विशेष

आज पाँचबजेभित्र मन्त्रिपरिषद् विस्तार हुने तयारी

साउन १० २०७४   .

काठमाडौं साउन, १०– आफु प्रधानमन्त्री भएको झण्डै डेढमहिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री निर्वाचित भएको डेढ महिना भईसक्दा वित्न लाग्दा समेत मन्त्रिमण्डललाई पुर्णता दिन नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले सहयात्री दलहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । सकभर रा...

गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

साउन १० २०७४   रासस

नुवाकोट । जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन् । गोसाइँकुण्ड पुग्न पर्यटकीय म...

महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध:गृहमन्त्री शर्मा

साउन ९ २०७४   .

काठमाडौं साउन ९– गृहमन्त्री जनार्दन शर्माले महिला हत्या, हिंसामा संलग्नहरुलाई कडा कार्वाही हुने चेतावनी दिएका छन् । गृहमन्त्री शर्माले महिला हत्या, हिंसा हुन नदिन सरकार प्रतिवद्ध रहेकोे पनि स्पष्ट पारेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री शर्माले महिला हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको पन...

व्यवस्थापिका संसद बैठकमा राजपाको चेतावनी

साउन ९ २०७४   .

काठमाडौँ साउन, ९– राष्ट्रिय जनता पार्टीले आफुहरुसंगको सहमति कार्यान्वयनलाई हल्का ढंगमा नलिन सरकार र राजनीतिक दललाई चेतावनी दिएको छ । सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संसोधन लगायत आफुहरुसंग विगतमा भएका सहमति कार्यान्वनमा सरकार र राजनीतिक दलहरु गम्भीर नबनेको भन्दै राजपाले हल्का ढंगले लिएमा भविष्यमा त्यसले गम्भीर परिणाम न...

सुरक्षा संबेदनशीलताप्रति गम्भीर बन्न प्रशासनलाई आग्रह

साउन ९ २०७४   .

दाङ, साउन ९ - मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जिल्लामा सुरक्षा संवेदनशीलताप्रति चिन्ता व्यक्त गरेको छ । समाज दाङ शाखाको आईतबार बसेको शान्ति सुरक्षाको संवेदनशीलताप्रति राज्य गम्भीर बन्न आग्रह गरिएको छ । श्रृखलाबद्ध हत्या,रहस्यमय मृत्यु, अपहरण, फिरौती, सामुहिक बलत्कारका घटना हुनु मानव अधिकारको ठाडो उल्लंघन भएको भन्दै तत्काल शान्ति सुरक्ष...

काँग्रेस केन्द्रीय समिति बैठक लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छः डा महत

साउन ९ २०७४   रासस

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा।प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । उनले भने, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर द...

नेपालमा अहिलेसम्मकै ठूलो साइबर आतंक : ५८ वटा सरकारी वेभसाइट ह्याकरको निशानामा !

साउन ९ २०७४   .

काठमाडौँ साउन ९, – नेपालमा अहिलेसम्म कै ठूलो साइबर हमला गरेको ह्याकरहरुले दाबी गरेका छन् । आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । यसरी ह्याक भएका वेभसाइटमा रक्षामन्त्रालयदेखि कानुन आयोगसम्मका वेभसाइटहरु रहेका छन् । ह्याकरहरुले सूचीनै जारी गर्दै नेपालक...

मन्त्रिपरिषद् विस्तार सोमवार : प्रचण्ड

साउन ८ २०७४   रासस

काठमाडौं साउन ८ -सत्तारुढ दल माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने बताए । प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईप्रति आज विहा...

प्रेम गर्दा युवती कुटपिट प्रकरणः आरोपी ६ जनामाथि ६ दिनको म्याद

साउन ८ २०७४   .

भैरहवा साउन ८– प्रेम गरेको भन्दै रुपन्देहीको मर्चवारमा आफ्नै छोरीलाई निर्घात कुटपिट गर्ने बाबु सहित ६ जनालाई रुपन्देही जिल्ला अदालतले थप अनुसन्धानको लागी ६ दिनको म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेल बहादुर पाण्डेले उनिहरुलाई थप अनुसन्धानको लागी अदालतले ६ दिनको म्याद थप गरेको जानकारी दिए । सम्म...

