विशेष

दाउन्नेमा पहिरो ः  पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कार र ट्रक फसे

असार ३० 2077   ekhabarnepal

   बुटवल, असार ३० पूर्वपश्चिम राजमार्गमा पर्ने दाउन्नेमा अविरल वर्षासँगै पहिरो जाँदा मंगलबार बिहान तीन बजेदेखि नै यातायात ठप्प भएको छ ।  नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी दीपक रेग्मीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित दाउन्नेमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो।    पहिरोका कारण सडकमा गुड्दै गरेको ...

सुन्दर यातायातले पुरानै भाडादरमा काठमाडौँमा बस चलाउने

असार २९ 2077   ekhabarnepal

काठमाडौं,असार २९ काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्‍चालन गर्ने भएको छ। यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘ देश तथा विदेशभर कोरोना भइरहेको अवस्थामा सुन्दर यातायातले प्रत्‍येक यात्रुको ज्वरो परीक्षण गरेर मात्र यात्रुलाई सवार ...

अपमानजनक र अनैतिक सामग्री प्रसारण भएकोमा भारत सरकारलाई ध्यानाकर्षण पत्र

असार २९ 2077   ekhabarnepal

काठमाडौँ, असार २९ गते । भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी दिनमा नेपाल र नेपाली विरुद्धका य...

सलह भारत हुँदै पुनः आउने सम्भावना

असार २८ 2077   ekhabarnepal

काठमाडौँ, असार २८ गते । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सलह अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो ।...

प्रधानमन्त्रीले देशवासीका नाममा गरेकाे सम्बाेधन (पूर्णपाठसहित)

असार २६ 2077   ekhabarnepal

दलभित्र हुने बहस र विवाद  नेताहरूले छलफलबाटै सुल्झाउने   असार २६, आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,  आज म यहाँहरूसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु। केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पुर्‍याएको क्षतिको जानकारीले मल...

वर्षाले म्याग्दीमा बेलिब्रिज बगायो , २० जना सम्पर्क बिहीन, 

असार २६ 2077   ekhabarnepal

बेनी, असार २६ गते । बिहीबार देखिको अविरल वर्षात्का कारण हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा २० जना वेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६, मराङको रिखा, घण्टीबाङ राम्चेर कल्लेनी तथा मालिका गाउँपालिका बिममा पहिरो धनजनको क्षति गराएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कु...

 भारतीय न्युज च्यानलको प्रसारण बन्द

असार २५ 2077   ekhabarnepal

काठमाडौं, असार २५ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले आज साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेका हुन । मेगा म्याक्स टिभी उपाध्यक्ष ध्रुव शर्माका  अनुसार नेपालबिरुद्ध भारतीय न्यूज च्यानल आपत्तिजनक रुपमा प्रस्तुत भएपछि बन्द गर्ने निर...

सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन हुने

असार २५ 2077   ekhabarnepal

काठमाडौं, असार २५ गते । सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले ...

आजदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण, चनाखो रहन आग्रह

असार २५ 2077   ekhabarnepal

काठमाडौं, असार २५ आज (बिहीबार) देखि तीन दिनसम्म वर्षाको मात्रा निकै बढ्ने मौसमविद्ले अनुमान गरेका छन्।  दक्षिण भारतीय क्षेत्रमा रहेको मनसुनको न्यून चापीय रेखा उत्तर अर्थात् नेपालतर्फ नजिकिएकाले कम्तीमा अबका तीन दिन लगातार वर्षा हुने सम्भावना देखिएको हो। गृह मन्त्रालयले बिहीबारदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै  सेना, नेपाल प्रहरी,...

 अमेरिका अलग भयो डब्लूएचओसँग

असार २४ 2077   ekhabarnepal

  बीबीसी काठमाडौं, असार २४ अन्ततः अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ। कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए। त्यसपछि डब्लूएचओका महानिर्देशक ड...

मृत्यु भयो भनिएका बिरामी निको भएर घर फर्किए

असार २४ 2077   ekhabarnepal

(रासस) चितवन, असार २४ उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका...

