विशेष

आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटायाे

जेठ २२ २०७६   ekhabarnepal

काठमाडौँ,जेष्ठ २२  नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँले घटाएको छ। बुधबार राति १२ बजे देखि लागु हुने गरी पेट्रोलको मूल्य एक रुपैयाँ घटाए पनि अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत रहेको नपाल आयल निगमले जनाएको छ। साथै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि यथावत रहेको नेपाल आयल निगमले जनाएकाे छ। मूल्य घटे...

अष्ट्रेलियाको प्रसारक एबीसीको कार्यालयमा प्रहरीको छापा

जेठ २२ २०७६   ekhabarnepal

बीबीसी  प्रहरीको कदमको निन्दा अष्ट्रेलियामा, पत्रकारहरूलाई लक्ष्यित गर्दै थालिएको खानतलास कार्वाहीको दोस्रो दिन प्रहरीले अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशन, एबीसी,को सिड्नीस्थित मूख्यालयमा छापा मारेको छ। उक्त सार्वजनिक प्रसारण संस्थाको कार्यालयमा दुईजना रिपोर्टर र समाचार निर्देशकको नाम उल्लेख भएको खानतलास अनुमति पत्र, सर्च वारेन्ट, सहित प्र...

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

जेठ २२ २०७६   ekhabarnepal

काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ...

 पाण्डे र पोखरेल वातावरण पत्रकारिता पुरस्कारबाट सम्मानित

जेठ २२ २०७६   ekhabarnepal

बुटवल,जेठ २२ । रुपन्देहीका दुईजना पत्रकारले वातावरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । वातावरण वचाउ आन्दोलनको तर्फवाट पत्रकार नारायण सापकोटावाट भैरहवामा स्थापित पुरस्कार पत्रकार छवि पाण्डेले र नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवसको अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार– २०१८’ हिमाल खबर...

सांसद विकास कोष खारेज गर्नुपर्छ

जेठ २१ २०७६   ekhabarnepal

डी.आर.घिमिरे यो वर्षको वजेट प्रस्तुत भएपछि विभिन्न कोणवाट टिका टिप्पणी भइरहेका छन् । धेरै पक्षले सकारात्मक भन्दाभन्दै पनि केही सान्दर्भिक टिप्पणी उठेका छन् जसलाई अर्थमन्त्री युवराज खतिवडाले सम्वोधन गर्न सके भने राज्यका लागि त राम्रै हुनेछ तर, जसले जे तर्क गरेर विरोध गरेका छन् स्वयं उनीहरुमै रुवावासी चल्ने सम्भावना हुन्छ । यो हिम्मत खतिवडाले ग...

राजादेखि विप्लव माओवादीसमेतको गोलमेच सम्मेलन  आवश्यक  

जेठ २१ २०७६   ekhabarnepal

बुटवल,जेठ २१  राप्रापाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देशका शबै शक्ति अट्ने गरी गोलमेच सम्मेलन गर्नुपर्ने माग गरेका छन् । उनले राजादेखि विप्लव माओवादीलाई समेत समेट्ने गरि गोलमेच सम्मेलन आजको आवश्यकता भएको बताए । आज बुटवलमा राप्रपा प्रदेश नं. ५ कार्यालयको उद्घाटन गर्दै अध्यक्ष थापाले १२ वर्षको लोकतन्त्रको अभ्यासको अवधिमा  देश ...

राष्ट्रपति–प्रधानमन्त्रीको फोटो जोडर आपत्तिजनक पोष्ट गर्ने हेडमास्टर समातिए 

जेठ २१ २०७६   ekhabarnepal

  सिन्धुपाल्चोक, वैशाख २४ सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचारसहित अश्लिल गाली गर्ने सिन्धुपाल्चोक फटकशिला माविका प्रध्यानाध्यापकलाई प्रहरीले पक्राउ गरेको हो ।  अतिरन्जित ग...

नेकपाको सचिवालय बैठक,७७ ओटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत

जेठ २१ २०७६   ekhabarnepal

काठमाडौं, जेठ २१ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ७७ ओटै जिल्लाको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले तयार पार्नुभएको इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत भएको हो । आजको बैठकमा पहिलो चरणमा जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाई बाँकी केन्द्रीय स...

