विशेष

प्रधानमन्त्री देउवा : संचारमाध्यम नियन्त्रण गर्दिन, मर्यादित हुनुपर्यो

भाद्र ४ २०७४   .

काठमाडौं,  भदौ ४–  प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया संचालन गर्न गाह्रो भएको आफुले बुझेको भन्दै त्यसलाई सहज बनाउन आफूले सहयोग गर्ने बताउनुभएको छ । उहाँले संचारलाई आफुले नियन्त्रण नगर्ने पनि बताउनुभएको छ ।     नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको काठमाडौंमा आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले मिडिया संचालन र सञ्चार क्षेत्रलाई बलियो ब...

कपिलवस्तुमा झाडापखालाको प्रकोप, ३ को मृत्यु

भाद्र ४ २०७४   .

कपिलवस्तु, भदौ ४ ।  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका साविक कुशहवा गाबिस वडा नं. ६ र ७ मा झाडापखालाको प्रकोप फैलिएको छ। तीन दिनअघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सुरुमा टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिए...

स्क्रबटाइफस र स्वाइन्फ्लु फैलिएको चितवनमा डेंगु रोग समेत भेटियो

भाद्र ४ २०७४   .

चितवन, भदौ ४ । स्क्रबटाइफस र स्वाइन्फ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोग समेत देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक बर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको विरामी देखिएको हो। कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना विरामीको परीक्षण गरिएकोमा एक जनामा डेंगु लागेको पाइएको बताए। कालिका...

प्रचण्ड नेतृत्वको सरकारमा जानु गम्भीर भूल : राप्रपा

भाद्र ४ २०७४   .

काठमाडौं ,भदौ ४ | राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुलाई पार्टीको गम्भीर भूल ठहर गरेको छ। मकवानपुरको हेटौंडामा आइतबार सकिएको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आत्मसमर्पणवादी भएको आरोप लगाउँदै सरकारमा सहभागी हुने निर्णय प्रत्युत्पादक भएको ठहर गरेको हो। 'आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारम...

तम्घास-सिमलटारी सडक मर्मत तीव्र, ३ दिनसम्‍म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

भाद्र ४ २०७४   .

 गुल्मी, भदौ ४ |  गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड तीन दिनलाई बन्द भएको छ। सडक चौडा पार्ने काम गरिरहेकाले सडक बन्द गरिएको निर्माण कम्पनीले जनाएको छ। निर्माण कार्य भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पहान पुलनजिकै ठूलो चट्टानलाई चौडा पार्ने काम गर्ने भन्दै बाटो बन्द गरिएको निर्माण कम्पनीका इन्जिनियर नवीन सापकोटाले जानकारी दिए। आइत...

१२ प्रतिशत बहालकर नउठाए काठमाडौं महानगरलाई पौने २ अर्ब नोक्सानी हुने

भाद्र ४ २०७४   .

काठमाडौं, भदौ ४ । अर्थमन्त्रालयले महानगरपालिकालाई लेखेको पत्र अनुसार घरबहाल कर बापत १२ प्रतिशत कर उठाउन नपाउने हो भने बजेटको ठूलो हिस्सा नोक्सानी हुने र महानगरपालिकाको बजेट लक्ष्य हाँसिल गर्नको लागि नै गम्भीर समस्या हुने देखिएको छ। महानगरपालिका स्रोतका अनुसार यही १२ प्रतिशत करको भरमा महानगरपालिकाले यति धेरै बजेटको लक्ष्य लिएको थियो। तर, १२ प्...

‘रेलको डिब्बा उछिट्टिएर मेरो घरमाथि खस्यो, जस्तो फिल्ममा देखिन्छ’

भाद्र ४ २०७४   एजेन्सी

कुलदीप मिश्रा /बीबीसी भदौ ४, भारतको खतौलीमा भएको रेल दुर्घटना यात्रीका लागिमात्र नभई ट्र्याकको वरिपरि बनाइएका केही घर र एक इन्टरकलेजका लागि पनि समस्या बन्यो । कलिंग–उत्कल एक्सप्रेसको एस–५ डिब्बा निकै टाढासम्म उछिट्टिएर एक इन्टरकलेज र थुप्रै घर बज्रिन पुग्यो । इन्टरकलेजमा त्यति धेरै क्षतीको खबर आएको छैन तर पिन्टु चौधरी नामका एक किसानको घरमा ...

