विशेष

 रोल्पामा एम्बुस विस्फोट : सुरक्षा निकायका प्रमुखलाई हाइ एलर्टमा रहन निर्देशन

कार्तिक २६ २०७४   .

    काठमाडौं,कात्तिक २६ |   माओवादी नेता वर्षमान पुन अनन्तलगायतका नेता चढेको गाडीलाई लक्षित गरी रोल्पामा एम्बुस विस्फोट गराइएको छ । अज्ञात समूहले आज बिहान १० बजरे ३५ मिनेटमा घर्तीगाउँ र ओटको बीचमा पर्ने भिटाबाङमा एम्बुस विस्फोट गराएको हो ।  चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत...

नैतिकताको आधारमा राजीनमा दिने कीर्तिनिधि विष्टको अवसान

कार्तिक २५ २०७४   .

  काठमाडौँ,कात्तिक २५ । एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए।  ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियो ।  उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नात...

५० हजार युवालाई स्वदेश फर्काउँछुः टोपबहादुर रायमाझी

कार्तिक २४ २०७४   .

 काठमाडौँ ,कात्तिक २४ ।  माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने बताएका छन् । युवाहरूलार्इ स्वदेश फर्काउनका लागि पूर्वाधार तयार गरिने नेता रायमाझीले बताए । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल...

 चिनियाँ टोलीको निष्कर्ष,काठमाडौं– पोखरा–लुम्बिनी रेल ल्याउन सकिन्छ

कार्तिक २४ २०७४   .

काठमाडौं, कात्तिक २४    चिनियाँ टोलीले स्थलगत अध्ययनपछि केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलमार्ग बनाउन प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष दिएको छ ।  केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भीक रिपोर्ट उक्त टोलीले दिएको हो । चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोली...

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनी

कार्तिक २३ २०७४   .

लुम्बिनी, कात्तिक २३ केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको  चिनियाँ टोली  लुम्बिनी पुगेको छ। परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो। चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ। चिनियाँ परराष्ट...

 (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण

कार्तिक २३ २०७४   .

काठमाडौँ,कार्तिक,२३ ।  नेकपा (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । आज चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर...

मुग्लिन-नारायणगढ सडकमा दैनिक साढे ४ घन्टा र  शनिबार ७ घन्टा बन्द

कार्तिक २३ २०७४   .

  चितवन,कार्तिक २३  नारायणगढ-मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि सवारी रोकेर भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ। सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ। उनका अनुसार बिहान ७ देखि ८:३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ ...

बाम गठबन्धन अहिलेको आवश्यकता–नेता पौडेल

कार्तिक २२ २०७४   .

बुटवल, कार्तिक २२। नेकपा एमालेका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले र माओवादी केन्द्र विचको गठबन्धन ईतिहांसको सबैभन्दा महत्वपूर्ण निर्णय सावित हुने बताएका छन् । प्रमुख दुई बामपन्थी शक्तिहरु विचको चुनावी गठबन्धन चुनाव पछि पार्टि एकतामा पुग्ने भन्दै उनले बाम शक्तिविचको एकता अहिलेको आवश्यकता रहेको बताए । रुपन्देही प्रतिनिधीसभा ...

केरुङबाट काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज 

कार्तिक २२ २०७४   .

लुम्बिनीसम्म जोड्ने रेल मार्ग बनाउन स्थलगत अध्ययन गर्दै   काठमाडौं ,कात्तिक २२ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएका छन् । रेल विभागका प्रवक्...

५ वर्ष भित्र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे जोड्ने बाम गठबन्धनको प्रतिज्ञा

कार्तिक २२ २०७४   .

सबै प्रदेशका राजधानीलाई द्रूतमार्ग मार्फत काठमाडौंसँग जोडिने काठमाडौं, कात्तिक २१  एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपञ्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ ।  ...

ओलीको प्रश्नः विचार मिल्नेहरुले तालमेल गर्दा कांग्रेसले किन पैताला बजार्नु?

कार्तिक २२ २०७४   .

  काठमाडौँ, कार्तिक २१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार मिल्नेहरुले चुनावी तालमेल गर्दा कसैले उत्तेजक टिप्पणी गरिरहन आवश्यक नभएको बताएका छन्। वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दुई दलबीच गठबन्धन हुँदा कांग्रेसले कोकोहोलो मच्चाउन आवश्यक नरहेको बताए। कार्यक्रममा नेपाली कांग्रेसप्रति कटाक्ष गर्द...