विभेदको विषय वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आग्रह 

जेठ २१ २०७६   ekhabarnepal

काठमाडौँ,जेष्ठ २१  गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथिको विभेदको विषय वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । गेसोले सोमबार पत्रकार सम्मेलन गरी बेलायत सरकारले गरेको पूर्व प्रतिबद्धतानुरुप गोरखा सैनिकको समस्या सम्बोधनका निम्ति अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलबाट समाधान खोज्न आग्रह गरेको हो । ब्रिटिस गोर्ख...

समाजले स्वीकार नगर्दा तेस्रोलिङ्गीलाई समस्या   

जेठ २० २०७६   ekhabarnepal

रुपन्देही, जेठ २० गते ।  परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो ।      ...

सोलुखुम्बुको प्रहरी चौकीमा विप्लवको आक्रमण प्रयास 

जेठ २० २०७६   ekhabarnepal

काठमाडौँ,जेष्ठ २०  आइतबार राती महाकुलुङ–३ छेस्काममा रहेको प्रहरी चौकीमा २५/३० जनाको समूहमा गएको विप्लव समूहले आक्रमण गर्ने योजना बनाएपनि त्यहाँ प्रहरीलाई नभेटेको बताइएको छ। विप्लव समूहले आक्रमणको योजनाबारे थाहा पाएपछि प्रहरी चौकीमा रहेका सात जनाको प्रहरी टोली हतियारसहित सुरक्षित स्थानतर्फ लागेको थियो। स्रोतका अनुसार जनयुद्धमा जसरी प्रहरी चौक...

सातै प्रदेशमा सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गर्न  अध्ययन अनुमति

जेठ २० २०७६   ekhabarnepal

काठमाडौँ,जेष्ठ २०  लगानी बोर्डले सातै प्रदेशमा सौर्य ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्न फिलिपिन्सको ग्रिनइनर्जी सोलुसन इन्कर्पोरेसनलाई अनुमति दिएको छ । सातै प्रदेशमा करिब ५ सय ५० मेगावाटको सौर्य ऊर्जा परियोजना सम्बन्धी अध्ययनका लागि अनुमति पत्र दिने निर्णय भएको बोर्ड कार्यालयले जनाएको छ । बोर्डको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो...

अझै केही दिन साँझपख वर्षा हुने

जेठ १९ २०७६   ekhabarnepal

काठमाडौँ, जेठ १९ गते । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  “ती...

भारतामा ५० डिग्री तापक्रम नाघ्यो, ३० को मृत्यु

जेठ १९ २०७६   ekhabarnepal

नयाँदिल्ली, जेठ १९   भारतमा अत्यधिक गर्मीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि भारतभर गर्मीको कहर जारी रहेको छ। गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। त्यहाँको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ।  त्यस्तै पञ्जाव हरियाणा, उत्तरप्रदेश र दिल्लीमा पनि गर्मी तापक्रम उच्च विन्द...

विप्लव पोलिटब्यूरो सदस्य राई नेकपामा प्रवेश

जेठ १९ २०७६   ekhabarnepal

काठमाडौँ, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टीमा भित्र्याएका हुन् । भोजपुर निवासी राई पूर्वराज्यमन्त्री समेत...

प्रधानमन्त्री र मलाई भिडाउने चेष्टा पूरा हुंदैन : प्रचण्ड

जेठ १८ २०७६   ekhabarnepal

बिराटनगर जेठ १८। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री र मलाई भिडाउने कसैको चेष्टा पूरा नहुने बताउनु भएको छ । दुई पार्टीबीच एकता गर्दा भएको सहमतिलाई अतिरञ्जित ढंगले लैजान जरुरी नरहेको प्रचण्डले बताउनुभयो । बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एकताको बेला भएको...

मनसुन सुरु हैन,प्रिमनसुन सक्रिय भएको  हो

जेठ १८ २०७६   ekhabarnepal

काठमाडौँ, जेठ १८ गते । केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षात्को सङ्क...

