समाज

छोराको कुटाइबाट आमाको मृत्यु

भाद्र १४ २०७४ रासस

चितवन, भदौ १४-भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार...

चितवन : पाँच वर्षको अन्तरालमा १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि

भाद्र १४ २०७४ रासस

चितवन ,भदौ १४- जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो पाँच वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिनुभयो । दूध उत्पादनका हिसाबले चितवन अब्बल ...

चुनाव दुई चरणमा, मंसिर १० र २१ गते गरिने

भाद्र १४ २०७४ D.R. Ghimire

काठमाडौं,भदौ १४ । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेका लागि अर्को मिति तय गरेको छ ।  सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गर...

कुलेश्वरको कारबाटिकाको गोदाममा भिषण आगलागी

भाद्र १३ २०७४ .

काठमाडौं, भदौ १३– काठमाडौंको कुलेश्वरस्थित कारबाटिकाको गोदाममा भीषण आगलागी भएको छ । कुलेश्वरस्थित ग्लोबल बैंकको अलाडि रहेको रामकृष्ण बैदारको कारबाटिकाको गोदाममा साढे चार बजेतिर आगलागी भएको हो । महानगरपालिकाको तीन वटा दमकल र १० वटा पानी ट्याङकर आगो निभाउन परिचालन भएको प्रहरी कार्यालय कालीमाटीले जनाएको छ । आगो अझै पनि नियन्त्रणमा नआएको प्रहर...

जनकपुरलाई महानगरपालिका घोषणा गर्ने सरकारको तयारी

भाद्र १३ २०७४ .

वीरगन्ज  भदौ,१३। प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालयहरु समेत स्थापना भइसकेको अवस्थामा सरकारले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्ने तयारी गरेको छ । उम्मेदवार मनोनयन दर्ताको एक सातामात्र अगाडि जनकपुरलाई महानगर घोषणा गर्न लागिएको सत्तारुढ फोरम लोकतान्त्रिकका महामन्त्री भारतेन्दूकुमार मल्लिकले खुलासा गरेका ...

सेनाले सुनौलो इतिहास रच्ने...

भाद्र १३ २०७४ रासस

काठमाडौँ, भदौ १३ । - नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फाष्ट ट्रयाक० को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना ९फाष्ट ट्रयाक० निर्माणला...

सांस्कृतिक केन्द्र बनाउन प्रवासी नेपाली मन्च अमेरिकाको सहयोग

भाद्र १२ २०७४ .

भदौ १२, न्यूयोर्क । रिजवुड नेपाली समाजले आयोजना गरेको महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले एक लाख ११ हजार १११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेकोछ । करिब एक करोड ११ लाख १११ रूपैयाँ बराबरको चेक (धनादेस ) रिजउड नेपाली समाजलाई महापुराणमा रकम हस्तान्तरण गरेको हो । विश्व भर स्थापित अन्य संघ-संस्थाले प्रवासी नेपाली मन्च अमेरिकाले गरेको उत्प्रेर...

नवलपरासीमा बाढीले कृषिमा ७८ करोडको क्षति

भाद्र १२ २०७४ .

परासी,भदौ १२ - नवलपरासीमा बाढीले कृषि क्षेत्रमा करिब ७८ करोड रुपैयाँकोे क्षति पु¥याएको छ । बाढीले खतबारीमा लगाएको अन्नबाली नष्ट भएको छ । धानबाली, तरकारी र माछा पालनमा समेत बाढीले क्षति पु-याएको छ । दुई साता अगाडी बर्षा र स्थानिय खोलाको बाँध फुटेर गाउँगाउँमा पसेको बाढीको निकास हुन नपाएपछि खेतमै पानी जमेर अन्नबाली नष्ट भएको हो । सिमावर्ति प्...

निर्बाचन क्षेत्रको नाममा उपमहानगरबाट अगल्याउने प्रयास गरेको मोतिपुरबासीको आपत्ती

भाद्र 10 २०७४ .

बुटवल,भदौ १० । निर्बाचन क्षेत्र निर्धारण आयोगले गरेको निर्बाचन क्षेत्रको पूर्नगठनले आफूहरुलाइ बुटवल उपमहानगरबाट अगल्याउने प्रयास गरेको भन्दै मोतिपुरबासीले आपत्ती जनाएका छन् । साबिक मोतिपुर हाल बुटवल  १७ ,१८ र १९ का स्थानीयले आफूहरुको भूगोल ,सामाजिक तथा सांस्कृतीक सम्बन्ध कायम रहेकाले बुटवल उपमहानगरसंगै एउटै निर्बाचन क्षेत्रमा राख्न अनुरोध गरेक...

दूध बेचेर घर फर्कदा आक्रमणमा परेका वडा अध्यक्ष कोइरालाको मृत्यु

भाद्र 10 २०७४ रासस

काभ्रे,  भदौ १०  । धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति मृत्यु भएको छ। गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते हुनुभएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलि...
To Top