विशेष

आचारसंहिता र मानवअधिकार उल्लंघनबारे दुई आयोगबीच छलफल

भाद्र ३० २०७४   .

काठमाडौं ,भदौ ३० – राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश नं २ को निर्वाचनका क्रममा व्यापक निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शुक्रबार निर्वाचन आयोगकी सदस्य मोहना अन्सारी निर्वाचन आयोग पुगेर निर्वाचन प्रचारप्रसारका क्रममा भएका मानवअधिकार उल्लंघनका घटना हुन नदिन आयोगको ध्यानाकर्षण गराएका हुन् । अन्सार...

एमाले केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते बस्ने

भाद्र ३० २०७४   .

काठमाडौं  भदौ, ३० । तीनै चरणका स्थानीय तह निर्वाचन लगत्तै नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाउन केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । एमाले केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते काठमाडौंमा बस्ने तय भएको हो । असोज २ को प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणाम आइरहेका बेला एमालेले केन्द्रीय कमिटी बैठकमा सातै प्रदे...

अमेरिकाले नेपाललाई ५०अर्ब दिने सम्झौतामा हस्ताक्षर,६३ करोड डलरको कोष बन्ने

भाद्र ३० २०७४   .

काठमाडौं  भदौ,३० । अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी] कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीको तर्फबाट जोनाथन नाथले सम्झौताम...

कस्ताे छ तपार्इकाे स्वास्थ्य र स्वभाव यसरी थाहा पाउनुस्

भाद्र ३० २०७४   .

एजेन्सी । हाम्रो जन्म दिन, बार, घडी, पला आदिको आधारमा ज्योतिषिय भाग्यफल हेर्ने गरिन्छ । हालै भएको एक सोधले चाहिँ हामी जन्मेको महिनाको आधारमा हाम्रो स्वास्थ्य र स्वभावबारे थाहा हुने तथ्य उजागर गरेको छ । हामी जन्मेको महिनासँग हाम्रो स्वास्थ्य पनि जोडिने शोधकर्ताको भनाई छ । यस हिसाबले हाम्रो स्वास्थ्यसँग हामी जन्मने महिनाले पनि अर्थ राख्छ । जनवर...

तुलसीपुरमा १५ बालश्रमिकलाई फर्काइयाे घर

भाद्र ३० २०७४   .

दाङ, भदौ ३० ।  तुलसीपुर उपमहानगरले १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको छ। बाल दिवसको अवसर पारेर उपमहानगरले शैक्षिक सामग्री र परिवारलाई आयआर्जनमा सहयोग गर्ने शर्तमा १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको हो। घर फर्केका बालबालिकालाई कार्यवाहक नगरप्रमुख माया आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गरिन्। उनले नगर क्षेत्रमा बालश्रम न्यूनी...

अाज रातिबाट ‘मौन अवधि’ सुरू हुँदै

भाद्र ३० २०७४   .

काठमाडौं भदौ,३०  । प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘मौन अवधि’ शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन कानुनमा मतदानको ४८ घन्टाअघिदेखि मौन अवधि सुरु हुने व्यवस्था भए अनुसार आजराति १२ बजेबाट मौन अवधि सुरु हुन लागेको हो । निर्वाचन आयोगले एक सूचना जारी गर्दै मौन अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै प...

परराष्ट्रविद्हरूको सुझाव : आतंकवाद नियन्त्रण र अल्पविकसित मुलुकका मुद्दा राख्न सुझाव

भाद्र ३० २०७४   रासस

भीष्मराज ओझा काठमाडौँ, भदौ ३० । -नेपालले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा जलवायु परिवर्तनका असर, आतंकवाद नियन्त्रण र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई उठाउनुपर्ने कूटनीतिज्ञ तथा परराष्ट्रविद्हरूले सुझाव दिनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनु पर्ने विषयका बारेमा राससले राखेको जिज्ञासामा उहाँहरूले दिगो विकास...

निर्वाचन आचारसंहिता व्यापक उल्लङ्घन भएको राष्ट्रिय मानवअधिकार आयोगको ठहर

भाद्र ३० २०७४   .