अख्तियारको काम कारबाही पूर्वाग्रही भएको सांसदहरुको दावी

साउन ८ २०७४   .

काठमाडौं साउन ८–सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कार्वाहीप्रति असन्तुुष्टि जनाएका छन् । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरा ल्याउन नसकेको आरोप पनि लगाएका छन् । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठ...

निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप:चित्रबहादुर केसी

साउन ८ २०७४   .

बुटवल  साउन,८  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भएको बताएका छन् । साथै उनले निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप लगाए । प्रगतिशील पत्रकार संघ रुपन्देहीको बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले थ्रेसहोल्डको विरोध गरे । सरकारले ल्याएको निर्...

गृहमन्त्री शर्माले भने– तपाइहरु सूचना मात्रै दिनुस्, भ्रष्टाचार रोक्ने शुत्र मसँग छ

साउन ७ २०७४   .

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले आफु निरन्तर भ्रष्टाचार निवारणको अभियानमा लागिरहने बताएका छन् । पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्ड कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले भने, ‘मेरो पहल भ्रष्टाचार न्युनिकरण हो । तपाइहरु सूचना मात्रै दिनुस् । भ्रष्टाचार रोक्ने शुत्र मसँग छ ।’ शान्ति सुरक्षाको हकमा समेत आफुले कुनै कमि हुन नदिने गृहमन्त्री ...

मधेसमा समानता नभए विद्रोह हुन्छः मातृका यादव

साउन ७ २०७४   .

काठमाडौं, साउन ७–माओवादी केन्द्रका कार्यालय सदस्य मातृका यादवले मधेसीले सामानता नपाए विखण्डनको चेतावनी दिएका छन् । मधेसी जनताले देशमा समान सहभागिता चाहेका छन् यदि त्यो भएन भने मधेसी जनताले विद्रोह गर्ने चेतावनी दिँदै शनिबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘समानता हुन्छ भने साथ रहन्छौ समानता रहेन भने बिद्रोह गर्छौ । उनले अ...

७ सय ४४ स्थानीय तहका साविकमा सञ्चालित बजेट विनियोयन तथा तर्जुमा गर्नुपर्ने कार्यक्रमहरु

साउन ७ २०७४   .

काठमाडौं साउन ७–संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा बजेट विनियोजन गर्ने कार्यक्रमको नमुना सुचि सार्वजनिक गरेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेका साविकका कार्यक्रमहरु सार्वजनिक गर्दै सोही ढाँचा बमोजिम बजेट बिनियोजन गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विभिन्न मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयगत कार्...

काँग्रेस बैठक सानेपामा शुरु, मन्त्रिपरिषद्को विस्तारका विषयमा छलफल हुने

साउन ७ २०७४   रासस

काठमाडौँ ,साउन ७-नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्नेमा केन्द्रित रहेर छलफल भइरहेको छ । बैठकको प्रारम्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले...

ओली आज मानसरोवर जाँदै

साउन ७ २०७४   .

काठमाडौं साउन ७-एमाले अध्यक्ष केपी ओली मानसरोवर जाने भएका छन् । विश्वभरका हिन्दु तथा बौद्ध धर्मालम्बीको तीर्थस्थल मानसरोवर भ्रमणका लागि ओली सपरिवार आज जान थालेका छन् । उनी साढे ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् । ओलीसँगै पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक पनि भ्रमणमा जानेछन् । ओली शनिवार ल्हासा पुग्नेछन्, जहाँ चिनियाँ ...

प्रेम प्रसंगमा कुटपिटकाण्डः कुटाई खाएकी युवतीले दिइन् बयान, रुपन्देही प्रहरीले लियो एक्सन

साउन ६ २०७४   .

भैरहवा,  । असार १९ गते आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कार्यवाही नगर्न अनुरोध गरेकी छिन । निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउपालिका वडा नम्बर ६ डिहुलीकी १८ बर्षिय मिना यादवले आफुलाई कर्ता चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन । मिनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै ज...

