा ...

स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा सांसदहरुको जोड

असार २१ २०७४   रासस

काठमाडौँ असार २१ -सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताउनुभयो । संविधानले तोकेको अवधिभित्र सबै...

३०४ स्थानीय तहको परिणाम सार्वजनिक(सूचीसहित)

असार २१ २०७४   .

काठमाडौं ,असार २१  । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थानको मतगणना सकिएको छ । अब ३० स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म १३३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १९ स्थानमा अग्रता राख्दै एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । दोस्रो दल बनेको नेप...

कपिलवस्तुका १० स्थानीय तहको मत गणना सकियो

असार २१ २०७४   रासस

कपिलवस्तु असार २१-स्थानीय तह दोस्रो चरण निर्वाचन अन्र्तगत प्रदेश न. ५ मा पर्ने कपिलवस्तुको मतगणना सकिएको छ । ६ नगरपालिका, ४ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको कपिलवस्तुको सबै तहको मत परिणाम आइसकेको छ । जसमध्ये २ स्थानीय तह नेकपा एमालेले जितेको छ । ५ स्थानीय तह नेपाली कांग्रेसले जितेको छ ।यस्तै संघिय समाजवादी फोरमले १ स्थान र स्वतन्त्रले २ स...

२ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक

असार २१ २०७४   .

स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेको छ । सार्वजनिक नतिजाअनुसार एमालेले एक उपमहानगरसहित हालसम्म १ सय २७ स्थानीय तहमा जित हासिल गरेको छ ।  नेपाली काँग्रेसले एमालेलाई प...

निर्वाचन मिति घोषणा गर्न सरकारलाई आयोगको पत्र

असार २१ २०७४   .

काठमाडौं– निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारको रूपमा रहेको कानून तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्...

२९० स्थानीय तहको चुनावी परिणाम सार्वजनिक, (सूचीसहित)

असार २१ २०७४   .

काठमाडौं  असार,२०। दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये  २ सय ९० तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । एमालेले प्रदेश नम्बर १ मा ५७, प्रदेश ५ मा ३६ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २७ स्थान सुरक्षित गरिसकेको छ । यस्तै, कांग्रेस १०८ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर...

मतगणना अपडेट : महानगर र उपमहानगरमा कसको मत कति ?

असार २० २०७४   .

काठमाडौं असार २०,– २ उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको छ  विराटनगर महानगरपालिकासहित ५ वटा उपमहानगरको मतगणना जारी छ ।   यी स्थनामा मतगणना जारी रहँदा नेकपा एमालेले इटहरी, धरान, तुलसीपुर र बुटवल उपमहानगरमा आफ्नो अग्रता अग्रता कायमै राखेको छ । त्यस्तै विराटनगर महानगरमा नेपाली कांग्रेस र  धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच क...

नयाँ प्रस्ताव ल्याए एमालेले पारित गर्र्ने

असार २० २०७४   .

काठमाडौं असार २०– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्तावफिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने बताएका छन् ।मंगलबार काठमाडौमा भएको साक्षत्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै...

गुल्मीका वडामा पनि एमालेको पल्लाभारी

असार २० २०७४   .

गुल्मी ।स्थानीय निर्वाचनमा गुल्मीका वडामा पनि एमाले वलियो भएको छ । जिल्लामा रहेका ९३ वडामा एमालेले ६० वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएको छ । कांग्रेस २९ वडामा मात्र प्यानलै बिजयी छ ।  माओवादी केन्द्र  ४ वडा र जनमोर्चा १ वडामा अध्यक्षसहित प्यानलै बिजयी भएको छ । जिल्लामा रहेका १२ स्थानीय तह मध्ये २ नगर रेसुङ्गा नगरपालिकामा ८ वडामा कांग्रेस ६ व...

रुपन्देहीको तिलोत्तमा एमालेको पोल्टामा

असार २० २०७४   .

 वुटवल । रुपन्देहीको तिलोत्तमामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नगरपालिकाको मेयरमा एमालेका बासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्नुभएको छ । निकटतम नेपाली काँग्रेसका रामकृष्ण खाँडको भागमा १६ हजार २ सय ६४ मत परेको छ । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको भागमा १९ हजार २ सय २४ मत परेको छ भने निकटतम राष्ट्रिय जनमुक्तिकी गीता सारुको भागमा १६ ...