नेपाल–चीनसम्बन्ध : राष्ट्रियता नारामा मात्र होइन, वास्तविकतामा बलियो बनाउने अवसर

भाद्र ४ २०७४   Rekha Rana

नेपालको अर्थतन्त्र निर्यातभन्दा पनि आयातमुखी भएर गइरहेको छ । हामीले विदेशबाट आयात धेरै ग¥यौँ तर निर्यात गर्न सकेका छैनौँ । निर्यात बढाउनका लागि अब हामीले नयाँ तरिकाबाट जान आवश्यक छ । हामीले भारत र चीनबाट हरेक सामान ल्याइरह्यौँ तर उता पठाउनका लागि केही पनि उत्पादन गरेनौँ । चीनसँग सिमाना जोडिएका प्रत्येक गाउँपालिकाहरुले अब चीनमा निर्यात गर्नका लाग...

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्नः डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ?

भाद्र ४ २०७४   Rekha Rana

राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुलाई बोलाएर बाढी पहिरो प्रभावितको उद्दार, राहत र पुनस्र्थापनको उचित प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छन् । साथै प्राकृतिक विपदको रोकथाम र पूर्वतयारी गर्नु पर्नेमा जोड दिएकी छन् । उनले डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्ने र चुरे क्षेत...

भारतसँग के कुरा गर्ने, के नगर्नेः पूर्वप्रधानमन्त्रीहरुसँग सुझाव लिँदै देउवा

भाद्र ४ २०७४   Rekha Rana

 आफ्नो भारत भ्रमणबारे सुझाब तथा सल्लाहका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्।  प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग भ्रमणका क्रममा उठान गर्ने विषयकाबारेमा सुझाव लिन लागेका हुन्। पूर्वप्रधानमन्त्रीको भारत भ्रमणको अनुभवका आधारमा सल्लाह सुझावका लागि आज साँझ प्रधानमन्त्रीले छलफल गर्न लागे...

नितिगत अस्पष्टताले अबैध कृयाकलाप गर्न प्रोत्साहन मिलेको: एजेण्टहरुको भनाई

भाद्र २ २०७४   .

भैरहवा, भदौ २ । भन्सारमा हुने अवैध कृयाकलाप रोक्न भन्दै भन्सार विभागको छानबिन समितिले भन्सारका कर्मचारी, एजेण्ट संघ, उद्योगी व्यवसायीबाट सुझाव संकलन गरेको छ । सुझाव संकलनमा व्यापारीहरुको प्रलोभन र भन्सार कार्यालयको खुकुलो नितीले भष्टाचार मौलाएको एजेण्टहरुले दावी गरे । भन्सारको नियम अनुसार भारततर्फबाट चोरी गरेर ल्याएको सामानपनि जाँचपाच हुने हुँद...

यी हुन् संसारको सर्वाधिक कमाई गर्ने नायिका

भाद्र २ २०७४   एजेन्सी

६ ओस्कर अवार्ड जित्ने फिल्म ला ला ल्याण्डकी मुख्य नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ । २८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् । एमा स्टोनले ला ला ल्याण्डमा उत्कृष्ट अभिनयका कारण निकै चर्चा बटुलेकी थिइन् । उनले यस वर्ष लैङ्गिक समानताका लागि पनि आ...

पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको हाजिरीजवाफ प्रतियोगिता सुरू

भाद्र २ २०७४   .

बुटवल, भदौ २ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलले ‘एक्सपर्ट क्वीज–२०१७’ सुरू गरेको छ । पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको रुपन्देही जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको शुक्रबार जिल्ला शिक्षा कार्यालय, रूपन्देहीका विद्यालय निरीक्षक हरि अर्यालले उद्घाटन गरे । सो अवसरमा बोल्दै अर्यालले मोफसलको शैक्षिक राजधानी बुटवलमा विद्यार्...

रैनादेवी छहरा गाउँपालिकाको बजेट ३९ करोड ५५ लाख

भाद्र २ २०७४   .

पाल्पा,  भदौ २ - रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनसहितको पूर्वाधार उज्यालो रैनादेवी छहरा हाम्रो आधार’ भन्ने नारासहित रैनादेवी छहरा गापाको छ दिनसम्म चलेको प्रथम गाउँ सभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले पत्रकार...