नेपाल–भारत सीमा क्षेत्रमा निरन्तर संयुक्त सुरक्षा गस्ती

साउन ६ २०७४   रासस

नवलपरासी। दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो । सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट...

प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ : प्रम देउवा

साउन ६ २०७४   .

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन् ।   बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले निर्धारण गरेको...

अपाङ्ग दलित कुटपिटका आरोपी वडाध्यक्ष १३ हजार तिरेर रिहा

साउन ६ २०७४   प्रेम सुनार

गुल्मी साउन, ६– गाउँ कार्यपालिकाको पहिलो बैठक नबस्नु अघि नै एक जना अपाङ दलितलाई कुटपिट गरेको अभियोग लागेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका वडाध्यक्ष १३ हजार ७  सय १० जरिवाना तिरेर रिहा भएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १  गते दिउँसो  स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा ...

अनेरास्ववियुको विस्तारित बैठक चितवनमा हुने

साउन ६ २०७४   रासस

काठमाडौँ साउन ६। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठक यही साउन २२ देखि २६ गतेसम्म चितवनमा बस्ने भएको छ । करिब छ महिनाअगाडि बस्नुपर्ने सो बैठक लामो समयसम्म प्राविधिक कारणले बस्न नसकेकाले अहिले बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । पार्टीका अध्यक्ष केपी शर...

वर्तमान सरकारको विकासको कुरा बुझ्दैन:केपी ओली

साउन ५ २०७४   .

काठमाडौं साउन ५–एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले  विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गरेका छन् । बिहिबार राजधानीमा जिफन्टको सातौं राष्टिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन समारोहमा बोल्दै उनले   सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे । ‘य...

तेस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक

साउन ५ २०७४   .

काठमाडौं साउन, ५ – निर्वाचन आयोगले तेस्रो चरणमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले कार्यतालिकासहितको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । प्रदेश नं. २ का ८ (आठ) जिल्लाका १२७ (एक सय सत्ताइस) स्थानीय तह (गाउँपालिका÷नगरपालिका) को निर्वाचन सम्पन...

स्थानीय तहका ६१६ उपप्रमुख मध्ये एमाले ३१२, कांग्रेस १८६ र माओवादी ८७

साउन ५ २०७४   .

काठमाडौं, ५ साउन– प्रदेश १,३,४,५,६ र ७ को स्थानीय तह निर्वाचनको अन्तिम परिणाम घोषित भैसकेको छ ।  छ वटा प्रदेशका ६१७ नगर र गाउँपालिकामा निर्वाचन सम्पन्न भएकोमा भरतपुर महानगरमा नेकपा एमालेका  मेयर उम्मेदवार देवी ज्ञवालीले बिजयी अग्रता कायम गरेको बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेकाले त्यहाँको परिणाम सार्वजनिक हुन बाँकी छ ।   सम्पन...

गुल्मीमा फेरि अर्का दलित कुटिए, त्यो पनि वडाध्यक्षबाटै

साउन ५ २०७४   प्रेम सुनार

गुल्मी साउन ५।  केहि दिन अघि गुल्मीमा एक जना दलित होटलमा खान खाएको भाँडा नमाझेको भन्दै निर्घात कुटिएकोघटना सेलाउँन नपाउँदै गुल्मीमै फेरी अर्का दलित, त्यो पनि नवनिर्वाचित वडाध्यक्षबाटै, कुटिएका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्वर–५ ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गरेका हुन् । साउने सक्...

निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने

साउन ४ २०७४   रासस

काठमाडौँ साउन ४-सरकारले संविधानबमोजिम संघीय संसद् र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि ‘निर्वाचन क्षेत्र निर्धारण आयोग’ गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सरकारले प्रतिवेदन तयार गर्ने गरी छोटो समय दिएर आयोग गठन गर्ने तयारी थालेको हो । उपप्रधा...

तीन दिनभित्र राजपाका माग सम्बोधन गर्ने सरकारको बचन

साउन ४ २०७४   .