रुपन्देहीमा ३ लाख विरुवा रोपिदै

असार २३ 2077   ekhabarnepal

बुटवल, असार २३ डिभिजन वन कार्यालय रुपन्देहीले यो वर्ष झण्डै तीन लाख विरुवा रोप्ने तयारी गरेको छ । यो वर्ष मौसम अनुकुल भएकोले पनि वृक्षारोपणका लागि उपयुक्त हुने विश्वास डिभिजन कार्यालय प्रमुख वोधराज सुवेदीको छ । असार २१ गते आइतवारदेखि कार्यालयले विरुवा वितरण गर्न शुरु गरेको छ । अहिले शितल चिनी, अमला, अश्वगन्धा, टिक, कपुर, जामुन, अर्जुन, मसला, ह...

सरिता गिरीलाई कारवाही गर्ने समाजवादीको निर्णय, निर्णय अवैधानिक भएको  दाबी  

असार २३ 2077   ekhabarnepal

   काठमाडौं, असार २३ संघीय समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ। ‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको सम्बन्धमा सरिता गिरीको अभिव्यक्तिबारे समाजवादी पार्टीको सो निर्णय संसदलाई जानकारी दिइने’ सो पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जनाएका छन्। पार्टी ह्वीपको उ...

एआइजी शैलेश थापा नयाँ महानिरीक्षक, बिहीबारदेखि जिम्मेवारी

असार २३ 2077   ekhabarnepal

काठमाडौं- सरकारले अतिरिक्त महानिरीक्षक- एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक-आइजिपीमा बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्। २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन्। थापा र पालले एकै दिन अर्थ...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु

असार २१ 2077   ekhabarnepal

  रासस/एएफपी काठमाडौं, असार २१  कोरोना भाइरस ‘कोभिड १९’ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ५५५ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख ७ हजार ५४० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ। नेपाली समयानुसार शनिबारसम्म प्राप्त समाचारअनुसार कोरोना भ...

अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार 'हुन सक्ने'

असार २१ 2077   ekhabarnepal

बीबीसी  भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ। परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो। भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन्। क्लीनीकल ...

गुल्मीमा पहिरोको वितण्डा ः डेड वर्षे शिशु र ७ वर्षीया छोरीको मृत्यु

असार १९ 2077   ekhabarnepal

बुटवल ,असार १९ ।  गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्रीको पनि पहिरोमा परेर मृत्यु भएको छ  . अन्य पाँच जना घाइते भएका छन् । गुल्मीका डीएसपी ...

नेकपाका दोस्रो पुस्ताको नेताहरुको युद्धविराम गर्न अपिल  

असार १९ 2077   ekhabarnepal

 काठमाडौं ,असार १९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले नै पार्टी विभाजनको संघारमा पुग्न लागेको संकेत दिइरहेकै वखत् दोस्रो पुस्ताका दुवै पक्षका नेताहरु एकै ठाउँमा भेला भएर पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका छन् । आज शुक्रबार दुबैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेर पार्टी एकता जोगाउन जोड दिएका छन् ।  जनार्दन श...

नेपाल  न्यून आयवाट निम्नमध्यम आय वर्गमा उक्लियो

असार १९ 2077   ekhabarnepal

काठमाडौं, असार १९  नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आम्दानी (प्रतिव्यक्ति कुल राष्ट्रिय आय)  भएका मुलुकहरू न्य...

जवजको कार्यक्रममा युद्ध कार्यनीति मेल खाएन कि ?

असार १८ 2077   ekhabarnepal

बलवहादुर आचार्य कार्यक्रमलाई सफलतामा पुराउन का लागि कार्यनीतिको महत्वपूणृ भूमिका हुन्छ । कार्यक्रम एउटा कार्यनीति अर्को प्रयोग गर्ने हो भने या त बस्तुको अवस्थामा स्थिरता आउछ या त दुर्घटना नै हुन्छ ।  अहिलेको अवस्था ठिक यस्तै भएको छ । जवजको कार्यनीति शक्ति संचयको कार्यनीति हो शक्ति क्षयको कार्यनीति होइन । शक्ति संचयका लागि विचार र कार्यक्रममा प...

चट्याङ लागेर बारामा चार जनाको मृत्यु, सात घाइते

असार १८ 2077   ekhabarnepal

कलैया, असार १८ गते । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँ पालिकामा बिहीबार बिहान चट्याङ लगेर चार जनाको मृत्यु भएको छ, सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार दुई दुवै स्थानमा बिहान खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर कलैया नपाको शीतलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा ...