धनुषा, भदौ ३०– राष्ट्रिय मानवअधिकार आयोगले सरकार र उच्च नेतृत्वनै निर्वाचन आचारसंहिता उल्लङ्घनमा लागेको पाइएको भन्दै निर्वाचन आयोग र सरकारलाई त्यसतर्फ सचेत रहन सुझाव दिएको छ । आयोगका सदस्य सुदीप पाठकले २ नम्बर प्रदेशको स्थलगत अनुगमनपछि शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्री,मन्त्री लगायत सरकारका उ...

२ नम्बरमा एमालेको तिव्र प्रचार प्रसार

भाद्र २९ २०७४   .

काठमाडौं ,भदौ २९– सत्तारुढ दल कांग्रेस र माओवादीसँगै एमालेले पनि स्थानीय तहको तेस्रो चरणको निर्वाचन प्रचार–प्रसारलाई तिव्रता दिएको छ । प्रदेश नं. २ का ८ वटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा एमालेले चुनावी सभाहरु केन्द्रित गरेको एमाले प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन् । यसक्रममा अध्यक्ष केपी श...

प्रतिनिधिसभा सदस्य उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव

भाद्र २९ २०७४   .

काठमाडौं, भदौ २९– निर्वाचन आयोगले चुनावी खर्चको सिमा तोक्ने तयारी गरेको छ । पछिल्ला निर्वाचन अत्यन्त भड्कििला र खर्चिला हुदै गएकोमा सर्वत्र आलोचना भइरहेका बेला आयोगले खर्चको सीमा तोक्ने तयारी गरेको हो । आयोगले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले...

ठेक्का तोड्ने चेतावनीपछि तातियो चिनियाँ कम्पनी

भाद्र २९ २०७४   .

काठमाडौ भदौ,२९   । नेपाल सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीले व्यवस्थापन समुह नै फेर्न लागेको छ । गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार नर्थ वेस्ट कम्पनीले म्यानेजरका साथै विज्ञहरुको टोली फेर्न लागेको हो...

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्दै, आज सम्झौता हुने

भाद्र २९ २०७४   रासस

 वासिङ्गटन डिसी, भदौ २९ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा बुधबार वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ। नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैछन्। यो सम्झौताअनुसार कुल ६३ करोड डलर...

समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ क्रिकेटको सेमिफाइनलमा

भाद्र २९ २०७४   .

काठमाडौं  भदौ,२९ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बना...

दशैँमा ६ हजार सार्वजनिक सवारीसाधनले सेवा दिने, २१ लाख मानिस दशैं मनाउन जाने

भाद्र २९ २०७४   रासस

काठमाडौँ, भदौ २९ । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन् । दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपन...

बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

भाद्र २८ २०७४   .

काठमाडौ भदौ,२८ । चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो । शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो । उनका आफन्तले भने ...

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख

भाद्र २८ २०७४   .

कपिलवस्तु ,भदौ २८ –कपिलवस्तुको बुद्धभुमि नगरपालिको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले  मंगलबार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २ सय ३ रुपैयाँ बराबरको बजेट विनियोजन गरेका हुन् । जसमध्ये पुँजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ र चालुतर्फ १५ कर...

प्रधानमन्त्रीबाट आचारसंहिता उलंघन भएको छ, तर कारबाही गर्न मिल्दैनः प्रमुख निर्वाचन आयुक्त

भाद्र २८ २०७४   .

काठमाडौं, भदौ २८–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्वीकार गरेका छन् । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था भने नरहेको प्रतिक्रिया बताए । निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्...

श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउँदै एशियाका १२ राष्ट्र

भाद्र २८ २०७४   .

ललितपुर,भदौ  २८ -  सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलि...

फेसबुकमा हिरोको फोटो राख्दै युवतीलाई फसाएर हत्या, १७ वर्षीय किशोर पक्राउ

भाद्र २८ २०७४   रासस

चितवन, भदौ २८ । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थ...

सेयर बजार ओर्लियो, ६३ करोडको कारोवार

भाद्र २८ २०७४   .

काठमाडौं, भदौ २८। नेपालको सेयर बजार बुधबार पनि ९ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि घटेपछि १४९३.२० अंकमा बजार झरेको छ । एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको आज ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको छ । आज बैंकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेका छन् भने होटल, जलविद...