 काठमाडौं साउन, ४– सरकारले राजपाका केही माग तिन दिनभित्र सम्बोधन गर्ने बचन दिएको छ । बुधबार राजपाका शीर्ष नेताहरुसँग बालुवाटारमा  भएको छलफलमा सत्तारुढ दल र सरकारकारका तर्फबाट यस्तो प्रस्ताव गरिए पनि राजपाले भने सरकारी भनाईमा विस्वसनियता नरहेको जवाफ दिएको छ । बैठकपछि राजपाका नेता महन्त ठाकुरले सत्तारुढ दल र सरकारले गर्नुपर्ने काम नगरेकाले आफुह...

न्यूनतम आधार नै नभएका ठाउँमा जनप्रतिनिधिका ठूलै कुरा, स्मार्ट सिटी कसरी बनाउने छलफल गर्दै नगरप्रमुखहरु

साउन ४ २०७४   रासस

धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख उपप्रमुख काभ्रेपलाञ्चोक जि...

'फलिफाप हुनुछ भने एमालेसँग मिल्नुस, सर्वनास हुनुछ भने अन्तै जानुस्': ओलीको प्रस्ताव

साउन ३ २०७४   .

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर मुलुकलाई बामपन्थीमय बनाउन नेकपा माओवादी केन्द्रका नेताहरुलाई प्रस्ताव राखेका छन् । नेपाली जनता बामपन्थी पक्षधर रहेपनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाएर मुलुकलाई अघि बढ्न नदिने काम गरिरहेको भन्दै ओलीले एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनु पर्ने प्रस्ताव राखेका हुन् । ...

गुल्मी अस्पतालको व्याथाः ५० शैया घोषणा मात्रै , विरामीलाई भुईमा सुताएर उपचार

साउन ३ २०७४   .

गुल्मी, साउन–३ । गुल्मीको जिल्ला अस्पताललाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तिन वर्ष भयो तर त्यो अहिले सम्म  घोषणा मै सिमित रहेको छ ।  ३ वर्ष अघि देशका २२ वटा अस्पताल मध्ये गुल्मीको जिल्ला अस्पताल तम्घासलाई पनि १५ शैयाबाट  सरकारले ५० शैया घोषणा गरेको थियो ।          सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नगरे पछि विरामीको ब...

कपिलवस्तुमा १ अर्ब ८ करोड बढि बजेट फ्रिज

साउन ३ २०७४   .

कपिलवस्तु साउन ३– कपिलवस्तुमा आर्थिक बर्ष २०७३/०७४ मा १ अर्व ८ करोड बढि रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न कार्यालयहरुले खर्च नै गर्न नसकेपछि एक अर्व भन्दा बढी रकम फ्रिज भएको हो । जिल्लामा गत आर्थिक बर्ष २०७३/०७४ मा चालु खर्च तर्फको ८५ करोड ९५ लाख ९५ हजार ४ सय ३ तथा पुंजीगत ...

मन्त्री र मन्त्रालयको भागबण्डा मिलाउन बालुवाटरमा बैठक

साउन ३ २०७४   .

काठमाडौं साउन ३– सत्तारुढ दलले मन्त्रालयको भाडबन्डा र मिलाउन बनाएको कार्यदलले आज मन्त्रालयको संख्या र मन्त्रीहरुको नाम टुङगो लगाउने भएको छ । कांग्रेसकातर्फबाट नेता बिमलेन्द्र निधी, रमेश लेखक तथा माओवादी केन्द्रका उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका कृष्णबहादुर महरा र नेता वर्षमान पुन अनन्त सहभागि कार्यदलले मंगलबार मन्त्रालयको संख्या र मन्त्...

एमालेले निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण दिने

साउन ३ २०७४   .

काठमाडौं साउन ३– नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीलाई प्रदेशस्तरीय अभिमुखिकरण तालिम दिने भएको छ । मंगलबार महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले यसअघिको स्थयी समिति बैठकको निर्णयअनुसार पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेशस्तरीय दुई दिवसीय...

चुडामणिबारे सर्वोच्चमा सुनुवाई हुँदै

साउन ३ २०७४   .

काठमाडौं साउन ३– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटकोे सुनुवाई मंगलबार हुँदैछ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई मंगलबारका लागि राखेकोे हो । सोमबार न्यायाधीस चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले मुद्दाको सुनुवाई गरेका थिए । तर, ...