एमालेले देशैभरी यसकारण जित्यो

असार २० २०७४   कृष्ण गिरी

काठमाडौं असार १९,–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ  । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको  छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो  र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवा...

रुपन्देहीको सैनामैनामा एमालेको वहुमत

असार २० २०७४   .

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चित्रबहादुर कार्की विजयी हुनु भएको छ । उहाँले १३ हजार ३६ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माको भागमा १० हजार ३ सय ५ मत पर्यो । उपमेयरमा एमालेकै बिना रानाले १२ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीको भागमा ९ हजार ७...

दाङको घोराहीमा मेयर–उपमेयर दुवै एमालेकै

असार १९ २०७४   .

 घोराही ,असार १९  । एमालेले उपमहानगरमा विजयी सुरुवात गरेको छ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर जित्दै एमालेले उपमहानगरमा विजयी सुरूवात गरेको हो । मेयरमा एमाले उम्मेदवार नरूलाल चौधरी साढे चार हजार मतअन्तरले विजयी भएका हुन् । काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी पराजित भएका छन् । काँग्रेसको पकड क्षेत्र भनिएको घोराहीमा निकै मतअन्तरले ए...

२४२ स्थानीय तहको परिणाम, (सूचीसहित)

असार १९ २०७४   .

काठमाडौं असार,१९  । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार मध्याह्नसम्म २ सय ४० तहको आधिकारिक परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायम राखेको छ । एमालेले प्रदेश नम्बर १ मा ४८, प्रदेश ५ मा २६ र प्रदेश ७ मा २९ स्थानीय तह जितेर १ सय ३ स्थान सुरक्षित गरिसकेको छ । कांग्रेसले ९४ स्थानीय तह जितेको छ । कांग्रे...

बुटवलका १० वडामा एमालेको विजयी, मेयरमा टक्कर

असार १९ २०७४   .

बुटवल  असार १९ । बुटवल उपमहानगरपालिकाको १० वटा वडाको मतगणना सकियो । गणना सकिएका सबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुटवलमा ६६ हजार ६ सय ६३ मतदातामध्ये ४९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए । मेयरमा कांग्रेसका खेलराज पाण्डेयले ११ हजार ७१ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले १२ हजार २८३ मत ल्याएका छन् । उपमेय...

रुपन्देहीको पाँच गाउँपालिकाको नतिजा सार्वजनिक

असार १९ २०७४   .

रुपन्देही असार,१९ ।१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा  पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।  प्राप्त नतिजा अनुसार रुपन्देहीमा दुई गाउँपालिकामा एमाले। दुईमा संघीय समाजवादी र नयाँ शक्ति तथा एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २४...

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

असार १९ २०७४   .

काठमाडौं असार,१८ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ । निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ...

विराटनगर महानगरमा १५ देखि २० प्रतिशत मत वदर, मतपत्रमा औंठाछाप

असार १८ २०७४   रासस

विराटनगर असार १८ । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन् ।   यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा माओवादी केन्द्रकी नमीता न्यौपा...

गुल्मी पुगेर ओलीले भने, ‘काँग्रेस पूरानो पार्टी पछिपछि आउँदैछ, माओवादीले उधुमै जित्यो’

असार १८ २०७४   प्रेम सुनार

गुल्मी असार १८– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् । शनिवार  गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा  भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताए...

पाल्पामा एमालेको वर्चश्व

असार १८ २०७४   .

पाल्पा असार १८ । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका हुन् । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत ...

माघ ७ भित्र सवै निर्वाचन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा

असार १८ २०७४   .

काठमाडौं असार १८ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ आंंै वार्षिक दिवस स...

महानगरपालिका र उपमहानगरपालिकाहरुको अपडेट

असार १८ २०७४   .

काठमाडौं असार १८– स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । दोस्रो चरणमा विराटनगर महानगरपालिकासहित ८ उपमहानगरपालिकाको निर्वाचन भएको थियो । आठ मध्ये ७ उपमहानगरमा एमाले र काँग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ भने एक उपमहानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ । यस्तो छ पछिल...

