विशेष

संविधान संशोधन रोकेर चुनावमा आउन राजपा सकारात्मक

असार २८ २०७४   .

काठमाडौं असार, २८ । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्र...

व्यापारी अपहरण काण्ड : हिमाञ्चलबाट समातिए हत्यामा संलग्न

असार २७ २०७४   .

दाङ असार २७,–दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार व्यवसायी श्रेष्ठको अपहरणमा मुख्य भुमिका निभाउने  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने पूजा घर्ती, उनकै बाबु टीकाराम घर्ती र अपहरणको मुख्य योजनाकार सल्यान ...

संशोधनमा सघाउन देउवाले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार

असार २७ २०७४   .

काठमाडौं  असार,२७ । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गर्नुभएको बैठकमा संशोधन विधेयकबारे छलफल भएको हो । मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको...

दुई चरणमा सम्पन्न निर्वाचनमा एमाले बन्यो पहिलो शक्ति

असार २७ २०७४   .

काठमाडौं असार २७– दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको सवै परिणाम सार्वजनिक भएसँगै मुलुकका ६७ जिल्लाका ६१६ स्थानीय तहले स्थानीय जनप्रतिनिधि पाएका छन् । असार १४ मा सम्पन्न निर्वाचनअन्र्तगत सुनसरीको धरान उपमहानगरको परिणाम सवैभन्दा ढिला असार २६ मा आएको हो । पहिलो चरण बैशाख ३१ र दोस्रो चरण असार १४ मा भएको स्थानीय निर्वाचनमा संसदको ठुलो दल नेपा...

नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको: गृहमन्त्री

असार २७ २०७४   .

बुटवल असार २७ – गृहमन्त्री जनार्दन शर्माले भने नेकपाका कोही पनि नेता–कार्यकर्ता पक्राउ नपरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गिरफ्तार गरिएका आफ्न नेता–कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिरहेका बेला गृहमन्त्री शर्माको यस्तो भनाई आएको हो । गृहमन्त्री शर्माले स्थानीय तहको चुनावको क्रममा च...

तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

असार २७ २०७४   .

काठमाडौं असार, २७ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।  

‘संघीय र प्रादेशिक संसद्को निर्वाचन पहिलो प्राथमिकता’ : प्रम देउवा

असार २६ २०७४   रासस

काठमाडौँ असार २६ -प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको ...

भैरहवाका मेयरको पहिलो निर्णयः २४ घण्टे हटलाइन सेवा

असार २६ २०७४   .

भैरहवा  असार,२६। रुपन्देही सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिकाका) नवनिर्वाचित मेयर हरिप्रसाद अधिकारीले र उपमेयर उमा काफ्लेलेे पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगत्तै बसेको पहिलो बोर्ड बैठकले तीनवटा निर्णय गरेको छ । त्यस्तै बैठकले नगरपालिकाका नगरवासीहरुको गुनासोहरुको सुनुवाइको निम्ती साउन १ गतेबाट २४ घण्टा हटलाइन फोन सेवा संचालनमा ल्...

चुनावी परिणाम र संविधान संशोधनबारे समिक्षा गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै

असार २६ २०७४   .

काठमाडौं  असार,२६ । चुनावी परिणामको समिक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । दोस्रो चरणको चुनावी परिणाम लगत्तै सत्तापक्षले संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका बेला एमाले छलफलमा जुटेको हो । सोमबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा चुनावको पनि समिक्षा...

वाढी पीडितलाई २५ हजार राहत उपलब्ध गराउने सरकारको निर्णय, १५ लाख सहुलियत ऋण

असार २६ २०७४   .

काठमाडौं असार २६–सरकारले सप्तरीका बाढी पीडीतलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार २५ हजार रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितहरुलाई तत्काल २५ हजार रुपैया उपलब्ध गराउने घोषणालाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अनुमोदन ...

३३४ तहमध्ये एमालेलाई १५०, काँग्रेसलाई १२२, माओवादी केन्द्रलाई ३८, धरान उपमहानगरपालिकाको परिणाम आउन बाँकी

असार २६ २०७४   .