पाल्पामा सम्बन्ध विच्छेद बढ्दो

साउन ३ २०७४   .

पाल्पा। पाल्पा जिल्लामा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ। गएको वर्षमा जस्तै सम्बन्ध विच्छेद गर्ने दम्पतीको सङख्यामा यस वर्ष पनि वृद्धि भएको छ। आफु बाट भएका गल्तीमा आत्मालोचना गर्न नसक्दा पति —पत्नी बिच असमझदारी बढ्दै जादाँ सम्वन्ध विच्छेद बढ्दै गएको हो। गत आर्थिक वर्ष २०७३-०७४ मा १ सय २० थान सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा ९२ थान ...

हामी एकढिक्का छौं:राजपा नेता

साउन २ २०७४   .

भैरहवा  साउन,२ । राष्ट्रिय जनता पार्टी फुटको नजदिक पुगेको छ । पार्टीका साविक घटक दलहरुले अलग अलग बैठक राख्न थाले पछि राजपा फुट्न सक्ने सम्भावना देखिएको छ । साउन १ गते भैरहवामा सम्पन्न राजपाको प्रदेश नम्बर ५ स्तरिय केन्द्रिय बैठकलाई राजेन्द्र महतो समूहले पार्टीको आधिकारीक बैठक नभएको बताएका छन । साउन २ गते भैरहवामा महतो नेतृत्व साविक सदभावना पा...

महानगरको आर्थिक ऐनले यसरी रोक्दैछ काठमाडौंमा राजश्व चुहावट

साउन २ २०७४   .

काठमाडौं । नयाँ जनप्रतिनिधिहरु आएपछि काठमाडौं महानगरपालिकाको राजश्व स‌ंकलन तर्फ देखिएका सानातिना समस्याहरु समेत सुल्झाउन सक्नेगरी आर्थिक ऐनमा केही व्यवस्थाहरु परिवर्तन गरिएको छ । महानगरपालिकाको गत ३१ असारमा पारित आर्थिक ऐनमा केही यस्ता व्यवस्थाहरु गरिएका छन् जसले महानगरपालिकाको राजश्व संकलनमा देखिएका केही समस्याहरुलाई समेत सम्बोधन गर्ने विश्वास ...

छिटो र कम खर्चमा न्याय दिने गरी काम गर्नेछु – प्रधानन्यायाधीश पराजुली

साउन २ २०७४   रासस

काठमाडौँ  साउन, २ - नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्दै उहाँले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम ग...

निर्वाचन आयोगलाई एमालेको ३ बुँदे ध्यानाकर्षण

साउन २ २०७४   .

काठमाडौं, साउन २ –  नेकपा एमालेले नेपालको संविधान बमोजिम बाँकी स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोगलाई निरन्तर पहल गर्न सुझाव दिएको छ । सोमबार एमाले स्थयी समिति सदस्य तथा संदीय दलका उपनेता सुवास नेम्वाङको टोली निर्वाचन आयोगको कार्यलय पुगेर तीन बुँदे ज्ञापनपत्र बुझाउदै समयमै निर्वाचन सम्पन्न गर्नत...

डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला

साउन २ २०७४   नागरिक दैनिक

काठमाडौं साउन, २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ। जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो। निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो। निगमले सातै...

काठमाडौं महानगरपालिकाले चुनावबाट छान्यो न्यायिक समिति सदस्य, ललितपुरमा सर्वसम्मत

साउन २ २०७४   .

काठमाडौं ,साउन २ । श्रावण १ गते राष्ट्रिय सभा गृहमा सम्पन्न काठमाडौं महानगरपालिकाको न्यायिक समितिको निर्वाचनमा ववी परियार र सरोज ढकाल निर्वाचित भएका छन् । नगर सभा सदस्य १ सय ६२ जना मतदाता रहेको निर्वाचनबाट वडा नं। १६ वडा दलित सदस्य, ववी परियारले ९८ र वडा नं ३१ का वडा सदस्य सरोज ढकालले ९५ मत प्राप्त गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । उनीहरु...