मतदाता परिचयपत्र भदौ ३०, ३१ र असोज १ मा दिइने

भाद्र २८ २०७४   रासस

काठमाडौँ, भदौ २८। निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ...

एसीसी यू-१९ : भुटानविरुद्ध नेपाल ९ विकेटले विजयी

भाद्र २८ २०७४   .

काठमाडौं, भदौ २८ ।  एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा १ विकेट पूरा गर्‍यो। नेपालको जितमा आशिफ शेखले अविजित २३ तथा सन्दीप सुनारले २१ रन जोडे। अनिल साह ४ रनमा अविजित रहे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भु...

३५ लाखका लागि दाइले गरे भाइ अपहरण

भाद्र २८ २०७४   .

स्याङ्जा भदौ २८ ।   गल्याङ नगरपालिकामा दाजुले भाइ अपहरण गरी ३५ लाख फिरौती मागेका छन्। गल्याङ नगरपालिका–२ का ४० वर्षीय मोबिनद्दिन मियाँले भाइ जनरुद्दिनलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरेका हुन्। मोहबिनद्दिन बुटवल उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय जनरुद्दिनको कान्छा काकाको छोरा भएको प्रहरीले जनाएको छ। अपहरण गरी फिरौती माग्ने मोहबिनद्दिनसहित त...

नारायणगढ–मुग्लिन सडक आजदेखि चौबिसै घण्टा खुला

भाद्र २८ २०७४   .

चितवन  भदौ २८ ।   राति बन्द गरिँदै आएको नारायणगढ मुग्लिन सडक बुधबारदेखि चौबिसै घण्टा खुला गरिएको छ। ठूला चाडपर्वलाई लक्षित गर्दै सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। राति ८ देखि १२ बजेसम्म सवारीको बढी चाप हुने भएकाले मालबाहक ठूला सवारीसाधनले भने प्रवेश पाउने छैनन्। यात्रु...

साविकका १३ गाविसले ११ लाख नतिर्दा विद्यार्थी मर्कामा

भाद्र २७ २०७४   रासस

जुम्ला, भदौ २७  । साविकका १३ गाविसले ११ लाख रुपैयाँ रकम हालसम्म कर्णाली प्राविधिक शिक्षालयलाई भुक्तानी नगर्दा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन् । आव २०६६/६७ मा कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय सुरू गर्न प्रत्येक गाविसले  दुई लाख रुपैयाँ अनुदान दिने र एक प्राविधिक पढाउने लिखित प्रतिबद्धता गरेका थिए । लिखि...

चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, एकैदिन रु ९२ लाख संकलन

भाद्र २७ २०७४   रासस

भक्तपुर, भदौ २७। मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित...

आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन : प्रधानमन्त्री देउवा

भाद्र २७ २०७४   रासस

विराटनगर ,  भदौ २७।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी दिए। निर्वाचन आयोगले जारी गरेको आचारसंहि...

धादिङमा बस दुर्घटना, ३१ घाइते, ४ जनाको अवस्था गम्भीर

भाद्र २७ २०७४   रासस

धादिङ,  भदौ २७| काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको बस मंगलबार बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोट...

उत्तर कोरियाविरुद्ध लाग्यो अर्को नयाँ प्रतिबन्ध

भाद्र २७ २०७४   एजेन्सी

बीबीसी भदौ २७। संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाइदिएको छ । चीन र रुसले पनि नयाँ प्रतिबन्धमाथि सहमती जनाएको छ । यसप्रकारले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध सर्वसम्मतिले लगाइएको छ । उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा छैटौं र आफ्नो सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो । यसै कारण सुरक्षा परिषदले उक्त दे...

मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरीत:एमाले

भाद्र २६ २०७४   .

काठमाडौं भदौ,२६। प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु र नयाँमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने प्रतिक्रिया दिएको छ । अहिले सरकार बिस्तारको कुनै अर्थ नरहेको बताउँदै एमालेले आचारसंहिता विपरीत कार्य रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत...

थाइल्याण्डबिरुद्ध नेपालद्वारा २ सय ८२ रनको लक्ष्य प्रस्तुत

भाद्र २६ २०७४   .

काठमाडौँ, भदौं २६।  एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको हो । थाइल्याण्डको यू–१९ टोलीले टस जितेर नेपालको यू–१९ टोलीलाई पहिलो ब्याटटिङ...