काठमाडौं, असार २६  । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भएका ३३४ तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मतपरिणाम मात्र आउन बाँकी भएको छ । एक मात्र उक्त क्षेत्रमा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । एमालेका मेयर उम्मेदवार तारा सुब्बाले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ४ सय ९६ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवारल...

संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

असार २६ २०७४   रासस

चितवन असार २६- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताए । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक ...

देउवा नेतृत्वको सरकार ‘नालायक’ : केपी ओली

असार २५ २०७४   .

असार २५। सरकारप्रति आक्रोशित देखिएका नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकार नेपाली संसद्को उत्पादन नै नभएको बताएका छन् । शेरबहादर देउवा नेतृत्वको सरकारलाई ओलीले नालायक गठवन्धनको संज्ञा दिए । ‘अहिलेको सरकार लोभी पापीहरुको अपराधिक गठवन्धन हो, क्षणिक स्वार्थका लागि बनेको यो सरकारले देशको हितलाई हेर्दैन,’ ओलीले भने, ‘यो सरकार अत्यन्तै अदुर...

राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता

असार २५ २०७४   रासस

काठमाडौँ असार २५-नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव ...

सिंहदरवार अब गाउँमै : स्थानीय तहमा आज बजेट भाषण

असार २५ २०७४   .

काठमाडौ असार २५– अधिकांश स्थानीय तहले आज पहिलो स्थानीय बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तह निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका हुन् । संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका असार ३० गतेसम्म ब...

संविधान संशोधनबारे राप्रपा अन्तिम चरणमा मात्रै निर्णय लिने

असार २५ २०७४   .

काठमाडौं  असार,२५। राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनबारे अन्तिम चरणमा मात्रै निर्णय लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणालाई भेटेर संशोधनमा सघाउन आग्रह गरेका थिए । लगत्तै अध्यक्ष थापाले आइतबार पार्टीको बैठक बोलाएका थिए । सिंहदरबारमा बसेको संसदीय दलको ...

संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छोड्ने राजपाको चेतावनी

असार २४ २०७४   .

काठमाडौं असार २४–राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने व...

अब ४ तहको नतिजा आउन बाँकी

असार २४ २०७४   .

काठमाडौं असार २४– दोस्रो चरणको स्थानीय तह निर्वाचनको अब ४ तहको मात्रै नतिजा बाँकी रहेको छ । मोरङको विराटनगर महानगरपालिका,  झापाको अर्जुनधारा नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र कञ्चनपुरको पुनर्बास नगरपालिकाको नतिजा आउन बाँकी रहेको हो ।   जसमा विराटनगरमा  कांग्रेस लगभग जित नजिक देखिएको छ  भने बाँकी तीन तहमा एमालेको अग्रता रहेको छ । ...

नवलपुरलाई छुट्टै जिल्ला बनाउन पहल गर्ने:प्रधानमन्त्री

असार २४ २०७४   .

नवलपरासी  असार ,२४  |   प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासीको नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला बनाउन आफूले पहल गर्ने आश्वासन दिएका छन् । शनिबार नवलपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न र नवलपुर जिल्ला समन्वय समिती निर्माणको माग लिएर बालुवाटार पुगेका नवलपुर क्षेत्रका सासंद र जिल्ला नेताको टोलीलाई प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिएका ह...

संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने

असार २४ २०७४   .

 विराटनगर  असार,२४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले देशका विरुद्ध ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला प्रतिपक्ष पार्टीका अध्यक्ष ओलीको यस्तो भनाइ बाहिर आएको हो । स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान स...

दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सफलः प्रमुख आयुक्त यादव

असार २४ २०७४   रासस

काठमाडौं  असार,२४ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनले जोड दिएका छन् । स्थान...

भरतपुरको मतगणनासम्बन्धि विवादको सुनुवाई सोमबारसम्मलार्इ सर्‍यो

असार २३ २०७४   .