 नेकपा एमालेमा २१ पदाधिकारी, चुनाव चिह्न– उदाउँदै गरेको सूर्य (नामावलीसहित)

असार १७ 2077   ekhabarnepal

बुटवल, असार १७ नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा परेकाे निवेदनमा २१ जना पदाधिकारी रहेका छन् । निवेदनमा पार्टीको चुनाव चिह्न भने हिमालमा उदाउँदै गरेको घाम राखिएको छ ।  आयोगले १४ असारमा दल दर्ताको निवेदन परेको जनाएको छ । दलको पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी’ राखिएको छ । नाममा कतै पनि कमा, फुलस्टप नरहेको आय...

लुम्विनी प्रादेशिक अस्पतालमा डेढ करोडको लगानीमा पिसिआर परिक्षण शुभारम्भ

असार १६ 2077   ekhabarnepal

बुृटवल असार १६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पिसिआर मेसिन जडान गरिएपछि कोरोना परीक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । अहिलेसम्म कोरोना भइहालेमा पिसिआर परीक्षण हुन नसकेकोले सरकारको ब्यापक आलोचना हुँदै आएको थियो ।  पिसिआर मेसिनको शुभारम्भ गर्दै प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताल सुधारका लागि सरकारले कुनै कसर ...

महामारी अन्त्यबाट हामी अझै टाढा छौं,  महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम 

असार १६ 2077   ekhabarnepal

  काठमाडौं, असार १६ विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेकाे छ। जम्मा ६ महिनामा ५ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेकाे छ। काेराेना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेकाे छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको म...

अव नेपालको बिकासलाई यसरी सूत्रबद्ध गर्नुपर्छ

असार १५ 2077   ekhabarnepal

डा.युवराज संग्रौला १. अमेरिकी गृहयुद्धमा लाखौं मानिस मरे। अर्थतन्त्र ध्वस्त भयो। जब युद्ध समाप्त भयो, उनीहरुले उत्पादनको अभियान चलाए। छोटो समयमा अमेरिका कटन उत्पादन त निकासी गर्ने एक नम्बर देश भयो। सम्पूर्ण युरोपमा अमेरिकाको बजार स्थापित भयो। कृषि उत्पादन नै अमेरिकी अर्थतन्त्रको आधार बन्यो। एक समय भारतको कटन बजारले बिश्वको ८५ प्रतिसत माग पूरा ग...

विद्युुतीय बस खरिद तथा सञ्चालन प्रक्रिया सुुरु

असार १५ 2077   ekhabarnepal

काठमाडौँ, असार १५ गते । सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा यातायातले उक्त रकम सरकारलाई फिर्ता गरिसकेको छ । काठमाडौँ उपत्यकासहित मुलुकका अन...

थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो

असार १४ 2077   ekhabarnepal

काठमाडौं, असार १४ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १०५ जना महिला र ३५८  जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघा...

नक्शा जारी गर्दा सरकार फेरिने हाम्रो कमजोर राष्ट्रियता होइन : प्रम   

असार १४ 2077   ekhabarnepal

रासस  काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापे वापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय ल...

मध्यरातमा भएको कार दुर्घटनामा पत्रकार पाण्डेको दुःखद मृत्यु

असार १४ 2077   ekhabarnepal

  बुटवल,असार १४ । शनिवार राती सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेले ज्यान गुमाएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(भैरहवा सडक खण्डको ड्राइभर टोलमा राती भएको सवारी दुर्घटनामा परी न्यूज २४ का रिपोर्टर कृष्णबाबुले ज्यान गुमाएका हुन् ।  उनी तिलोत्तमा वडा नं. १ नयाँमिल निवासी हुन् ।  बुटवलदेखि आफ्नो निवास तर्फ जाँदैग...

विलक्षण प्रतिभाका धनी क.मदन भण्डारीै  

असार १३ 2077   ekhabarnepal

वलवहादुर आचार्य सफल व्यक्तित्वहरु कुनै नयाँ काम गर्दैनन बरु उनीहरुले त्यहि कार्य नयाँ तरिकावाट गर्दछन भनिन्छ । कुशल नेतृत्व र अदभुत क्षमता भएका मानिसहरुलाई कुनै पनि कार्य अरुको तुलनामा ज्यादै छिटो र ज्यादै सुव्यवस्थित रुपमा सम्पन्न गर्दछन भन्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनका सफल व्यक्तित्व कमरेड मदन भण्डरीको जीवनकालवाट पनि प्रमाणित हुन्छ । उ...