केन्द्रीय सदस्य अपहरण गरेको भन्दै कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

भाद्र २ २०७४   .

काठमाडौँ – राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणाले कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । आज दिउँसो अध्यक्ष राणाले आफ्नो पाटीृका केन्द्रीय सदस्यहरु कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् । सर्वोच्चमा मुद्दा दर्ता गर्न अध्यक्ष राणासँ...

निर्वाचन आयोगले २ नं प्रदेशको चुनावको बारे सरकारलाई दियो १७ बुँदे निर्देशन

भाद्र २ २०७४   .

काठमाडौं,भदौ २। निर्वाचन आयोगले नेपाल सरकारलाई स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सम्बन्धमा १७ बुँदे निर्देशन जारी गरेको छ । आयोगको भदौ १ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिल...

केन्द्रले स्थानीय तहलाई तत्काल विकास योजना हस्तान्तरण नगर्ने

भाद्र २ २०७४   .

काठमाडौँ, भदौ २। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल विकास आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण नगर्ने जनाएको छ । सडक, पुल जस्ता ठूला आयोजना स्थानीय तहको जिम्मा लगाँउदा अलपत्र पर्ने भन्दै आवश्यक कार्यविधी बनेपछि मात्र त्यस्ता आयोजना हस्तान्तरण गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए । मन्त्रालयमा गरिएको बार्षिक समिक्षा कार...

वाईसीएलको राष्ट्रिय सम्मेलन आज

भाद्र २ २०७४   .

काठमाडौं भदौ,२  । माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कोटेश्वर पार्टी प्यालेसमा बिहान १० बजे माओवादी अध्यक्ष प्रचण्डले सम्मेलन उदघाटन गर्नेछन् । आजै सुरु हुने बन्दसत्रले विधान र आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । सकेसम्म सहमतिमा नभए निर्...

नेपाल आउने मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए, विलम्ब शुल्क तिर्दा हैरान

भाद्र २ २०७४   रासस

पथरी,भदौ २  । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका कारण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ । सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाज...

१० वर्षकी बलात्कृत बालिकाले छोरीलाई जन्म दिइन्

भाद्र २ २०७४   एजेन्सी

गुजरात ,भदौ २। बलात्कारपछि गर्भवति बनेकी १० वर्षीया बालिकाले छोरीलाई जन्मलाई दिएकी छिन् । गत महिना सर्वोच्च अदालतले ती बालिकाका मातापिताले गर्भपतन गर्नका लागि दिएको याचिना खारेज गरेको थियो । २.५ केजी तौल भएको शिशुको जन्म सिजेरिज सेक्सनबाट चन्दीगढस्थित अस्पतालमा भएको बताइएको छ । तर, बालिकालाई अझै पनि उनले छोरीलाई जन्म दिएको कुरा बताइएको छैन...

युवा संघका करिब दुईहजार ३०० प्रतिनिधि

भाद्र २ २०७४   रासस

काठमाडौँ,भदौ २ - युवा संघ नेपालको नवौँै महाधिवेशनमा करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने भएको छ । आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट प्रतिनिधि छनोट गरिनेछ । तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ...

प्रतिवेदन एक दुई दिनमै सार्वजनिक : भन्सार चोरी निकासी प्रकरण

भाद्र १ २०७४   .

भैरहवा, १ भदौ । भन्सार कार्यालय भैरहवाबाट अवैध रुपमा एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवाह ट्रक निकासीबारे बुझ्न गठित छानविन टोलीले आफ्नो काम सकिन लागेको र अबको १–२ दिनमै प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ । छानविन समितिले भैरहवामा आयोजना गरेको भैरहवाका भन्सार एजेण्ट र सञ्चारकर्मिका सुझाव संकलन कार्यक्रममा छानविन टोलीका संयोजक भन्सार ...

लेखा समितिले रुपन्देहीमा सार्वजनिक सुनुवाई गर्ने

भाद्र १ २०७४   .

बुटवल, भदौ  १ । ब्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले गौतम वुद्ध अन्तराष्टिय विमानस्थल निर्माण आयोजनाका बारेमा रुपन्देहीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आज बुटवलमा सार्वजनिक सुनुवाईको तयारीका क्रममा छलफल कार्यक्रम सम्पन्न भएको छ । लेखा समितिले यही भदौ महिनामा विमान स्थल र यहा निर्माणाधिन ६ लेन सडकका बारेमा सार्वजनिक सुनुर्वा गर्ने जनाएको ...