५ नं प्रदेश मा १८५ औलो रोगी भेटिए   

जेठ १८ २०७६   ekhabarnepal

धम्बोझी, जेठ १७ गते । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयअन्र्तगत प्रदेश नं ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तरक्रियामा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १...

सघीयताको समस्या अझै हल भइसकेको छ्रैन: डा. भट्टराई

जेठ १७ २०७६   ekhabarnepal

कांग्रेस कम्युनिष्ट ब्राण्डको अब काम छैन  बुटवल,जेष्ठ १७ समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको   आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको दुई तिहाई मत प्राप्त सरकारले पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनले कांग...

ज्येष्ठ नागरिक आन्दोलन अन्त्य

जेठ १७ २०७६   ekhabarnepal

काठमाडौं, जेठ १७ गते । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ ।  ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो ।  बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ ...

यो राजनीति धेरै टिक्ने वाला छैन ः 'विप्लव' पुत्र प्रकाश चन्द 

जेठ १७ २०७६   ekhabarnepal

मेरो तन मन नेपालको एकीकृत जनक्रान्तिमा छ बीबीसी जेठ १७ तपाईँले डाक्टरी किन पढ्नु भएको? यो धेरै पुरानो र पहिलेको कुरासँग जोडीएको छ। बाल्यकालसँग पनि जोडीएको छ। १० वर्षे द्वन्द्वकालमा देखेको चित्र र म आफैँले भोगेको पीडा पनि छ। त्यो बेलामा रोल्पामा हजारौँ कमरेडहरूले आफ्नै आँखा अगाडि दिएको बलिदानी र क्रान्तिले त्यतिखेर भोग्नु परेको क्षति - यिन...

 दोस्रो कार्यकालका लागि मोदीले लिए प्रधानमन्त्रीको सपथ

जेठ १७ २०७६   ekhabarnepal

  बीबीसी जेठ १७  हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमत पाएको भारतीय जनता पार्टी भाजपाका नेता मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले आमन्त्रित हजारौँ पाहुनाको उपस्थितिमा सपथ गराए। मोदीसँगै उनको दलका अध्यक्ष अमित शाह सहितका वरिष्ठ नेताहरूले मन्त्री पदको सपथ लिएका छन्। सूर्यास्तभन्दा केही अघि मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन्। ...

गाैतमबुद्ध विमानस्थल जिटुजी माेडलबाट चलाउने सरकारको निर्णय

जेठ १६ २०७६   ekhabarnepal

काठमाडौं, जेठ १६ सरकारले भैरहवामा निर्माणाधीन गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सरकार-सरकारबीचकाे सम्झाैताबाट गर्ने निर्णय गरेकाे छ। मन्त्रिपरिषदकाे बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएकाे हाे। मन्त्रालयले सूचना निकाली ईच्छुक देशहरूलाई जानकारी गराउने छ। त्यसमा आएकाहरूसँग छलफ...

करको संरचनामा हेरफेर, केमा घट्यो केमा बढ्यो   

जेठ १६ २०७६   ekhabarnepal

काठमाडौं,जेठ १६ । सरकारले आगामी आर्थिक वर्षको लागि करका केही दर हेरफेर गरेको छ । राजस्व संकलनको दायरा बढाउने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रणालीमाथि केही फेरबलल गरेका हुन् । सरकारले सरोकारवालाले सुझाव दिएअनुसार कर संरचना कायम गरेको छ । विशेष गरी निजीक्षेत्रले बजेटपूर्व दिएको सुझावअनुसार कयौं व्यवस्था गरेको छ । करको दर र कर प्र...

लुम्बिनी गुरुयोजना लाई ६ अर्ब मध्ये १ अर्ब बजेट

जेठ १५ २०७६   ekhabarnepal

काठमाण्डौ,जेठ १५  सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको लुम्बिनी गुरुयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले लुम्बिनी गुरुयोजनालाई निरन्तरता दिन १ अर्ब रकम विनियोजन गरेको जानकारी गराए। यस्तै अर्थमन्त्रीले बुद्धस्थलहरु लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायतका स्थलहरु स...