 नेपाल छिर्‍यो सलह, कृषि मन्त्रालयको आकस्मिक बैठक

असार १३ 2077   ekhabarnepal

काठमाडौं, असार १३ भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ। बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ। भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ। ‘कृषि...

नेपाल चीन सीमा विवाद  ः विषयान्तर गर्ने प्रयास 

असार १३ 2077   ekhabarnepal

रतन भण्डारी यतिबेला नेपाल चीनबीच सीमा विवाद रहेको भन्दै लिम्पियाधुरा सीमा अतिक्रमणलाई विषयान्तर गर्ने प्रयास भएको छ । "सीमासम्बन्धी प्रमाण खोज्ने सरकारी समिति"का सदस्य रमेश ढुंगेल नै २०१७ सालसम्म नेपालकै रहेको गोरखाको रुई र तेघागाउँ विना सम्झौता फँसेर तिब्बततिर परेको भन्दै बोलिरहेका छन् । नेपाल चीनबीच बिगतमा भएका सीमा सन्धि सम्झौताको अध्ययन न...

२४ घण्टामा  ४३४ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

असार ११ 2077   ekhabarnepal

काठमाडौं,असार ११ । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन्। योसहित नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। संक्रमितमध्ये दुई हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म २६ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

चट्याङ लागेर सातको मृत्यु, तीन घाइते

असार ११ 2077   ekhabarnepal

राजविराज, असार ११ गते । सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । चट्...

सैनामैनाको बजेट पौने ७१ करोड, बिदेशबाट फर्केका युवालाई नगरपालिकाले रोजगारी दिने

असार १० 2077   ekhabarnepal

  बुटवल ,असार १० । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख बिना रानाले बुधबार नगर सभामा उक्त बजेट सार्वजनिक गरेकी हुन् । उप प्रमुख रानाले प्रस्तसत गरेकी बजेट अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्य...

बुटवल उपमहानगरको बजेट दुई अर्ब एक करोड, तिलोत्तमा नगरको  १ अर्ब ८९ करोड २६ लाख

असार १० 2077   ekhabarnepal

बुटवल, असार १० । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि दुई अर्ब एक करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ । यो गत आवको भन्दा झण्डै ११ करोड बराबरले बढि हो । संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुद...

 कोरोना संक्रमितको संख्या १० हजार ७२८ , २४ घण्टामा ६२९ संक्रमित 

असार १० 2077   ekhabarnepal

   काठमाडौं, असार १० नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना पुष्टि भएको बताए। पछिल्लो २४ घण्टामा ६ हजार ८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितमध...

पाल्पामा मौरीपालन प्रबर्द्धन कार्यक्रम

असार १० 2077   ekhabarnepal

- रासस रामपुर,असार १०  । पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ ।  कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ । जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ ।...

कोरोनाविरुद्धको औषधि बनाएको बाबा रामदेवको दाबी

असार ९ 2077   ekhabarnepal

नयाँ दिल्ली,असार ९ । बाबा रामदेवको कम्पनी पतञ्‍जलि आयुर्वेदले कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छ । बाबा रामदेवको कम्पनीले बनाएको यस औषधिको नाम 'कोरोनिल' राखिएको छ । यो औषधि विभिन्‍न जडिबुटीबाट बनाइएको बताइएको  छ । यस औषधिलाई २८० कोरोना संक्रमितमा परीक्षण गरिएको बताइएको छ ।  यस औषधिले पार्ने असर अथवा संक्रमण ठिक भएको भन्‍ने विषयमा कुनै अन्...

कोरोना संक्रमण १००९९, २४ घण्टामा ५ सय ३८ जनामा  कोरोना संक्रमण, निधन २४ 

असार ९ 2077   ekhabarnepal

काठमाडौँ,असार ९,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको बताएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ । डाक...

वैज्ञानिक वन ब्यवस्थापनको औचित्यमाथि प्रश्न

असार ९ 2077   ekhabarnepal

डी.आर. घिमिरे  वैज्ञानिक वन ब्यवस्थापनको उपयोगितावारे अहिले देशैभरी वहस शुरु भएको छ । वैज्ञानिक वनका नाममा अन्धाधुन्ध रुख कटानी गरिएपछि सरकार र संसदको सार्वजनिक लेखा समितिले अलग अलग छानविन समिति वनाएका छन् भने यता बुटवलको शिवनगर सामुदायिक वन उपभोक्ता समुह छानविनको दायरामा रहेको वैज्ञानिक वनमा प्रवेश गर्न खोज्दैछ । उपभोक्ताहरुले वषौं लगाएर वँचा...