रुपन्देहीको देवदहमा पुल भासिदा समस्या

भाद्र १ २०७४   .

रुपन्देही ,भद्रौ १ । रुपन्देहीको देवदह नगरपालिका–३ टटेरा र देवदह–८, मुखिया टोल जोड्ने पुल भासिदा आवात जावतमा समस्या भएको छ । विगत केही दिन देखि लगातार परेको बर्षाका करण उक्त पुल भासिदा स्थानीयवासी आवात जावतमा समस्या भएको हो । देवदह–३, को टटेरा निवासी स्थानीयवासी उक्त पुल हुदै खैरेनी तर्फ आउने गरेपनि बर्षाका कारण पुल भासिए पछि घुमेर आउनु परेको स्...

कञ्चनको नीति तथा कार्यक्रम प्रस्तुत

भाद्र १ २०७४   .

सैनामैना ,१, भदौ ।   कञ्चन गाँउपालिकाको  प्रथम गाउँसभा वैठकमा  आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम  प्रस्तुत गरिएको छ ।     गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा गाउँपालिका भित्रको सुकुम्वासी समस्या र अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने  नीतिलाई प्रमुख महत्वका साथ लिईएका छ ।  गाउँपालिकाकी...

अब कतार र बहराइनबिच नयाँ संकट

भाद्र १ २०७४   बीबीसी

बीबीसी भदौ १ बहराइनको सरकारी टेलिभिजन च्यानलले कतारमाथि सरकार विरोधी षड्यन्त्रमा समावेश भएको आरोप लगाएको छ । यद्यपी, यो मामला सन् २०११ को हो । बहराइनले सरकार विपक्षी गुटसँग मिलेर कतारको उक्त षड्यन्त्रमाथि सहमती जनाएको आरोप लगाएको छ । सरकारी टेलिभिजन च्यानले उक्त कथित टेलिफोन रेकर्ड पनि जारी गरेको छ जसमा कतारका तत्कालीन प्रधानमन्त्री हमाद...

तिलोत्तमा नगरपालिकाको बजेट एक अर्ब ६९ लाख रुपैयाँ

भाद्र १ २०७४   .

तिलोत्तमा, भदौ १। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०७४–७५ का लागि रु एक अर्ब ६९ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले बुधबार एक अर्ब ६९ लाख ५५ हजार ६८९ को बजेट प्रस्तुत गरेका हुन् । मंगलबार नगरसभा बैठकले नीति, मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट बुधबार बैठकम...

सुस्ताको बाँध भत्काउन हिँडेकालाई प्रशासनले रोक्यो

भाद्र १ २०७४   .

काठमाडौं, भदौ १  । नवलपरासीको सुस्तामा रहेको भारततर्फ पानी लगेको बाँध भत्काउन हिँडेका स्थानीयलाई प्रशासनले रोकेको छ । आक्रोशमा आएर कुनैपनि काम गर्न नहुने भन्दै स्थानीयलाई आफूहरुले रोकेर राखेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । ‘भत्काउनु पर्ने भन्दै बाँध तर्फ अघि बढेका स्थानीयलाई हामीले रोकेर राखेका छौं ।’ उनले हा...

पुरातात्विक ‘कपिलवस्तु संग्रहालय’ ओझेलमा

भाद्र १ २०७४   .

कपिलवस्तु भदौ १,– नेपालकै एक मात्र पुरातात्विक संग्रहालय “कपिलबस्तु संग्रहालय”को उचित ब्यवस्थापन, प्रचार—प्रसार र संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा ओझेलमा परेको छ । संग्रहालय स्थापना भएको ५ दशक हुँदा समेत सम्बन्धित निकायले संग्रहालयको ब्यबस्थापनका साथै र प्रचार—प्रसार गर्न नसक्दा ओझलमा परेको हो । ७ बिगाहा क्षेत्रफलमा फैलिएको संग्रहालयमा...

चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान

भाद्र १ २०७४   रासस

काठमाडौँ, भदौ १। जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे । चिनियाँ अतिथिको बिदाइका लागि संस्कृति, पर्यटन...

शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे

भाद्र १ २०७४   एजेन्सी

भदौ १, बक्स अफिसमा अर्जुन कपूर र अनिल कपूरको फिल्म मुबारकांको प्रतिस्पर्धा शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलसँग थियो । यस्तोमा मुबारकांले जब ह्यारी मेट सेजलसँग तगडा प्रतिस्पर्धा गर्नुका साथै दोस्रो हप्तामा योभन्दा निकै अघि आएको छ । ह्यारी मेट सेजलले कूल ६१.०५ करोडको कमाई गर्यो, फिल्म घाटामा गयो । यसको लागत ८० करोड भारु हो । दोस्रो हप्त...

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू

भाद्र १ २०७४   .

काठमाडौं भदौ,१  – प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि भदौ १ अर्थात आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले दुई दिन अघि जारी गरेको सूचना अनुसार आचारसंहिता भदौ १ बाट लागू भएको हो । आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाइँने छैन । आचारसंहिता नेपाल सरकार र सरक...

दाउन्नेको अवरुद्ध सडक सञ्चालनमा

भाद्र १ २०७४   .

नवलपरासी भदौ,१  । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि अवरुद्ध बनेको सडक बिहीबार बिहानदेखि एकतर्फी  सञ्चालनमा आएको छ । अवरुद्ध सडक २४ घन्टाका लागि बन्द गरेर मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो । बिहान २ बजेबाट यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर राउतले बताए । जिल्ला प्रशासन कार्यालय, नवलपरा...

ओबामाको एक ट्वीटले रच्यो इतिहास

साउन ३२ २०७४   एजेन्सी

साउन ३२ । यो हुनसक्छ कि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो सञ्चारको साधन हुनसक्छ । तर ट्वीटरको इतिहासमा पूर्व राष्ट्रपति बाराक ओबामाको एउटा ट्वीट सबैभन्दा धेरै मन पराइएको हो । ओबामाले नेल्सन मण्डेलाको तीन बक्तव्यको शेयर गरे र साथमा एउटा फोटो अपडेट गरे । जसमा एउटा डे-केयर सेन्टरको झ्यालबाट हेरिरहेका बच्चालाई हेरेर मुस्कुराइरहेका थिए । ती ...

युवा संघको महाधिबेशन आगामी असोज २२–२४ मा गर्ने

साउन ३२ २०७४   .

काठमाडौं, साउन ३२– एमाले निकट युवा संघले आगामी असोज २२–२४ नवौं राष्ट्रिय महाधिबेसन गर्ने भएको छ । युवा संघको स्थायी समिति बैठकले महाधिबेसन मिति तय गरेको हो । बैठकले महाधिबेसन सम्पन्न गर्न राजिव पहारीको संयोजकत्वमा महाधिबेसन मुल आयोजक समिति पनि गठन गरेको छ । जसमा दिलु पन्त सहसंयोजक, किरण पौडेल महासचिव, संघका पदाधिकारी, केन्द्रीय सदस्यहरु,...

नयाँ शक्तिका दुई नेता कारबाहीमा

साउन ३२ २०७४   रासस

काठमाडौं साउन ३२-नयाँ शक्ति पार्टी नेपालले दुई जना नेतालाई जिम्मेवारीबाट निलम्वन गरेको छ । निलम्वान हुनेमा सहसंयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मा रहेका छन् । उनीहरूलाई नयाँ शक्तिको संघीय परिषद सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरिएको पनि सो पार्टीका नेता तथा कार्यलय संयोजक गंगा श्रेष्ठले बताए । ...

सवारी चालक र सडकका कारण दुर्घटना बढ्दो

साउन ३२ २०७४   .

भैरहवा । सवारी दुर्घटना रोक्न जिल्ला ट्राफिक कार्यालयले विभिन्न सचेतना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन् । चालकको लापरवाही र सडकका कारण दिनहुँ धनजनको क्षति हुनेक्रम  बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लमा दुई सय ४८ वटा साना ठूला सवारी दुर्घटना भएका छन् । जसबाट एक सय २५ जनाले ज्यान गुमाए । दुर्घटनाबाट एक सय ८५ जना गम्भीर घाइते भएका थिए...

भारतीय दूतावासले अलपत्रै पारेर छाड्यो पाल्पाको कोल्डस्टोर

साउन ३२ २०७४   .