काठमाडौं ,असार २३ । भरतपुर महानगरपालिकाको मतगणना विवाद सम्बन्धि मुद्दाको सुनुवाई फेरि सरेको छ । सो वडामा पुनमतदान नभई पुनः मत गणनाको माग गर्दै भरतपुर(१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार मुद्दाबारे बहस सुरू गरे पन...

व्यवस्थापिका संसदमा मिर्गौला चोरी प्रकरण प्रवेश :छानविन गर्न माग

असार २३ २०७४   .

काठमाडौं  असार २३। व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल...

रुपन्देहीको १६ स्थानीय तहको नतिजा (सूचीसहित)

असार २३ २०७४   .

भैरहवा  असार,२३ । रुपन्देहीमा रहेका सबै १६ स्थानीय तहको नतिजा घोषणा भएको छ । जसमध्ये एमालेले ७, संघीय समाजवादी फोरम नेपालले ४, कांग्रेसले २, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्रले एक-एक तहमा जित हासिल गरेका छन् । एमालेले बुटवल उमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना, तिलोत्तमा नगरपालिका र सियारी, शुद्धोधन, कञ्चन गाउँपालिका गरी ७ तहको ...

३२४ स्थानीय तहको मतगणना सकियो, अव १० तह वाँकी

असार २३ २०७४   .

काठमाडौं, असार २३ । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज शुक्रबार सम्म ३२४  स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ । हा...

भरतपुर प्रकरणमा आज बहस हुदै

असार २३ २०७४   .

काठमाडौं असार २३– भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दाको बहस आज हुदैछ । अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गनुपर्ने फैसल...

इटहरी उपमहानगरपालिकामा एमालेको जित, मेयरमा द्वारिकलाल चौधरी,उपमेयरमा लक्ष्मी गौतम विजयी

असार २३ २०७४   .

सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमाले उम्मदेवार विजयी हुनु भएको छ । कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पार्दै एमाले मोरङका अध्यक्ष समेत रहनु भएको द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी हुनु भएको छ । विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ...

३१८ स्थानीय तहको मतपरिणाम (सूचीसहित), बाँकी तहमा कसको अग्रता ?

असार २२ २०७४   .

काठमाडौं  असार,२२ । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये  ३१८ स्थानको मतगणना सकिएको छ । अब १६ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । जम्मा १६ स्थानीय तहको मत परिणाम बाँकी रहदा एमालेले कांग्रेसलाई २७ सिट पछि पारेर पहिलो चरणमा जस्तै दोस्रो चरणको स्थानीय चुनावमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म १४२ स्थान जिते...

सिद्धार्थनगर नगरपालिकामा एमालेको जित

असार २२ २०७४   रासस

लुम्बिनी ,असार २२ - भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ । एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ । एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा व...

२८ जिल्लाको मतगणना सकियो, ७ जिल्लाको मतगणना जारी

असार २२ २०७४   .

काठमाडौं, असार २२– असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये ३१६ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी छ ।आयोगले बिहीबार बिहान जारी गरेको सुचनामा २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको जनाएको छ । ...

गठबन्धनलाई घुडा टेकाउदै शिव सुवेदी बने बुटवलको मेयर

असार २२ २०७४   .

बुटवल,असार  २१  । नेकपा एमालेका शिवराज सुबेदी बुटवल उप महानगर पालिकाको मेयर बनेका छन । त्यस्तै सोही पार्टिकी गोमा आचार्य उपमेयर बन्न सफल भईन । सुबेदीले २२ हजार ९ सय १७ मत प्राप्त गरेका छन भने २४ हजार ९ सय ६३ मत प्राप्त गर्दै आचार्य उप मेयर बनेकी छन । नेपाली कांग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेद्धवार खेलराज पाण्डेले २० हजार ४ सय ६१ मत पाएका छन...

मतगणना भइरहेका २६ स्थानीय तहः(सूचीसहित)

असार २१ २०७४   .