भारतीय ‘सुटर अपराधी बब्लु रुपन्देहीबाट सार्वजनिक

भाद्र २६ २०७४   .

  काठमाडौं भदौं २६  सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गर्ने र ज्यान मार्ने डर धम्की देखाई चन्दा रकम असुली गर्ने भारतीय एक अपराधीलाई रुपन्देही प्रहरीले आइतबार सार्वजनिक गरेको छ। भारत रक्सौल नपा १ मोतिहारीका अरविन्द यादव भन्ने बब्लु तिवारीलाई सार्वजनिक गर्दै रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज...

इतिहासकै जम्बो मन्त्रिमण्डल , अख्तियार लगाउनुपर्नेलाई मन्त्री 

भाद्र २६ २०७४   डी.आर.घिमिरे

डी.आर.घिमिरे। भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय भएको छ । यो नेपालको इतिहासमा अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हो । यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय थियो । जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार...

मधेस, चुनाव र राष्ट्रियता

भाद्र २६ २०७४   .

 मोहनविक्रम सिंह     लामो रस्साकस्सीपछि प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तह निर्वाचन हुँदैछ। निर्वाचित प्रतिनिधिले जनभावनाअनुसार काम गर्ने आधार तय हुन्छ हुँदैन, त्यो भविष्यको गर्भमा छ। मधेसमा निर्वाचनमा उम्मेदवारी चयनमा देखिएका कलाविहीन नाटकले मधेस समस्या हल हुन्छ भनेर विश्वास गर्ने आधार छैन। सर्वप्रथम मधेसका आम जनता र मधेसवादीबीच...

'दुई रुपैयाँ'को बम्पर ओपनिङ

भाद्र २५ २०७४   .

 काठमाण्डौ,  शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म 'दुई रुपैयाँ'ले बम्पर ओपनिङ गरेको छ । देशभरका करीब ७० बढी हलहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको फिल्मको दुई दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्मले दुई दिनमा कूल २ करोड ९ लाख ५ हजार २५ रुपैयाँ कलेक्न गरेको जानकारी प्राप्त भएको छ । प्रदर्शनको दुई दिन फिल्मले मल्टिप्लेक्स र ...

परराष्ट्रमन्त्री महराले चिनियाँ लगानीकर्तालाई भने, 'नेपालमा लगानीको राम्रो अवसर छ'

भाद्र २५ २०७४   रासस

काठमाडौं ,भदौ २५  | उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन्। ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भने, “दुई देशबीचको कनेक्टिभि...

भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पताल बनाउन पहल

भाद्र २५ २०७४   .

चितवन, भदौ २५– चितवनस्थित भरतपुर अस्पतालको सेवा प्रभावकारी वनाउन भरतपुर महानगरका प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् । अस्पताल अवलोकन गर्दे उनले विरामीवाट कुनैपनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी हुन् । दाहालले अधिकांश महिलाहरु भुइमै सुतेर उपचार गर्न वाध्य भएको देखेपछि तत्काल वेड थपी उपचार दिन अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा रुद्र म...

सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सांसदहरुको आक्रोश

भाद्र २५ २०७४   .

काठमाडौं, भदौ २५–सांसदहरुले सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद हर्कबोल राईले सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता रहने गरेकाले सरकार डराईरहेको आरोप समेत लगाए ।  व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै उनले  सुन तस्करी नियन्त्रण गर्न स...

प्रधानमन्त्री देउवा पाँचौ पटक मन्त्री मण्डल विस्तार गर्ने तयारीमा

भाद्र २५ २०७४   .

काठमाडौं ,भदौ २५– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तीनजनालाई समेटेर पाँचौ पटक मन्त्री मण्डल विस्तारको तयारी गरेका हुन् । देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट दिपक बोहरा, विक्रम पाण्डे र सुनिल थापालाई आफ्नो मन्त्रिमण्डलमा सहभागि गराउ...

राजा महेन्द्रले गर्न नसकेको काम केपीले गरेर देखाए – नेता पोख्रेल

भाद्र २५ २०७४   .