 स्वदेशी कपडा उद्योगलाई उपहार, २२ वस्तुमा आत्मनिर्भर बन्ने घोषणा

जेठ १५ २०७६   ekhabarnepal

काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षसम्म २ दर्जन वस्तुमा आत्मनिर्भर हुने घोषणा गर्दै स्वदेशी वस्तु तथा उत्पादनको उपभोगलाई अभियानको रुपमा चलाइने बताएका छन् ।  आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन्।  उनले बढी भन्दा बढी वस्तु तथा उत्पादनमा आत्मनिर्भर बन्नका लागि बन्द र रुग्ण उद्योग संचालनमा...

सेयर लाभकर घटेर ५%, एनआरएनएलेलाईलगानी गर्न  खुकुलो  

जेठ १५ २०७६   ekhabarnepal

काठमाण्डौ । संभवत इतिहासमै पहिलोपटक सरकारले सेयर बजारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरको सीमा घटाएका छन् भने बजार तथा लगानीकर्ता प्रोत्साहित हुने अन्य थुप्रै कार्यक्रम समेटेका छन् ।  बजेट प्रस्तुत गर्दै उनले त्यस्तै बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभ...

१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट

जेठ १५ २०७६   ekhabarnepal

काठमाडौं, जेठ १५ ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । सरकारले १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाखको बजेट सार्वजानिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको सयुक्त वैठकमा आज सो आकारको बजेट सार्वजानिक गर्नु भएको हो । अर्थमन्त्री खतिवडाका अनुसार विनियोजित ब...

कर्मचारीको तलब १८ र २० प्रतिशतले बढ्यो,  

जेठ १५ २०७६   ekhabarnepal

काठमाडौं, जेठ १५ ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेको लोकप्रिय केपी ओली नेतृत्वको सरकारले दोश्रो बजेट सार्वजनिक गरेको छ । प्रतिनिधी सभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले भुमि व्यवस्था र सहकारीको विकासको लागि ७ अर्व ६९ करोड छुट्याएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले हरेक प्रदेशमा एक औद्योगिक क्षेत्...

आगामी वर्षभित्र विद्युत् उत्पादन दोब्बर हुने   

जेठ १५ २०७६   ekhabarnepal

काठमाडौँ, जेठ १५ गते । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत ...

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम 

जेठ १५ २०७६   ekhabarnepal

शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा प्राथमिकता  तिलोत्तमा, जेठ १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारबाट सुरु भएको पाँचौं नगरसभाको पहिलो बैठकमा चालु आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्त...

प्रधानमन्त्री रोजगारी कार्यक्रममा ५ अर्ब १ करोड

जेठ १५ २०७६   ekhabarnepal

 काठमाडौं,जेठ १५ :  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई .५ अर्ब १ करोड विनीयोजन गरेको छ।  बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच लाखलाई रोजगारी दिनको लागि रकम विनीयोजन गरेका हुन्।  चालु आर्थिक वर्षको तुलनामा यो रकम १० करोड रुपैयाँ बढी हो। तर, चालु आर्थिक वर्षमा रोजगार संयोजक नियुक्ति बेरोजगारको...

वृद्धभत्ता एक हजार बढ्यो 

जेठ १५ २०७६   ekhabarnepal

 काठमाडौं जेठ १५ सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा भत्ताअन्तर्गत ज्येष्ठ नागरिकलाई दिने वृद्धभत्ता एक हजार रुपैयाँ बढाएको छ। प्रतिनिधिसभामा आगामी आवको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता १ हजार वृद्धि गरी तीन हजार रुपैयाँ पुर्याउने निर्णय गरेको हो। हाल मासिक रुपमा वृद्धवृद्धालाई २ हजार रुपैयाँ ...

आज संघीय संसदमा लोकप्रिय वजेट प्रस्तुत हुँदै

जेठ १५ २०७६   ekhabarnepal

 काठमाडौं १५ : सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। बुधबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट पेश गर्नेछन्।  त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ। अघिल्लो पटक पार्टी घोषणापत्र ...