पाल्पा । तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय राजदुतावासको आर्थिक सहयोगमा नगरको बाघखोरमा निर्माणाधीन कोल्डस्टोरेज अलपत्र रहेको छ । निर्माण कम्पनीले निर्माण काममा अत्यन्त ढिलाइ गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुत्तानी नभएका कारण अलपत्र परेको हो । कृषि उपज भण्डारण गर्ने उद्देश्यले २ सय मेट्रिक टन क्षमता भण्डारण गर्न सक्ने ४ करोड ९९...

संसदको विशेष समय : भयो बाढी पहिरोकै बहस

साउन ३२ २०७४   रासस

काठमाडौँ ,साउन ३२- व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले राहतका कार्यक्रमलाई एकद्वार प्रणालीका आधारमा वितरण गर्न र राहत वितरणलाई प्रभावकारी तुल्याउन एउटा समिति गठन...

संविधान प्रस्ताव आज सदनमा पेश हुने

साउन ३२ २०७४   रासस

काठमाडौँ साउन ३२। लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि उनले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्त...

पूर्वाञ्चलमा ४७ जनाको मृत्यु, १५ जना बेपत्ता

साउन ३२ २०७४   रासस

विराटनगर, साउन ३२ । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पू...

चितवनमा भोलिदेखि हर्न निषेध

साउन ३२ २०७४   रासस

चितवन साउन ३२–नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ । ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट...

दाउन्ने सडकखण्ड भत्किएपछि २४ घण्टाका लागि बन्द

साउन ३२ २०७४   .

नवलपरासी, साउन ३२ । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि  २४ घण्टाका लागि  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो । जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भ...

चुनावबारे छलफल गर्न तीन दलको बैठक

साउन ३२ २०७४   .

काठमाडौं  साउन,३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । देउवाले निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । लगतै सर्बदलीय बैठक राखिएको छ । यो बैठकमा प्रदेश र संसदको चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले भोलि भदौ १ गते ...

बाढी पहिरोमा राष्ट्रपतिको चासो : अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

साउन ३२ २०७४   रासस

काठमाडौँ साउन ३२ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गरे । अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रपतिका प्रेस सल्ल...

श्रीमानलाई मदिरा खुवाएर श्रीमतीमाथि बलात्कार

साउन ३१ २०७४   .

दाङ–पश्चिम दाङमा एक बाढी पीडित महिला बलात्कृत भएकी छन् । बबई गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का(नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडानम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो । घरभित्रको पानी बाहिर फालिरहेकी ती मह...

बाढीपहिरोमा परी हालसम्म १११ जनाको मृत्यु

साउन ३१ २०७४   .

काठमाडौं, साउन ३१– बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका  प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई  जानकारी गराएको छ ।  गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् ।  उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए । गृहमन्त्री ...

नेपाल र चीन तीन सम्झौताः पेट्रोलियम अन्वेषणदेखि लगानी प्रवद्र्धनसम्म

साउन ३१ २०७४   रासस

काठमाडौँ, साउन ३१- नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच आज यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधि सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री व...

लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’को छायाँकन सुरु

साउन ३१ २०७४   .

काठमाडौं,साउन ३१ – सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको चलचित्र ‘समर लभ’को छायाँकन सुरु भएको छ । चलचित्रको सोमबारबाट छायाँकन सुरु भएको हो । किर्तिपूरमा आयोजित एक कार्यक्रममा उपन्यासका लेखक भट्टराईले नरिवल फुटाएर चलचित्रको साइत गरे । मुस्कान ढकालको निर्देशन रहने चलचित्रमा नम्रता सापकोटा, शिशिर भण्डारी, अभिषा खनाल, इन्दू भण्डा...

बाढी पीडितको उद्धारमा जुटे धुर्मुस

साउन ३१ २०७४   .

काठमाडौं ,साउन ३१, – हास्य कलाकारिताको सफलता पछि समाज सेवा तिर होमिएका सिताराम कटटेल (घुर्मुस) अहिले बाढी पिडितको सेवामा क्रियासिल छन् । देश डुबिरहेको समयमा धुर्मुस चुप लागेर बस्न सक्दैन भन्ने सन्देश दिदै उनी  अहिले सप्तरीको बाढी पिडीत समक्ष पुगेका छन् । विपद्धको समयमा उद्धार र सहयोग गर्नुपर्छ भन्ने कुरा सामाजिक संजालमा धेरै कलाकार कराई रहे...
To Top