बुटवलमा डेेंगुको संक्रमण बढ्यो : एक सातामै १५४ मा संक्रमण

कार्तिक २१ २०७४   .

बुटवल केही दिनयता बुटवलमा डेेंगुको संक्रमण ह्वात्तै बढेको छ । संक्रमण बढेपछि स्वस्थ्यसँग सम्बन्धित संघसंस्थाले सचेतना अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै डेंगु फैलिन नदिन विभिन्न कार्यक्रमलाई तीव्रता दिइएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक महिनामा रुपन्देहीमा साढे तीन सयजनामा डेंगुक...

मन्त्री भेटिदैनन् सिंहदरबारमा

कार्तिक २१ २०७४   .

काठमाडौं, कात्तिक २० बीबीसी संघ र प्रदेशमा हुने चुनाव नजिकिदैं जाँदा देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान जस्तै बनेको छ। ६४ सदस्यीय मन्त्रिमण्डलका दुई तिहाइ जति सदस्य चुनावी मैदानमा होमिएका छन् र आजकाल उनीहरुको उपस्थिति मन्त्रालयमा भन्दा निर्वाचन क्षेत्रमा बाक्लिन थालेको देखिन्छ। योसँगै, काम लिएर सिंहदरबार पुग्ने सर्वसाधारण र व...

अति धनाढ्यद्वारा करमुक्त क्षेत्रको प्रयोग

कार्तिक २१ २०७४   .

बीबीसी चुहाइएका दस्तावेजले महारानी एलिजावेथको १ करोड पाउण्ड निजी रकम अफसोर कम्पनीहरुमा लगानी गरिएको देखाएको छ। ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले ब्रिटेनकी महारानी एलिजावेथको निजी सम्पत्तिसहित कैयौँ अति धनाढ्य र शक्तिशालीहरुको ठूलो रकम करछलीका लागि 'अफसोर' कम्पनीहरुमा लगानी गरिएको खुलासा गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वाणिज्य...

सिद्धबाबाको जाखिम अन्त्य गर्न पुर्वमन्त्री पाण्डे चुनावी मैदानमा

कार्तिक २१ २०७४   .

    पाल्पा,कात्तिक २० नेकपा एमालेका केन्द्रीय सदस्य तथा बामगठबन्धन पाल्पा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का साझा उम्मेदवार सोम प्रसाद पाण्डेले सिद्धबाबाको जोखिम अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको बताएका छन् । पाल्पा जिल्लाको ठुलो समस्या भनेको सिद्धबाबा सडक हो, यो सडकले धेरै जनताको ज्यान लिएको छ, यस्तो खालको जाखिम अन्त्य गर्नका लागि चुना...

अकुत सम्पत्तिमा अख्तियारले सरकारी अधिकारीमाथि छानविन 

कार्तिक २० २०७४   .

   काठमाडौं, कात्तिक २०  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा २ सय जना उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ । अवकासप्राप्त र वहालवालासहित ठूलो संख्याका उच्च अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो । सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्ग...

नेपाली मोडलको समाजवाद ल्याउँछौँः प्रचण्ड

कार्तिक २० २०७४   .

चितवन, कार्तिक २० नेकपा माओवादी केन्द्रका अअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने दावी गरेका छन्। सोमबार चितवनमा वाम गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले दुईहिाइ बहुमतको सरकार चलाउँदै ८-१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने बताए। अध्यक्ष प्रचण्डल...

भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना

कार्तिक २० २०७४   .

  भैरहवा , कात्तिक २० । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एकेएफ जहाज ल्याण्ड गर्ने  क्रममा दुर्घटना भएको छ । जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए । उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् । जहाज रनवे देखि एक मिटर छ...

महोत्तरी र सप्तरीमा  महन्थ र उपेन्द्रलाई कांग्रेसको एकतर्फी समर्थन

कार्तिक २० २०७४   .

औपचारिकरुपमा उम्मेदवारी भने फिर्ता भएन  काठमाडौं, कात्तिक । नेपाली कांग्रेसले एकतर्फीरुपमा राजपा-फोरम गठबन्धनका दुईजना शीर्षनेताहरुलाई समर्थन गर्ने घोषणा गरेको छ । आइतबार कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थनको घोषणा गरेको हो । ठाकुर महोत्तरी ३ र यादव सप्तरी २ मा उम्मेदवार बनेका छन् । कांग्रेसले...