आइसीसी एसिया यु–१९ विश्वकप छनोटः नेपालले सिंगापुरलाई ७३ रनमै रोक्यो

साउन २ २०७४   .

सिंगापुर,साउन, २ । आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । खेलमा नेपालले विजयका लागि जम्मा ७४ रनको लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कप्तान सन्दीप लामिछानेको आकर्षक बलिङको मद्धतले सिंगापुरलाई २९ ओभरमै अलआउट गरी ७३ रनमा रोक्न सफल भएको हो । सन्दीपले २१ खर्चेर ५, सहाब आल...

रुपन्देहीमा करिब साढे ४ अर्ब बजेट फ्रिज

साउन १ २०७४   .

भैरहवा  साउन, १ । रुपन्देहीमा गत आर्थिक वर्ष ०७३/०७४ मा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैया बजेट फ्रिज भएको छ । आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी जिल्लाबाट संकलित राजश्व तथा खर्च सार्वजनिक गरेको छ । जसमा करिब ४ अर्ब रुपैयाँ बजेट फ्रिज भएको देखिएको छ । पुँजिगत तर्फ ठूलाठूला विकासे...

अन्तर सरकारी निकायबीच समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

साउन १ २०७४   .

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आईतबार प्रधानमन्त्री कार्यालमा सचिवहरुलाई बोलाएर समसामयिक घटनाक्रममा केन्द्रीत रहेर निर्देशन दिएका छन् । विभिन्न विषयगत मन्त्रालयका सचिवहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले विकासको काममा सरोकारवाला मन्त्रालयहरुबीच समेत समन्वय नहुँदा विकासले गति लिन नसकेको र त्यसकै कारणले जनताले सधैं सास्ती पाउने गरेको ...

आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन

साउन १ २०७४   .

काठमाडौं साउन,१ । निर्वाचन आयोगले आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । तर, यसका लागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नै जानु पर्ने भएको छ । आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्...

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदन

साउन १ २०७४   .

काठमाडौं,साउन १  । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् ।  

प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस, एक नम्बरमा शैलेश थापा

साउन १ २०७४   .

काठमाडौं साउन, १ – नेपाल प्रहरीका २५ जना प्रहरी उपरिक्षक (एसपी) हरु प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् । गृह मन्त्रालय मातहतको बढुवा समितीको बैठकले  शुक्रवार २५ एसपीको बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितीले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी शैलेश थापा क्षेत्रीलाई एक नम्बरमा बढु...

राजपा पनि निर्वाचनमा सहभागि हुने विश्वास

असार ३१ २०७४   .

काठमाडौं असार ३१–नेपाली कांगेसका नेता रमेश लेखकले राजपाले तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् । राजपाले निर्वाचन चिन्ह, दल दर्ता लगायत निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढाईरहेको र सरकारले पनि संविधान संसोधनको प्रयत्न जारी राखेकाले राजपा निर्वाचनमा सहभागी हुनेमा आफु विश्वस्त रहेको नेता लेखकले बताए । शनिबार रिपोर्टसल क्ल...

अब विकासमा लागौंः ओली

असार ३१ २०७४   .

ललितपुर असार ३१– एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहले स्थानीय सरकार पाएको भन्दै उपलब्ध स्रोत र साधनको प्रयोग गरी विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।   ‘स्थानीय चुनावसँगै  राजनीतिक प्रतिस्पर्धा सकिएको छ । अब देशलाई  विकासित र समृद्ध बनाउनु पर्छ ’, शनिबार ललितपुरको  महालक्ष्मी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ सबै नगर र गाउँपा...

लुम्बिनीका मेयरले सुरु गरे घरदैलो अभियान

असार ३० २०७४   .

भैरहवा, असार,३० । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नवनिर्वाचित मेयर मनमोहन चौधरीले नागरिकको गुनासो सुन्न घरदैलो अभियान सुरु गरेका छन् । नगरवासीको घरमै पुगेर प्रत्यक्ष रुपमा गुनासो सुनेर कार्यान्वयन गर्नका लागि अभियान सुरु गरिएको मेयर चौधरीले बताए । उनी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् । नेता विजयी भए पश्चात मतदातालाई ब...
To Top