माघ ३ २०७५ ekhabarnepal
बुटवल माघ ३, पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा कायम गर्न दवाब दिन नेपाली कांग्रेसले बिहीबार बुटवलमा जनप्रदर्शन गर्दैछ । गएको वर्ष आजकै दिन तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश पाँचको अस्थायी राजधानी तोकेको थियो । बुटवलमा अस्थायी रुपमा तोकिएको राजधानीलाई स्थायी बनाउन र प्रदेशको नामाकरण गर्न सरकारले आलटाल गरेको र...माघ ३ २०७५ ekhabarnepal
म्याग्दी माघ ३ म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो । मृतक तीन जनाकै सनाखत हुन नसकेको र सब परिक्षणको लागि पर्वत...माघ ३ २०७५ ekhabarnepal
काठमाडौ । प्रधानमन्त्री एवम् राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष के.पी. शर्मा ओलीको अध्यक्षतामा समितिको ४४औं बैठक राष्ट्रिय योजना आयोगको सभाकक्ष सिंहदरबारमा सम्पन्न भएको छ । बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, छवटा प्रदेश सरकारका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा सल्लाहकारहरु, राज्यम...माघ ३ २०७५ ekhabarnepal
काठमाडाैँ,माघ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएर समय गुजार्ने पक्षमा नभई आर्थिक समृद्धि र देशको विकासमा उल्लेखनीय परिवर्तन गरेर देखाउने दृढता व्यक्त गर्नुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औँ बैठकलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मलाई तथ्याङ्क (डाटा) खेलाउने रहर छैन, परिवर्तन गरेर देखाउने मन छ ।” ...माघ २ २०७५ ekhabarnepal
काठमाडौँ माघ २, राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गर्नुभएको थियो । यसैगरी अर्थमन्त्री खतिव...माघ २ २०७५ ekhabarnepal
काठमाडौं माघ२, प्रहरीले हत्या आरोपीलाई पक्राउ गर्न बर्दियामा गोली चलाएको छ । प्रहरीको असई पदमा जागिर खान पुगेका दीपकसिंह ठाकुरीको विभत्स हत्यामा संलग्न रहेको हत्या आरोपी युवराज गिरीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीले आज गिरीलाई पक्राउ गरेको छ । २६ माघमा बाँकेको कोहलपुरमा ठकुरीको विभत्स हत्यामा संलग्न रहेको आरोप गिर...माघ २ २०७५ ekhabarnepal
काठमाडौँ रासस । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय साझेदारले...माघ २ २०७५ ekhabarnepal
काठमाडौँ माघ २, गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्छ भन्नुभएको छ । विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज यहाँ आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापा अप्रत्याशित जोखिमबाट बच्ने बच्ने र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र य...माघ २ २०७५ ekhabarnepal
बीबीसी चीनको अन्तरिक्ष अभियान चांग'अ ले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ। चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो। मङ्गलवार चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर तिनमा कोपिला लाग्न थालेको छ। यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेष...माघ १ २०७५ ekhabarnepal
काठमाडौँ,माघ १ ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले मंगलबार गरे...माघ १ २०७५ ekhabarnepal
लक्ष्मी भण्डारी रासस वीरेन्द्रनगर,माघ १ सुर्खेतको गुर्भाकोट नगरपालिका–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो। सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आएकी उनले सुत्केरी भएको नवौं दिनमा ज्यान गुमाउनुपर्यो। स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो। ‘सुत्केरीपछिको स...माघ १ २०७५ ekhabarnepal
काठमाडौँ,माघ १ विवेकशील साझा पार्टीले आउँदो वर्षको फागुनमा पहिलो महाधिवेशन गर्ने भएको छ। पार्टी विभाजनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले २०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। प्रवक्ता सूर्यराज आचार्यका अनुसार पुस ३० र माघ १ गते चलेको बैठकले प्रदेश संयोजक चयन, केन्द्रीय सदस्य थप, पार्टी भ्रातृ संग...माघ १ २०७५ ekhabarnepal
काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर गएको बुधबारदेखि इलाममा १६ औं चरणको सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. विजेन्द्र शाहले बताउनु भयो ।‘उहाँको स्वास्थ्य अवस्थाअनुसार उहाँलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने हो । तर, यहाँ आईसीयु छैन । उहाँलाई एन्ट...माघ १ २०७५ ekhabarnepal
चितवन माघ १, पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका छन् । उनीहरु ...माघ १ २०७५ ekhabarnepal
काठमाडौँ माघ१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने का...माघ १ २०७५ ekhabarnepal