२६४ जनाको उम्मेदवारी फिर्ता ,४ हजार ४ सय ८३ उम्मेदवार मैदानमा

कार्तिक २० २०७४   .

  काठमाडौं,कात्तिक १९  । दोस्रो चरणमा २०७४ मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरुलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको छ ।  कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर...

 पूर्व आइजिपी अर्यालमाथि अख्तियारको अनुसन्धान

कार्तिक १९ २०७४   .

  काठमाडौं,कार्तिक १९| पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ। पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ। 'महानिरीक्षक हुँदा गाडी तथा प्र...

पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिन्छः वाम गठबन्धन

कार्तिक १९ २०७४   .

हरि लामिछाने  काठमाडौँ, कार्तिक १९ दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र संयुक्त रुपमा जनतामा गएका छन्। वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, ‘पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्था...

वाम गठबन्धन होइन, नेतृत्व संकटले कांग्रेस कमजोरः प्रचण्ड

कार्तिक १९ २०७४   .

चितवन, कार्तिक १९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस वाम गठबन्धनका कारण कमजोर बनेको नभई आफ्नै आन्तरिक कारणले कमजोर बनेको बताएका छन्। चितवनकाे चनाैलीमा  आइतबार पार्टी कार्यालय उद्घाटन गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेसमा हलिे नेतृत्व संकट देखिएको बताए। उनले वाम गठबन्धनका कारण अतंकित नह...

 खतिवडाले उम्मेदवारी फिर्ता लिए, प्रदेशमा बागीलाई समर्थन

कार्तिक १९ २०७४   .

    काठमाडौं ,कात्तिक १९ । प्रतिनिधिसभा सदस्यका लागि उदयपुर २ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । अब त्यहाँ वाम गठबन्धनको तर्फबाट माओवादीका हिमाल किराती मात्र उम्मेदवार भएका छन् । उपयपुर-२ मा एमालेबाट पोलिटब्यूरो सदस्य खतिवडा र माओवादीबाट किरातीले उम्मेदवारी दिएका थिए । दुबैलाई पार्टीले नै टिक...

गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगद्वारा खारेज

कार्तिक १८ २०७४   .

  काठमाडौँ, कार्तिक १८ तनहुँ क्षेत्र नम्बर १ बाट गोविन्दराज जोशीले दिएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनीविरुद्ध कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए। शनिबार बसेको आयोगको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने भन्दै आयोगले जोशीको उम्म...

मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु

कार्तिक १८ २०७४   .

टम ज्याक्सन बीबीसी अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन्। अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आव...

बागी उम्मेदवारी फिर्ता नगरे कारवाही गर्ने एमालेको चेतावनी

कार्तिक १८ २०७४   .

  काठमाडौं, कात्तिक १८ नेकपा एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पार्टी निर्णय अस्वीकार गरे कारवाहीको चेतावनी दिएको छ । पार्टी अनुशासन आयोगका तर्फबाट आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको निर्णय र निर्देशन विपरित उम्मेदवारी कायमै राखे अन्तिम कारवाही...

चुनाव पछाडी एकता हुदैछ, अध्यक्ष ओली

कार्तिक १८ २०७४   .

गौरादह, कात्तिक १७ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक आधिकारीक उम्मेदवार विरुद्ध परेको बागी र बाम तालमेलमा देखिएको असन्तुष्टिलाई सम्वोधन गर्दै देशलाई समृद्ध बनाउने अठोट लिएर नै आफुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसग एकताको कुरा गरेको बताउनु भएको छ । झापा क्षेत्र नम्वर ५ अन्तर्गत गौरादह नगरपालिकामा आयोजित सयुक्त कार्...

समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक, ६ हजार ९४ जनाको उम्मेदवारी

कार्तिक १८ २०७४   .

काठमाडौं, कात्तिक १७ निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ । आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतकोे कार्यालयका अनुसार समानुपा...

यी हुन्, एमालेका समानुपातिक उम्मेदवार (सबैको नामसहित)

कार्तिक १७ २०७४   .