काठमाडौं  असार, २१। असार १४ गते निर्वाचन सम्पन्न भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब २६ स्थानीय तहको परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी रहेका अधिकांश नगरपालिका छन् । पहाडका सबै जिल्लामा मतगणना सकिँदा झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुरका २६ ठाउँको परिणाम अाउन बाँकी छ । तीमध्ये धरान उपमहानगरपालिका र ...

बुटवलमा एमालेको शानदार जित निश्चित

असार २१ २०७४   .

बुटवल, असार २१ ।दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चासो  र चर्चा मा रहेका बुटवल उपमहानगरपालिका बुटवलमा एमालेको शानदार जित  निश्चित भएको छ ।  एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र नं ४ मा पर्ने बुटवल उपमहानगरमा एमालेका उम्मेदवार गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मत अन्तरले अघि पुगिसकेका छन्। १९ वटा वडा रहेको बुटवलका १८ वटा ...

स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा सांसदहरुको जोड

असार २१ २०७४   रासस

काठमाडौँ असार २१ -सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताउनुभयो । संविधानले तोकेको अवधिभित्र सबै...

३०४ स्थानीय तहको परिणाम सार्वजनिक(सूचीसहित)

असार २१ २०७४   .

काठमाडौं ,असार २१  । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थानको मतगणना सकिएको छ । अब ३० स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म १३३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १९ स्थानमा अग्रता राख्दै एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान सुरक्षित गरेको छ । दोस्रो दल बनेको नेप...

कपिलवस्तुका १० स्थानीय तहको मत गणना सकियो

असार २१ २०७४   रासस

कपिलवस्तु असार २१-स्थानीय तह दोस्रो चरण निर्वाचन अन्र्तगत प्रदेश न. ५ मा पर्ने कपिलवस्तुको मतगणना सकिएको छ । ६ नगरपालिका, ४ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेको कपिलवस्तुको सबै तहको मत परिणाम आइसकेको छ । जसमध्ये २ स्थानीय तह नेकपा एमालेले जितेको छ । ५ स्थानीय तह नेपाली कांग्रेसले जितेको छ ।यस्तै संघिय समाजवादी फोरमले १ स्थान र स्वतन्त्रले २ स...

२ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक

असार २१ २०७४   .

स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ९२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेको छ । सार्वजनिक नतिजाअनुसार एमालेले एक उपमहानगरसहित हालसम्म १ सय २७ स्थानीय तहमा जित हासिल गरेको छ ।  नेपाली काँग्रेसले एमालेलाई प...

निर्वाचन मिति घोषणा गर्न सरकारलाई आयोगको पत्र

असार २१ २०७४   .

काठमाडौं– निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारको रूपमा रहेको कानून तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्...

२९० स्थानीय तहको चुनावी परिणाम सार्वजनिक, (सूचीसहित)

असार २१ २०७४   .

काठमाडौं  असार,२०। दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये  २ सय ९० तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । एमालेले प्रदेश नम्बर १ मा ५७, प्रदेश ५ मा ३६ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २७ स्थान सुरक्षित गरिसकेको छ । यस्तै, कांग्रेस १०८ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर...

मतगणना अपडेट : महानगर र उपमहानगरमा कसको मत कति ?

असार २० २०७४   .

काठमाडौं असार २०,– २ उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको छ  विराटनगर महानगरपालिकासहित ५ वटा उपमहानगरको मतगणना जारी छ ।   यी स्थनामा मतगणना जारी रहँदा नेकपा एमालेले इटहरी, धरान, तुलसीपुर र बुटवल उपमहानगरमा आफ्नो अग्रता अग्रता कायमै राखेको छ । त्यस्तै विराटनगर महानगरमा नेपाली कांग्रेस र  धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच क...

नयाँ प्रस्ताव ल्याए एमालेले पारित गर्र्ने

असार २० २०७४   .

काठमाडौं असार २०– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्तावफिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने बताएका छन् ।मंगलबार काठमाडौमा भएको साक्षत्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै...

गुल्मीका वडामा पनि एमालेको पल्लाभारी

असार २० २०७४   .