थारु समुदायमा नयांवर्ष २६४२ प्रारम्भ बुटवल, ३० पुस । प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले थारु, मगर तथा हिन्दुहरुको पर्व माघे संक्रान्तीका अवसरमा चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्नुभएको छ । थारु नाच, पक्वान सहित चियापान कार्यक्रम राखिएको छ। थारु, नेवारी पोशाकमा सजिएका थिए। चियापान समारोहमा घोङ्हीदेखि ...माघ १ २०७५ ekhabarnepal
टेलिभिजनको अध्यक्षमा पुन: एजाज आलम बुटवल पौष ३० । मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रमा राज्य बलियो भएमात्र नागरिक बलियो हुने भएकाले मिडियाको भूमिका प्रभावकारी हुनुपर्ने बताए । मिडियाले सकारात्मक र सन्देशमूलक विषयवस्तुलाई बाहिर ल्याउनुपर्ने उल्लेख गर्दै उनले सधैभर सरकार, संघसंस्था र विभिन्न निकायका नकारात्मक कुरामा मात्र लेखेर मुलुकको स...पौष ३० २०७५ ekhabarnepal
वीरगञ्ज पुस ३०, दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने सुनिश्चित भएको छ । परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय शहर...पौष ३० २०७५ ekhabarnepal
काठमाडौं । चौधरी फाउण्डेसनले अपांगता भएर हिँडडुल गर्न असहज हुने ५० भन्दा बढी व्यक्तिलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरेको छ । चौधरी ग्रुप अन्तर्गतको सामाजिक संस्था चौधरी फाउन्डेसनले आइतबार नर्भिक अस्पतालमा शिविर आयोजना गरी कृत्रिम खुट्टा वितरण गरेको हो । शिविरमा बालबालिकादेखि वृद्धवृद्धालाई उनीहरूको आवश्यकता अनुसारका कृत्रिम खुट्टा वितरण ग...पौष ३० २०७५ ekhabarnepal
काठमाडौँ पुस ३०, नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो ।आइतबारदेखि...पौष ३० २०७५ ekhabarnepal
बुटवल पुस ३०, अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उ...पौष ३० २०७५ ekhabarnepal
काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) का लागि ३५ जना प्रहरी उपरीक्षक (एसपी) बीच प्रतिस्पर्धा हुने भएको छ । पछिल्लो ४ महिनादेखि नेपाल प्रहरीमा १५ जना एसएसपी र एकजना डीआईजीको पद रिक्त छ । गृह मन्त्रालय स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ को नियम २८ (१) तत्कालका लागि लागु न...पौष ३० २०७५ ekhabarnepal
काठमाडौँ पुडा.स ३०, अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । अनशन बसेको छैठौँ दिनमा डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान इलाम जिल्ला अस्पताल भर्ना गरिएको हो । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यबारे जिल्ला अस्पतालका डा. रामकृष्ण आचार्यले चेकजाँच गरिरहेका छन् । डा. आचार्यका अनुसार केसीक...पौष ३० २०७५ ekhabarnepal
काठमाडौ पुस ३०, स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु विभिन्न अस्पतालमा भर्ना छन् । बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त...पौष ३० २०७५ ekhabarnepal
जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवलाई झापड हानेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुखको अगाडी झापड हानेका हुन् । मन्त्रीले झापड हानेपछि मन्त्रालयमा नै बबण्डर भइको थियो । सचिवले मन्त्रीलाई सुन्नै नसक्नेगरी तुच्छ शब्दमा गाली ...पौष २९ २०७५ ekhabarnepal
सुर्खेत पुस २९, कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि ल...पौष २९ २०७५ ekhabarnepal
काठमाडौं पुस २९, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन...पौष २९ २०७५ ekhabarnepal
लमही पुस २९, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दाङका १० स्थानीय तहलाई दुर्गम, सुगम र मध्यम स्तरमा वर्गीकरण गरेको छ । स्थानीय तहको वर्गीकरणअनुसार बङ्गलाचुली र राजपुर गाउँपालिका दुर्गममा परेका छन् भने घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका सुगममा परेका छन् । त्यस्तै लमही नगरपालिकासहित, दङ्गीशरण, शान्तिनगर, बबई, राप्ती ...पौष २९ २०७५ ekhabarnepal
विराटनगर पुस २९, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्यायालयमा देखापरेका विकृति हटाउन सरकार योजनाका साथ अघि बढेको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतवार राजधानीमा आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितासम्बन्धी अन्तरक्रिया शुभारम्भका क्रममा उनले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित प...पौष २९ २०७५ ekhabarnepal
काठमाडौँ पुस २९, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् । महाशाखाका प्रमुख एवं प्रहरी व...पौष २९ २०७५ ekhabarnepal
काठमाडौँ पुस २९, स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो ।...पौष २९ २०७५ ekhabarnepal
काठमाडौं पुस २९, रुपन्देहीको शंकरपुरमा गएराति प्रहरी र तस्करको समूहबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाही स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३५ वर्षका तस्करले प्र...पौष २९ २०७५ ekhabarnepal