दाङ, भदौ २५ नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले राजा महेन्द्रले गर्न नसकेको काम केपी ओलीले गरेर देखाएको बताएका छन् । अाइतबार दाङको तुलसीपुरमा अायोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका पोख्रेलले राष्ट्रियताको सवालमा केपी ओलीले राजा महेन्द्रका भन्दा राम्रो काम गरेकै कारण सत्ताबाट हटाउने षडयन्त्र भएको दाबी ...

गुल्मीमा डेटोनेटर र सुतली बमसहित युवक पक्राउ

भाद्र २५ २०७४   .

गुल्मी  भदौ,२५ । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरेको हो । श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफि्टफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्...

जनप्रतिनिधिलाई गाडी सुविधा दिने सरकारको तयारी

भाद्र २५ २०७४   .

काठमाडौं,भदौ,२५  । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल थालेको हो । कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको अवस्थिति, क्षमता, भूगोल, आवश्यता र से...

फ्लोरिडाको तटसँग ठोक्कियो भयानक इरमाः कतै कर्फ्यू, कतै घर छोड्न आग्रह

भाद्र २५ २०७४   एजेन्सी

बीबीसी भदौ २५ चक्रवात आँधी इरमाको बाहिरी आवरण अमेरिकाको फ्लोरिडाको तटसँग ठोक्किएको छ । फ्लोरिडाका गर्वनर रिक स्कटका अनुसार फ्लोरिडा किजमा २ सय किलोमिटर प्रतिघण्टाको गतीमा हावा बहिरहेका छन् । हज्जारौं जनता आपत् शिविरमा आश्रय लिइरहेका छन् भने हज्जारौं घरमा बिजुलीको आपूर्ती बन्द छ । अटलान्टिकमा इरमा सँगसँगै चक्रवातीय आँधी होसे पनि छ । यो...

मधेशमा एमाले निषेध गर्न सक्ने कोही जन्मिएको छैन : माधव नेपाल

भाद्र २५ २०७४   .

महोत्तरी,भदौ २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतसामू लम्पसार परेको आरोप लगाएका छन् । आईतबार महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘शेरबहादुर देउवा र प्रचण्ड ...

पैसा खर्च गरेर चुनाव जित्नेको लक्ष्य भ्रष्टाचार नै हुन्छ : प्रचण्ड

भाद्र २५ २०७४   .

काठमाडौं, भदौ २५: पूर्व प्रधानमन्त्री एवम् माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताकाे भाेट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्ट्राचार मात्र गर्ने बताएका छन्। अाइतबार राैतहटकाे चन्द्रपुरमा अायाेजित चुनावी सभामा बाेल्दै अध्यक्ष प्रचण्डले भने, 'जनमतबाट डराएपछि भ्रष्टहरुले पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन्। यहाँ पन...

बुटवलमा व्यापार संगठनले कात्तिक ८ देखि १८ सम्म राष्ट्रिय औधोगिक प्रदर्शनी गर्ने

भाद्र २५ २०७४   .

बुटवल भदाै २४- नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रदर्शनी २०७४ आयोजना गर्नेभएको छ । यहाँको समग्र आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । संगठनको विहीबार बुटवलमा बसेको बैठकले प्रदर्शनीको लागि विभ...

७७ हजारमा भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी

भाद्र २४ २०७४   .

गौशाला,भदौ २४  । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् ।   चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन स...

मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने

भाद्र २४ २०७४   .

काठमाडौं भदौ,२४  । भदौको २७ गते अर्थात अागामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् । यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्स्याएर व्यवसायी बुकिङ खोलेका थिएनन् । आजको बैठ...

नुवाकोटको गुरुङ गाउँमा यात्रुबाहक बस दुर्घटना, ३ जनाको घटनास्थलमा मृत्यु

भाद्र २४ २०७४   .

काठमाडौं, भदौ २४ । नुवाकोटको गुरुङ गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस करीब १२ बजे टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका- ७ गुरुङ गाउँमा दुर्घटना भएको थियो। प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार ३ जन...

भदौ २४ गतेदेखि असोज ४ गतेसम्म प्रदेश नम्बर दुईमा अनुगमन गर्ने

भाद्र २४ २०७४   रासस

काठमाडौँ, भदौ २३। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताएका छन् । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र...
To Top