गुल्मी ।स्थानीय निर्वाचनमा गुल्मीका वडामा पनि एमाले वलियो भएको छ । जिल्लामा रहेका ९३ वडामा एमालेले ६० वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएको छ । कांग्रेस २९ वडामा मात्र प्यानलै बिजयी छ ।  माओवादी केन्द्र  ४ वडा र जनमोर्चा १ वडामा अध्यक्षसहित प्यानलै बिजयी भएको छ । जिल्लामा रहेका १२ स्थानीय तह मध्ये २ नगर रेसुङ्गा नगरपालिकामा ८ वडामा कांग्रेस ६ व...

रुपन्देहीको तिलोत्तमा एमालेको पोल्टामा

असार २० २०७४   .

 वुटवल । रुपन्देहीको तिलोत्तमामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नगरपालिकाको मेयरमा एमालेका बासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्नुभएको छ । निकटतम नेपाली काँग्रेसका रामकृष्ण खाँडको भागमा १६ हजार २ सय ६४ मत परेको छ । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको भागमा १९ हजार २ सय २४ मत परेको छ भने निकटतम राष्ट्रिय जनमुक्तिकी गीता सारुको भागमा १६ ...

एमालेले देशैभरी यसकारण जित्यो

असार २० २०७४   कृष्ण गिरी

काठमाडौं असार १९,–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ  । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको  छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो  र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवा...

रुपन्देहीको सैनामैनामा एमालेको वहुमत

असार २० २०७४   .

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चित्रबहादुर कार्की विजयी हुनु भएको छ । उहाँले १३ हजार ३६ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माको भागमा १० हजार ३ सय ५ मत पर्यो । उपमेयरमा एमालेकै बिना रानाले १२ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीको भागमा ९ हजार ७...

दाङको घोराहीमा मेयर–उपमेयर दुवै एमालेकै

असार १९ २०७४   .

 घोराही ,असार १९  । एमालेले उपमहानगरमा विजयी सुरुवात गरेको छ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर जित्दै एमालेले उपमहानगरमा विजयी सुरूवात गरेको हो । मेयरमा एमाले उम्मेदवार नरूलाल चौधरी साढे चार हजार मतअन्तरले विजयी भएका हुन् । काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी पराजित भएका छन् । काँग्रेसको पकड क्षेत्र भनिएको घोराहीमा निकै मतअन्तरले ए...

२४२ स्थानीय तहको परिणाम, (सूचीसहित)

असार १९ २०७४   .

काठमाडौं असार,१९  । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार मध्याह्नसम्म २ सय ४० तहको आधिकारिक परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायम राखेको छ । एमालेले प्रदेश नम्बर १ मा ४८, प्रदेश ५ मा २६ र प्रदेश ७ मा २९ स्थानीय तह जितेर १ सय ३ स्थान सुरक्षित गरिसकेको छ । कांग्रेसले ९४ स्थानीय तह जितेको छ । कांग्रे...

बुटवलका १० वडामा एमालेको विजयी, मेयरमा टक्कर

असार १९ २०७४   .

बुटवल  असार १९ । बुटवल उपमहानगरपालिकाको १० वटा वडाको मतगणना सकियो । गणना सकिएका सबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुटवलमा ६६ हजार ६ सय ६३ मतदातामध्ये ४९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए । मेयरमा कांग्रेसका खेलराज पाण्डेयले ११ हजार ७१ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले १२ हजार २८३ मत ल्याएका छन् । उपमेय...

रुपन्देहीको पाँच गाउँपालिकाको नतिजा सार्वजनिक

असार १९ २०७४   .

रुपन्देही असार,१९ ।१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा  पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।  प्राप्त नतिजा अनुसार रुपन्देहीमा दुई गाउँपालिकामा एमाले। दुईमा संघीय समाजवादी र नयाँ शक्ति तथा एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २४...

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

असार १९ २०७४   .

काठमाडौं असार,१८ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आइतबरा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको छ । निगमले तीनवटै पेट्रोलियम पदार्थमा २/२ रूपैयाँ घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ ...
To Top