काठमाडौँ पुस २९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने बताउनुभएको छ । शनिवार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को विमोचन गर्दै उहाँले राजनीतिले गर्ने समाजको रुपान्तरणमा साहित्यले पनि सहयोग गर्ने बताउनुभयो । साहित्यद्वारा अभिप्रेरित कुराल...पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, सरकारले जेष्ठ नागरिक ऐनलाई संशोधन गर्न लागेको छ । संशोधित एनमा अब जागर खानेहरुले निश्चित रकम आमा बुबाको खातामा राख्नैपर्ने व्यवस्था गर्नलागिएको हो । ऐन लागूभएपछि सरकारले छोराछोरीको तलबको निश्चित प्रतिशत रकम आमा बाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने छ ।ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद ध...पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले २ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार...पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युए...पौष २७ २०७५ ekhabarnepal
काठमाडौँ पुस २७, प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महा...पौष २७ २०७५ ekhabarnepal
काठमाडौँ पुस २७, मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अध...पौष २७ २०७५ ekhabarnepal
काठमाडौँ पुस २७, प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपाली...पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई ...पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६ काजकिरयाको पुरातन मान्यतालाई चुनौती दिंदै संविधानसभा सदस्य तथा प्रदेश सांसद उषाकला राई आमाको किरियामा बस्नुभएको छ । आफ्नी आमाको मृत्युमा काज किरिया गर्नका लागि सांसद राईले आफ्नो कपाल समेत मुन्डन गर्नुभएको छ । हिजो पुस २५ गते आमा लक्ष्मी राईको निधनपछि पशुपति आर्यघाटमा दाह संस्कार गरेर कपाल मुन्डन गरी उषाकला १३ दिने काज किरिया...पौष २६ २०७५ ekhabarnepal
नयाँ दिल्ली पुस २६, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीवार भारतको राजधानी नयाँदिल्लीमा भेटवार्ता भएको छ । दिल्लीमा जारी ‘रायसिना डायलग–२०१९’ मा सहभागी हुन विहिबार विहान दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट्घाट गर्नुभएको हो । मंगलबार सुरु भएको तीनदिने सम्मेलनको ...पौष २६ २०७५ ekhabarnepal
ललितपुर पुस २६, जिल्लामा सबैभन्दा बढी प्रबलीकरणका लाभग्राही रहेको ललितपुर महानगरपालिकामा प्रवलीकरणको काम शुरु हुन सकेको छैन । अहिलेसम्म प्रबलीकरणसकेर दोस्रो किस्ता वापतको रकम लिनेको सङ्ख्या महानगरमा शून्य रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला अनुदान कार्यान्वयन एकाइले जनाएको छ ।प्रबलीकरणका विषयमा भूकम्प प्रभावित मात्रै होइन...पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो बिहीवार बिहान फ्रान्सतर्फ प्रस्थान गरे । आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्ट...पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन नयाँ दिल्ली जाँदैहुनुहुन्छ । भारतीय विदेश मन्त्रालयको सहकार्यमा अब्जर्भर रिसर्च फाउन्डेसनले आयोजना गरेको ‘रायसिना संवादको चौथो संस्करण’ कार्यक्रममा मन्त्री ज्ञवालीले आज नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका अ...पौष २६ २०७५ ekhabarnepal
काठमाडौं पुस २६, प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो भएको छ । दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको जनाएको छ । सचिवालयका अनुसार, दुईबीच द्विपक्षीय हित लगायत विषयमा कुराका...पौष २६ २०७५ ekhabarnepal
काठमाडौं, पुस २५ इलाम नगरपालिका वडा नं ७ फूलगाछीस्थित एउटा निजी घरमा उनले बुधबार ४. ३० बजेबाट १६औं सत्याग्रह शुरु गरेका छन्। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन्। डा. केसीका इलामस्थित सहयोगी धर्म गौतमले डा. केसीलाई कुनै स...पौष २६ २०७५ ekhabarnepal
काठमाडौं, पुस २५ नेपाल र जापानबीच २६ वर्ष अघि भएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्रहरुको आदानप्रदान (एक्सचेञ्ज अफ नोट्स) मा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानका विदेशमन्त्री तारो कोनोले बुधबार साँझ होटल याक एण्ड यतिमा पत्रकार सम्मेलनमार्फत उक्त पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपूर्व दुई मुलुकको ...पौष २५ २०७५ ekhabarnepal
बुटवल पुस २५, बुटवल उपमहानगरपालिकाको चौैथो नगर सभा बुधबारदेखि सुरु भएको छ । नगरसभाको प्रथम बैठकमा चार वटा विधेयकहरु प्रस्तुत भएका छन् ।चौथो नगर सभाको प्रथम बैठक शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयकहरु प्रस्तुत गर्न अनुमति दिएसंगै चार वटा विधेयकहरु प्रस्तुत भएका छन् । विभिन्न चार वटा विधेयक प्रस्तुत: जसअनुसार उ...पौष २५ २०७५ ekhabarnepal
चितवन पुस २५, जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए ।गत आर्थिक वर्षको लेखा परीक्षण गर्...