१०८ को गणना सकिंदा एमाले ५०, कांग्रेस ३६, माओवादी १८ स्थानीय तहमा जिते

असार १८ २०७४   .

एमालेले जितेका ५० स्थानीय तहः १ मैवाखोला गाउँपालिका, ताप्लेजुङ २ मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३ हिलिहाङ गाउँपालिका, पाँचथर ४ कुम्मायक गाउँपालिका, पाँचथर ५ सन्दकपुर गाउँपालिका, इलाम ६ चुलाचुली गाउँपालिका, इलाम ७ मादी नगरपालिका, संखुवासभा ८ सभापोखरी गाउँपालिका, संखुवासभा ९ मेन्छेयाम गाउँपालिका, तेह्रथुम १० छथर गाउँपालिका, तेह्रथुम ...

तम्घासमा जितको खुसी साट्दै ओलीः अरुलाई बढार्ने कुचो एमालेका हातमा छ

असार १८ २०७४   .

तम्घास, असार १७ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् । एमाले विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी सहितको सर्वदलीय गठबन्धनलाई पराजित गर्दै पार्टीले जितेको गुल्मीको रेसुङ्गाको जियसभालाई शनिवार सम्बोधन गर्दै ओलीले अरु पार्टी बढार्ने कुचो एमालेको हातमा रहेको वताए । गुल्मी सदरमुकाम तम्घा...

एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै

असार १७ २०७४   .

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ३१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानीय तहमा प्रमुख पदमा जीत हास...

विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

असार १७ २०७४   .

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ...

एमाले, काँग्रेस र माअ‍ोवादीले अहिलेसम्म जितेका स्थान

असार १७ २०७४   .

असार १७, –दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी । एमाले अगाडि छ भने दोस्रोमा काँग्रेस छ । तेस्रोमा माओवादी छ । केही ठाँउमा साना दलले पनि चुनाव जितेका छन् । विहान १० बजेसम्मको नतिजा यस्तो छ ।   अहिलेसम्म काँग्रेसले जितेका २८ स्थान   १–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका २–नरेन्दैसिंह धामी, दाुर्चला, मालिकार्जुन गाउँ...

१५ तहमा एमालेका उम्मेदवार विजयी, ८८ तहमा अग्रता

असार १६ २०७४   .

काठमाडौं । दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित १४ स्थानमा जित हासिल गरेको छ । १ सय ११ नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिकासहित अन्य १४ गाउँपालिकामा एमालेका उम्मेदवार वहुमतसहित विजय हुनु भएको छ । प्रदेश नम्वर सातमा सवैभन्दा बढी १० तहमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ । पाँच नम्वर प्रदेशमा ए...

१८ स्थानीय तहको परिणाम

असार १६ २०७४   .

काठमाडौं असार १६ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्रनसम्म १८ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ । एमालेले एक नगरपालिकासहित ९ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले २ स्थानीय तहमा जित हासिल गरेको छ । अग्रताको हिसाबले एमाले र...

निर्वाचन आयोगको कडा निर्देशन : मतगणना जारी राख्नूस्

असार १६ २०७४   .

काठमाडौं असार १६  । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभए पनि मतगण्ना जारी राख्न निर्देशन दिएको छ । शुक्रबार आयोगले जारी गरेको विज्ञप्तीमा कुनैपनि प्रतिनिधि वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना...

एमालेले नगरपालिकातर्फ पहिलो खाता खोल्यो, गाउँपालिका ७ मा विजयी

असार १६ २०७४   .

काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत १ सय ११ नगरपालिकामध्ये १ नगरपालिकामा जितेर एमालेले नगरपालिकामा खाता खोलेको छ । अहिलेसम्म बिभिन्न तहकोे ११ स्थानीय स्थानमा नतिजा आएकोमा एमालेले ६ वटामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा मात्र जितेको छ । एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित ...

बुटवल,तुलसीपुर र घोराहीमा एमाले अग्रता, नेपालगञ्जको वडा नम्वर एकमा एमाले विजयी

असार १६ २०७४   .

