विशेष

ढुक्क भएर मतदान गर्नुस्:निर्वाचन आयोग

असार १३ २०७४   .

काठमाडौं असार १३  –स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका ह...

गृह प्रशासनको मार्गचित्र सार्वजनिक

असार १३ २०७४   .

काठमाडौं  असार १३ – गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन मार्गचित्र सार्वजनिक गरेका छन् । गृहमन्त्री शर्माले मंगलबार पत्रकार सम्मेलन गरी गृहप्रशासन सुर्धान आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँद्धागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्तिसुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता दिएका छन् । गृहमन्त्र...

मतदाता नामावलीमा नाम भए भोट हाल्न सरकारी कागजातलाई पनि मान्यता दिने

असार १३ २०७४   .

काठमाडौं असार १३– निर्वाचन आयोगले भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा...

बुटवलमा एसएसपी र एसपीको कमान्डमा निर्वाचन सुरक्षा टोली

असार १३ २०७४   .

बुटवल   |   निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीको बेस बुटवलमा स्थापना भएको छ । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा स्थापना भएको बेसबाट यस क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आवश्यक समन्वय, निर्देशन र अनुगमन गरिने समितिले जनाएको छ ।  बुटवलमा समितिले आयोजना गरेको सम्मेलनमा नेपा...

भरतपुर मतगणना काण्डः च्यातिएका मतपत्र सर्वोच्च पठाइयो

असार १३ २०७४   रासस

चितवन असार १३  । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मंगलबार काठमाडौं पठाएका छन् । भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद ...

१४ गतेको निर्वाचनमा ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आह्वान

असार १२ २०७४   .

असार १२ । काठमाडौं–सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सबै मतदान केन्द्रमा सुरक्षाको व्यवस्था सुदृढ रहेको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन सबै मतदातासँग आग्रह गरेका हुन् ।  सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पहिलो चरणको निर्वा...

दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी पूरा

असार १२ २०७४   .

काठमाडौं असार १२– असार १४ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।    प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते निर्वाचन हुन लागेको हो  ।    दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुने छ भने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतद...

नारायणगढ - मुग्लिन सडकखण्ड आजबाट नरोकिने : मतदान गर्न जाने यात्रुलाई सहज

असार १२ २०७४   रासस

चितवन असार १२ - सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ - मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ। विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँ...

मतदाता परिचयपत्र वितरण भइरहेको छ– आयोग

असार १२ २०७४   रासस

काठमाडौँ, असार १२– दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको...

तराई र पहाडको विभाजन रोक्न एमालेलाई मतः अध्यक्ष ओली

असार ११ २०७४   .

बुटवल ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको ट्राफिक चोकमा आयोजित विशाल चुनावी सभामा सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोध...
To Top