काठमाडौँ,कार्तिक १७ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ।  आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएको थियो। सूचीमा कात्तिक १३ गतेसम्म संशोधन समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३...

एमालेका कुन उम्मेदवारले कहा मनोनयन दर्ता गरे

कार्तिक १७ २०७४   .

  काठमाडौं, कात्तिक १६ दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने नेकपा (एमाले) का उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एमाले चुनावी तालमेल गरेको एमालेले बुधबारको स्थायी कमिटीको बैठकको निर्णयका आधारमा उक्त मनोनयन गराएको हो । प्रदेश नं १  इलाम १ झलनाथ खनाल क खिनु ...

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

कार्तिक १७ २०७४   .

  काठमाडौं ,कात्तिक १७ । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफ...

दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीमा उत्साहपूर्ण रुपमा मनोनय दर्ता

कार्तिक १७ २०७४   .

  बुटवल,कार्तिक १७ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । ४५ जिल्लाका १ सय २८ वटा निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन शुरु भएको थियो । प्रदेश नं. ५ का जिल्लाहरुमा पनि बिहान १० बजेदेखि शुरु गरिएको मनोनयन दर्ता कार्यक्रम सांझ ५ बजेसम्म जारी रहेको...

निर्वाचन सुरक्षासम्बन्धी प्रधानसेनापतिको यस्तो विशेष निर्देशन

कार्तिक १७ २०७४   .

  काठमाडौं, कार्तिक १७ प्रधानसेनापति राजेन्द्र क्षत्रीले आगामी शान्तिपूर्ण ढङ्गबाट सम्पन्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरेका छन्। यसअघि सम्पन्न स्थानीय निर्वाचनलाई सम्पन्न गर्ने क्रममा जङ्गी अड्डाबाट दिईएका निर्देशनहरुको साथै हालै जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व तयारी सहित आफ...

दोस्रो चरण - करिब ५ हजार उम्मेदवार  

कार्तिक १७ २०७४   .

काठमाडौं,कार्तिक १७ दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ताको दिन बिहीबार झन्डै पाँच हजारको उम्मेदवारी परेको हो ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ता उत्साजनक र शान्तिपूर्ण ढंग...

रुपन्देहीमा २५० जनाभन्दा बढीेको उम्मेदवारी

कार्तिक १७ २०७४   .

  बुटवल,कार्तिक १७ आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ।   पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५० जनाभन्दा बढीेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  क्षेत्र नं १ मा व...

 कसैलाई हराउन होइन देश जिताउन हाम्रो उम्मेदवारी, ओली

कार्तिक १६ २०७४   .

चन्द्रगढी, कात्तिक १६– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको उद्धेश्य कसैलाई चुनाव हराउनु नभई देशको सार्वभौमसत्तालाई जिताउनु रहेको वताउनु भएको छ । झापा–५बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि चन्द्रगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले देशको सार्वभौमिकतालाई जिताउन आग्रह गर्नुभयो ।  ‘हामी कसैलाई हराउन होइन, देशको सार्वभौमसत्ताला...

काठमाडौंको कमलादीमा गोलीकाण्ड मच्चाउने भारतीय सार्पसुटर सार्वजनिक  

कार्तिक १६ २०७४   .

  काठमाडौं,कार्तिक १६  राजधानीको कमलादीमा बुधबार साँझ गोलीकाण्ड मच्चाउने दुई भारतीय सार्पसुटर प्रहरीले सार्वजनिक गरेको छ। गोली चलाएर भाग्दै गरेको अवस्थमामा पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए। कमलादीको हेरिटेज प्लाजामा होटलको बिलका साथै एक युवतीसँग विवाद भएपछि उनीहरुले गोली चलाएको प्रहरीले जनाएको छ...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

कार्तिक १६ २०७४   .

  काठमाडौं, कात्तिक १६ पेट्रोलियम पदार्थको मूल्य बढाउने आयल निगमको निर्णय फिर्ता भएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पाकाउने ग्यासमा मूल्य बढाएको निगमले आजदेखि पुरानै मूल्य कायम राख्ने निर्णय गरेको छ। निर्वाचनको मुखमा पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछ...

 माओवादीका ५९ प्रतिनिधि सभा र ९३ प्रदेश सभाका उम्मेदवार

कार्तिक १६ २०७४   .