  प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना 

असार ९ 2077   ekhabarnepal

बुटवल, असार ९ केही दिनदेखि जारी वर्षा अझै तीन दिनसम्म नरोकिने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मंगलबार बिहान पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको...

बुटवलको नीति कार्यक्रममा   स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा 

असार ९ 2077   ekhabarnepal

बुटवल, असार ८ । बुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कर्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसका साथै बृहत बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  उपमहानगर...

पर्यटन व्यवसाय सञ्चालनका लागि बनाइयो कार्यविधि

असार ८ 2077   ekhabarnepal

काठमाडौं,असार ८। कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई कसरी सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालन गर्ने भन्नेबारे पर्यटन व्यवसाय सञ्चालन कार्यविधि ‘अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म’ बनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइ तथा निजी क्षेत्रसँगको सहकार्यमा उक्त कार्यविधि तयार पारिए...

गुडिरहेको कार पहिरोले पुर्दा पाल्पामा दुईजनाको मृत्यु

असार ८ 2077   ekhabarnepal

तानसेन, असार ८ पाल्पामा पहिरोले गुडिरहेको कार पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। तानसेन नगरपालिका वडा नं. ११, सम्मोबारीमा भीषण वर्षासँगै आएको पहिरोले कार पुरेको हो। सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको प्रहरीले जनाएको छ। अहिले उक्त स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीक...

त्रिनगर नाकाबाट भित्रिए ८३ हजार नेपाली 

असार ७ 2077   ekhabarnepal

कैलाली,असार ७,   कैलालीको त्रिनगर भन्सार सिमाना भई भित्रिने नेपालीको उद्धार कार्य अहिले पनि जारी छ। कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन।  उक्त नाकाबाट हालसम्म ८३ हजार २० जना नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।...

खण्डग्रास सूर्यग्रहण आज

असार ७ 2077   ekhabarnepal

काठमाडौँ, असार ७ गते । आइतबार बिहान १० बजेर ५४ मिनेटदेखि खण्डग्रास सूर्यग्रहण लाग्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । काठमाडौँमा बिहान १० बजेर ५४ मिनेट, पोखरामा बिहान १० बजेर ५२ मिनेट, महेन्द्रनगर कञ्चनपुरमा बिहान १० बजेर ५४ मिनेट, जनकपुरमा बिहान १० बजेर ५६ मिनेट र भद्रपुर झापामा बिहान ११ बजेर ५२ म...

विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवा

असार ६ 2077   ekhabarnepal

रासस / सिन्ह्वा  रोम, असार ६ गते । कोरोना भाइरस महामारी नभएको भए यसै वर्षको जुन ९ मा आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गर्नुभएको छ । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेको कपुसिओनीले बताउनुभयो । “हामी ...

दुर्गाखोलाको पुल वगाउँदा क्षति

असार ६ 2077   ekhabarnepal

सन्धिखर्क, असार ६ हिजो देखि परेको अबिरल बर्षाका कारण अर्घाखाँचीको  पाणिनि गाउपालिकाको  दुर्गाखोलामा निर्माणाधीन पुलको क्षति भएको छ ।  सालझन्डि सन्धिखर्क ढोरपाटन सडक अन्तरगत दुर्गाखोलामा निर्माण हुन लागेको पुलमा बाढि आएपछि सामानहरु खोलाले बगाएर लैजादा लाखौंको क्षति भएको छ । पुलको काम गर्ने जिम्मेवारी पाएको अर्घाखाँची पुस्पाजेभि का सञ्चालक नार...

अर्घाखाँचीमा पहिरोले घरगोठ पुर्यो, घरपालुवा जनावरसहित १५ लाखको क्षति 

असार ६ 2077   ekhabarnepal

सन्धिखर्क, असार ६  रातीदेखि आएको अविरल वर्षाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा गएको पहिरोले घरगोठ भत्काउँदा भैंसी, वाख्रा र नगदसहित १५ लाखभन्दा बढीको क्षति भएको छ ।  नरपानीको जगत निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको एउटा लैनो भैंसी दुइवटा बाख्रा, दुई वटा खसी र कोठामा रहेको २ लाख नगद , ८ तोला सुन, ...
← Previous 1 3 4 5 6 7 8 9 99 100
To Top