पाँच लाखलाई रोजगारी दिन नयाँ बजेटमा कार्यक्रम 

जेठ १५ २०७६   ekhabarnepal

  काठमाडौं,जेठ १४ : सरकारले नयाँ बजेटमा रोजगारी सिर्जनाको लागि महत्त्वका साथ अघि बढाएको छ।  चालु आर्थिक वर्षको बजेटमा पनि प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई अघि सारिएकोमा नीति तथा कार्यविधिको अभावमा अपेक्षित काम हुन सकेन। आगामी आर्थिक वर्ष तथा बुधबार विनियोजन गरिने आर्थिक वर्ष २०७६/७७ को बजेटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दिइने...

 मुख्य सचिव करारमा नियुक्त गरौं–जनार्दन शर्मा

जेठ १४ २०७६   ekhabarnepal

    काठमाडौं,जेठ १४ । पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारको मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्यसमेत रहेका शर्माले भने, ‘करारमा मुख्य सचिव नै राखौं ।’ नेता शर्माले प्रश्न गर्दै अघि भने, ‘प्रधानमन्त्री करार हुन्छ । ५ वर्षको लागि प्रधानम...

पराजयको कुण्ठा पालेर विकासे काममा अवरोध

जेठ १४ २०७६   ekhabarnepal

डी.आर.घिमिरे  बुटवल मण्डपमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गरेर नेकपाका महासचिव, यस क्षेत्रका सांसद एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुनै अपराध गरेका थिएनन् । गरेका थिए त यस क्षेत्रका ब्यवसायी, उद्योगी र विविध पेशाका ब्यक्तिको चाहनालाई मूर्त रुप दिँदै थिए । उनकै सक्रियतामा वन्न लागेको यो केन्द्रको शिलान्यास हुनु उनकै ...

नेपालको प्रतिव्यक्ति आय १ लाख १७ हजार

जेठ १३ २०७६   ekhabarnepal

  काठमाडौं,जेठ १३ सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए ।  उनले आर्थिक क्रियाकलापमा भएको विस्ता...

भ्रम र कुण्ठा पालेर धारणा बनाउँदा गलत हुन्छ

जेठ १३ २०७६   ekhabarnepal

नेकपा रुपन्देहीको सपथ ग्रहण र प्रथम पूर्ण बैठक बुटवल,जेठ १३ । नेकपाका नेताहरुले समाज रुपान्तरणको अभियानमा सजग र सचेत भएर प्रस्तुत हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा रुपन्देहीको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकलाई सोमबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले समाज बदल्ने र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने काममा केन्द्रित हुन कार्यकर्तालाई...

कालिगण्डकी डाइभर्सन दुई प्रदेशको बिबाद हैन ःमहासचिव पौडेल

जेठ १३ २०७६   ekhabarnepal

२७ महिनामा सम्पन्न हुन्छ बुटवल प्रर्दशनी केन्द्र   अमृत गिरी   बुटवल,जेठ १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आगामी आर्थिक वर्ष तीब्र बिकासको आर्थिक वर्ष बनाउने तयारी भएको बताउनु भएको छ । बुटवल उप महानगरपालिकाको बुटवल मण्डपमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सरकार...

 सुकुम्वासीलाई जग्गाको मालिक वनाउँछौंः मन्त्री अर्याल 

जेठ १२ २०७६   ekhabarnepal

चार सय ६४ जनालाई लालपुजा वितरण टिका खरेल  बुटवल, जेठ १२ गते । भूमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आगामी चार वर्षभित्रमा सवै सुकुम्वासीहरुलाई जग्गाको मालिक वनाउने बताउनु भएको छ ।   जग्गा भएरपनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक वनाउने प्रतिवद्धता जनाउनु...

राहुलले हारेको अमेठीमा भाजपा नेताको गोली हानी हत्या

जेठ १२ २०७६   ekhabarnepal

एजेन्सी लखनऊ, जेठ १२     भारतीय लोक सभा चुनावमा उत्तर प्रदेशको अमेठीबाट कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भइन्। इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन्। उनको जीतको दुई दिनपछि अमेठीमा भाजपाका एक स्थानीय नेताको गोली हानी हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार इरानीसँग निकट सम्ब...