काठमाडौं । बुटवल उपनगरपालिकामा एमाले अगाडि वढेको छ । ४ हजार ७ सय मत गणना गर्दा एमालेका शिवराज सुवेदीले २०१७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेका भागमा १६१० मत मात्र छ । यहाँ कांग्रेस र माओवादी गठबन्धन उम्मेद्वारलाई एमालेका सुवेदीले झण्डै ६ सय मतले पछाडि पर्नुभएको छ । उपमेयरमा पनि एमाले उम्मेद्वार अगाडि पुग्नुभ...

७ स्थानीय तहको नतिजा आउँदा कांग्रेस पहिलो स्थानमा, पछ्याउँदै एमाले

असार १६ २०७४   .

काठमाडौं– बुधबार सम्पन्न  दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ ।  शुक्रबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा रहेको छ ।   ७ स्थानको नतिजा आउँदा  कांग्रेसले तीन स्थानीय तह जितेको छ ।  यस्तै नेकपा एमालेले २ स्थानीय तह जित्दा नेकपा माओवादी केन्द्रले भने एक स्थानीय तह जितेको छ । दोस्रो चरणक...

‘चुनाव सौहार्दपूर्ण रह्यो, परिणाम पहिलेको भन्दा राम्रो आउँछ’:पोखरेल

असार १५ २०७४   रासस

 पोखरा । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशो...

२२६ स्थानीय तहको मात्रै मतगणना जारी

असार १५ २०७४   .

काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार सम्पन्न  ३३४ स्थानीय तहको चुनावमध्ये १०८ स्थानमा अझैं मतगणना सुरु हुन सकेको छैन ।    निर्वाचन आयोगका अनुसार अहिलेसम्म  २२६ स्थानीय तहको मात्रै मतगणना जारी भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०,...

बुटवल उपमहानगरः आफ्ना पकेट क्षेत्र भएकाले जित आफ्नो पक्षमा

असार १५ २०७४   .

बुटवल । प्रदेश नम्वर ५ का १२ जिल्लाका १०९ स्थानीय तह अन्तर्गत ४ उपमहानगरपालिका , ३२ नगरपालिका र ७३ गाउँपालिकामध्ये बढि चर्चामा बुटवल उपमहानगरपालिका रहेको छ । यसमा एमाले र कांग्रेसबीच कडा प्रतिश्पर्धा हुने भएकाले यो उपमहानगरपालिकाको नतिजाप्रति धेरैको चासो बढेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डेयको पक्षमा  ६०३ मत परेको छ। यसैगरी एमालेका शि...

धान दिवस : जान्नुहोस्, नेपालमा धान उत्पादन सम्बन्धी नालीवेली

असार १५ २०७४   रासस

काठमाडौँ असार १५, - मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ...

विहान ९ वजे सम्मको परिणम एमालेको चार स्थानमा विजयी

असार १५ २०७४   .

काठमाडौं।दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गढानामा आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ । वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोक...

५ नं प्रदेशको तराई क्षेत्रमा राजपा र मौसमले समेत दियो मतदातालाई साथ

असार १४ २०७४   .

रुपन्देही, असार १४ । ५ नं प्रदेशमा पर्ने तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु र  नवलपरासीमा चुनाव शान्तिपूर्ण रुपमा चलिरहेको छ । चुनाव बहिस्कार गरेको राजपाले केही अवरोध गर्नसक्ने आशंका गरिएको यी तीनजिल्लाका सबै मतदानकेन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सम्बन्धित जिल्लाका जिल्ला निर्वाचन अधिकारीहरुले जनाएका छन् । त्यहाँ राजपा लगायतका चु...

झरी छिचोल्दै दोस्रो चरणको स्थानीय निर्वाचनः मतदान सुरु

असार १४ २०७४   .

बुटवल असार १४ । असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै  दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं १, ५ र ७ मा मतदान सुरु भएको छ । अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका छन् । निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन गर्न सकिने जनाएको छ । ५ बजेभित्र मतदान...

प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा

असार १४ २०७४   .

 बुटवल असार १४। दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत बुधबार मतदान हुँदै गरेको प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ । १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम अझ बढिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखा पनि चुनावलाई मध्यनजर गर्दै बिहानैदेखि खटिए...
To Top