विशेष

आज राति १२ बजेदेखि मौन अवधि,सामाजिक सञ्जालमा पनि चुनावी प्रचार गर्न निषेध

असार ११ २०७४   .

काठमाडौ असार ११– दोस्रो चरणमा असार १४ गते १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको  छ । निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन ...

मतदाता परिचयपत्र वितरण शुरु

असार ११ २०७४   .

असार ११ । काठमाडौ– दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा आज गतेदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र असार ११ ,१२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ जना मतदाताहरुलाई ...

भैरहवाका मतादाताको चेतावनी : विकास विरोधीलाई मत दिइन्न

असार ११ २०७४   .

      भैरहवा, असार १० । सिद्धार्थनगर भैरहवामा अहिले चुनाबी गतिविधीले तिब्रता पाएको छ । दलहरुले उमेदवार सहित घरदैलो र बिभिन्न कार्यक्रम आज अन्तिम चरणमा पगेका छन् । १३ वटा वडा रहेको नगरको ८ नम्बर वार्ड सबैभन्दा धेरै मतदाता रहेको वार्ड हो । मतादाता संख्याको दृष्टिले निर्णायक मानिने उक्त वडाबासीले आसन्न नगरको निर्वाचनमा विकास विरोधीको खुलैरै विरो...

एमाले केन्द्रीय सदस्य एवं सांसद् लिम्बूको निधन

असार ११ २०७४   .

काठमाडौँ । नेकपा (एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको अर्बुद रोगका कारण गए राती धरानमा निधन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा...

एमाले महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा

असार ११ २०७४   .

 कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा कपिलबस्तु नेकपा (एमाले) ले मुश्लिम, थारु र महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा अघि सारेको छ । जसको कारण चुनावको मिति नजिकिदै गर्दा एमालेका उम्मेदवारप्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमालेले मायादेवी गाउँपालिकाको अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ । मुस्लिम समुदायका महिला बुर्का भित्र बस्न...

एमालेले ५६ प्रतिशत जित्ने माधव नेपालको दाबी

असार ११ २०७४   .

धनगढी असार ११–नेकपा एमालेका नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ५६ प्रतिशत जित्ने दाबी गरेका छन् ।  प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारका गतिविधि प्रष्ट नहुनाले जनतामा विचलन आई नेकपा एमालेलाई अत्यधि...

कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न संभव छैन: केपी ओली

असार १० २०७४   .

मोरङ ,असार १० ।–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन ।  देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने दाबी गरे । ओ...

सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जित्नै पर्छ ः भुसाल

असार १० २०७४   .

भैरहवा, असार १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जसरी पनि जित्नै पर्ने बताएका छन् । लामो इतिहास र विरासत बोकेको नगरले विकासमा फड्को मार्न नसक्नु विगतका जनप्रतिनिधिको कमजोरी भएको उनले बताए । एमाले सिद्धार्थनगर चुनाव प्रचार–प्रसार समितिद्वारा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भुसालले छिमेकी न...

एमालेले पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने: उपमहासचिव विष्णु पौडेल

असार १० २०७४   .

सैनामैना,असार १० । दोश्रो  चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिमात्र नभएर पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् । एमालेले पहिलो चरणमा जित हासिल गर्दा काँग्रेस र माओबादी मरिच जस्तै खुम्चीएको उनको भनाई थियो ।  रुपन्देहीको सैनौनामा नेकपा एमालले आयोजना गरेको बृहत चुनावी सभाला...

कपिलवस्तुको बुद्धभुमिवाट कांग्रेसका २ वागीले लिए उम्मेदवारी फिर्ता

असार १० २०७४   .

कपिलवस्तु,असार १०  । नेपाली कांग्रेस कपिलवस्तु बुद्धभुमि नगरपालिकाका मेयर पदका आधिकारीक उमेद्धार केशव कुमार श्रेष्ठ विरुद्ध वागि उमेद्धार दिएका २ जना प्रभावशालि नेताहरुले उमेद्धारी फिर्ता लिएका छन् ।  यसरी फिर्ता लिनेमा नेपाल दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार र नेपाल तरण दल क्षेत्रिय  कोषध्यक्ष मोहन प्रसाद आर्चायले उमेद्धारी फिर्ता द...
To Top