निर्यातजन्य उद्योगमा आकर्षित गर्न अनुदान र तालिमको व्यवस्था 

जेठ १२ २०७६   ekhabarnepal

बुटवल,जेठ १२  । बढ्दो ब्यापार घाटा कम गर्न प्रदेश ५ बाट निर्यातजन्य वस्तुको सम्भावना राम्रो भएकाले सरकार र नीजि क्षेत्रले एकसाथ योजनाबद्ध काम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश ५ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा आज बुटवलमा भएको प्रदेश नम्वर ५ मा उत्पादित बस्तु तथा सेवाहर...

बिष्णु पौडेलले शिर झुक्ने काम गर्दैन

जेठ १२ २०७६   ekhabarnepal

बुटवल,जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताउनु भएको छ ।  जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा, कानुनी मर्यादा र अभिारालाई नभुल्ने स्पष्ट पार्नुभयो । उहांले...

भारत निर्वाचन: भारतीय राजनीतिमा गान्धी वंशको अन्त्य हुन लागेको हो?

जेठ १२ २०७६   ekhabarnepal

गीता पाण्डे बीबीसी न्यूज, भारत विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए। उनी एक बेजोडको राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन्। उनका जिजुबुबा, जवाहरलाल नेहरू, भारतको प्रथम र लामो समय शासन गर्ने ...

एक हप्तामा सगरमाथा आरोहणमा गएका १० को मृत्यु

जेठ ११ २०७६   ekhabarnepal

 काठमाडौँ जेठ ११ एक हप्ताको अवधिमा सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ। शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन्। शनिबार सगरमाथिाको चुचुरोमा पाइला टेकेर फर्कंने क्रममा लडेर फिसर ज्यान गएको बताइएको ...

बुटवलमा अत्याधुनिक प्रदर्शनी स्थल वन्दै

जेठ ११ २०७६   ekhabarnepal

बुटवलस्थित बुटवल मण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल वन्दैछ । सो स्थलको शिलान्यास नेकपाका महासचिव, पूर्व अर्थमन्त्री र रुपन्देहीको २ नं क्षेत्रका सांसद विष्णुप्रसाद पौडेलले सोमवार विहान गर्नुहुनेछ । स्थायी प्रकृतिको यो प्रदर्शनी स्थल पौडेलको महत्वाकांक्षी परियोजना हो ।  उहाँकै योजना अनुसार उक्त स्थलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र वनिरहेको छ । ...

मानव अधिकार विनाको लोकतन्त्र बाँच्न सक्दैनः पूर्व आयुक्त उपाध्याय

जेठ ११ २०७६   ekhabarnepal

रीमा बि.सी. रुपन्देही,जेठ ११ गते । मानवअधिकारको सभ्यता र संस्कृति विना लोकतन्त्र बलियो हुन नसक्ने बुटवलमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । पूर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगको आयोजना तथा इन्सेक रुपन्देहीको सहकार्यमा बुटवलमा आयोजित मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा राष्ट्रिय मानवअधिकार संयन्त्रहरु वीचको समन्वयकारी ...

‘नीति कार्यक्रम इमान्दारिता भएमा कार्यन्वयन हुन सक्ने  

जेठ ११ २०७६   ekhabarnepal

 बुटवल,जेष्ठ १० । प्रदेश सरकराले हालै सार्वजनिक गरेको नीति कार्यक्रम कार्यन्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् ।  रिपोर्टस क्लव ५ प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्ने बत्ताहरुले सीमित स्रोत साधनकाबीच नीति कार्यक्रम कार्यन्वयन समस्या देखिने बताएका हुन् ।  कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्र...

 गोरुसिंगेका १४ वटा घरटहरामा डोजर लगाइयो

जेठ १० २०७६   ekhabarnepal

कपिलबस्तु जेठ १० । कपिलवस्तुको बुद्धभूमि नगरपालिका जयनगर स्थित (गोरुसिंहे) बजार क्षेत्रमा सरकारी जग्गा र वन अतिक्रमण गरी बनाईएका १४ वटा घरटहरामा वन कार्यालयले डोजर  लगाएको छ ।  विगत १८ वर्षदेखि जयनगर बजारमा पसल संचालन गरिएका १४ वटा घरटहरामा डोजर लगाइइको हो । तीन महिनादेखि घरटहरा हटाई सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपनि अटेर गरेपछि शु...
To Top