काठमाडौं, कार्तिक  एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ। एमालेसँग सिट बाँडफाँटमा ३९ प्रतिशत पाएको माओवादीले प्रतिनिधिसभाका लागि ५९ र प्रदेश सभाका लागि ९३ उम्मेदवार टुंगो लगाएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३...

नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)

कार्तिक १६ २०७४   .

 कात्तिक   कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची निम्नअनुसार छ ।  प्रतिनिधिसभातर्फ सीतादेवी यादव चित्रलेखा यादव बालकृष्ण खाँण दिलेन्द्रप्रसाद बडू सुजाता कोइराला सत्यनारायण खनाल सूर्यबहादुर केसी मोहनप्रसाद पाण्डे अनन्तराम भट्ट पुष्पा भुसाल गौतम मानबहादुर विश्वकर्मा किशोरसिंह राठोर...

यसरी हुँदैछ आज दोस्रो चरणका लागि उम्मेदवारी दर्ता   

कार्तिक १६ २०७४   .

काठमाडौं,कार्तिक १६  । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदव...

 कांग्रेस र मधेसी दल तालमेलमा सहमति भएन 

कार्तिक १६ २०७४   .

काठमाडौं, कात्तिक   धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधि र सर्लाही ४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न नमानेपछि कांग्रेस र मधेस केन्द्रित दलबीचको तालमेल भाँडिएको छ । मनोनयन दर्ता गर्नु एक दिन अघि बुधवार प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरुको बैठक बसेको थियो ।  बैठकमा धनुषा ३ मा बिमलेन्द्र निधिका लागि उम्मेदव...

 डिजेल, पेट्रोल र ग्यासको मूल्य बढ्यो 

कार्तिक १५ २०७४   .

   काठमाडौं,कात्तिक १५  । नेपाल आयल निगमले खना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टतिेल ग्यासको मूलय बढाएइको हो । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइने आयल निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए । यस्तै डिजेल र मटितेल लिटर...

कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

कार्तिक १५ २०७४   .

   काठमाडौं, कात्तिक १५ । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले  दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बर...

यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँट  

कार्तिक १५ २०७४   .

काठमाडौँ,कात्तिक १५ -एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो । सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो । झापा, चि...

दुई नम्बरमा फोरम र राजपाबीच सीटको बाँडफाँड

कार्तिक १५ २०७४   .

  काठमाडौँ,कात्तिक १५ । आसन्न प्रदेश र प्रतिनिधि सभाका लागि राष्ट्रिय जनता पाटी नेपाल र संघीय समाजबादी फोरमबीच टिकट बाँडफाँडबारे सहमति भएको छ । २ नम्बर प्रदेशका ८ जिल्लामा यी दुई दलबीच प्रदेश र प्रतिनिधि  सभाका लागि टिकट बाँडफाँड गरेका हुन् ।  सहमति अनुसार संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा १७ सिट र राजपा ले १५ सिट लिएका छन् । त्यसै...

 अवहेलना मुद्दापछि बालकृष्ण ढुंगेल पक्राउ

कार्तिक १४ २०७४   .

  काठमाडौं,कार्तिक १४  प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको एक हप्ता नबित्दै फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन्।  उनलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो। ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर...

निर्वाचन सम्बन्धी पाँच मुद्दाको सुनुवाइ हुँदै

कार्तिक १४ २०७४   .

  कार्तिक १४ न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशमा निर्वाचन सम्बन्धी पाँच थान मुद्दाको सुनुवाइ आज हुँदै छ।  सर्वेन्द्रनाथ शुक्ला, सुनिलकुमार पटेल र भरतकुमार मैनालीको एकएक थान र सीताराम अग्रवालका दुई थान रिट सुनुवाइ हुने भएको हो। सर्वोच्च अदालतमा पछिल्ला दुई सातामा निर्वाचन मिति सार्नेदेखि छपाइ भइसकेको मतपत्र बदर गरी नयाँ छाप्न माग...

कांग्रेस घोषणापत्र - वाम गठबन्धनप्रति आक्रामक

कार्तिक १४ २०७४   .

 काठमाडौं,कार्तिक १४, कांग्रेसले एमाले–माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न देशभरका लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट गठबन्धनले संसदीय प्रणाली नै संशोधन गरी राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट शासन भित्र्याउन खोजेको आरोप लगाएको छ ।  कांग्...
To Top