समाज

चितवन  बस दुर्घटनामा १२ घाइते

असोज ३० २०७५   ekhabarnepal

  रासस चितवन,असोज ३०  |  भरतपुर आँपटारी देवघाट सडकखण्डमा मंगलबार बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो । दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।...

हाम्रो परम्परा : आँखाको पट्टि खोल्न होडबाजी

असोज ३० २०७५   ekhabarnepal

बुटवल । रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका देवी देवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न यहाँ होडबाजी हुने गरेको छ । दशैँ अर्थात् नवदुर्गा पूजा शुरु भएपछि स्थानीयवासीले भजनकीर्तनसहित हर्षउल्लासका साथ पूजाआजा गर्ने चलन छ । पूजाअर्चनाका लागि बनाइएको देवीदेवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न स्थानीयवासीले रु ५० हजारदेखि रु एक लाख...

दशैंलाई लक्षित गर्दै राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

असोज ३० २०७५   ekhabarnepal

चितवन, ३० असोज । जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तर...

नेता एवं पूर्वमन्त्री बास्तोलाको निधनप्रति दुःख व्यक्त

असोज २९ २०७५   ekhabarnepal

काठमाडौं,२९ असोज । पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । संस्थाका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले...

प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधि ‘जमरा’को जुस पिउने बढे

असोज २८ २०७५   ekhabarnepal

काठमाडौँ, असोज २८ गते । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ ।  मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो ।  नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रक...

कात्तिक १२ गते मलेसियासँग श्रम सम्झौता, कामदारको टिकट  रोजगारदाताले नै व्यवस्था गर्ने

असोज २८ २०७५   ekhabarnepal

मानव संशाधनमन्त्री एम कुलेसागरन काठमाडौं आउने  काठमाडाैं असोज २८   नेपाली कामदार मलेसिया जान ठप्प भएपछि नेपाल सरकार र मलेसियन सरकारबीच आगामी कात्तिक १२ गते श्रम सम्झौता हुने भएको छ। श्रम सम्झौताका लागि मलेसियन मानव संशाधनमन्त्री एम कुलेसागरन काठमाडौं आउने कार्यक्रम तय भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ। मलेसिया जाने कामदारब...

बुटवलमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण

असोज २७ २०७५   ekhabarnepal

   रासस बुटवल,असोज २७ । ४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र शनिबार  वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।  बुटवल उपमहानगरपालिकाका प्रमुख शिव...

बस दुर्घटनामा दुईको मृत्यु !

असोज २६ २०७५   ekhabarnepal

बेत्रावती, रासस । नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।  बा १ ख ६३५६ नंको बस...

दशैँ नजिकिएसँगै 'उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा  बृद्धि '

असोज २६ २०७५   ekhabarnepal

काठमाडौं असोज २६, दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार...

निहारिकालाई मदन पुरस्कार र मानन्धरलाई जगदम्बा–श्री प्रदान

असोज २६ २०७५   ekhabarnepal

  ललितपुर,आश्विन २६ — महिला अधिकारका लागि आफूसहित ६७ अनुयायीसँगै जीवन त्याग गरेकी योगमाया न्यौपानेमाथि लेखिएको ‘योगमाया’ उपन्यासका लागि नीलम कार्की निहारिकालाई वर्ष २०७४ को मदन पुरस्कार प्रदान गरिएको छ । उपन्यासकार नीलम कार्की निहारिकालाई मदन पुरस्कार अर्पण गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित । (तल) बालसाहित्यका स्रष्टा शान्त...

 राजनीतिक हस्तक्षेप अस्वीकार्य : प्रमुख आयुक्त

असोज २६ २०७५   ekhabarnepal

पोखरा, असोज २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगको कामकारवाहीमा राजनीतिक गन्ध आउन नदिने बताउनुभएको छ । सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित अन्तरक्रियामा उहाँले भ्रष्टाचार गर्ने जोकोहीलाई नछाडिने बताउनुभएको हो । आयोगको काममा सरकारी र राजनीतिक दबाब नरहेको स्पष्ट पार्दै उहाँले अख्त...

उपचारका क्रममा 'पत्रकारलाई ५० प्रतिशत छुट' 

असोज २५ २०७५   ekhabarnepal

बाँके । कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ ।  अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए। दश शय्याबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताए । न्यूरोडम...

जनकपुरमा आइपुग्यो रेल 

असोज २५ २०७५   ekhabarnepal

धनुषा असोज २५,   भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल बुधबार जनकपुर आइपुगेको छ । बुधबार अपराह्न ब्लास्ट बोकेको ५३ र्याकसहित रेल जनकपुर आइपुगेको हो ।  रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रे...

निर्मला हत्याकाण्ड: एसपीका छोराले प्रधानमन्त्रीलाई लेखे यस्तो खुलापत्र 

असोज २५ २०७५   ekhabarnepal

काठमाडौं । निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् । पत्रमा किरणले आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि बताएका छन् । उनले सामाजिक सञ...

किशोरीलाई आत्मरक्षा तालिम

असोज २४ २०७५   ekhabarnepal

रोल्पा । किशोरीमाथि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालिम  सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता रहेको सो तालिमका सहभागीलाई प्रशिक्षकको रुपमा गाउँ÷गाउँमा गएर सीप हस्तान्तरण गर्ने बताइएको छ तालिममा तेक्वान्डो र जुडो सम्बन्धी आधारभूत सीप हस्...

निर्मला हत्या प्रकरण: एसपी विष्टमाथि कारबाही प्रक्रिया अघि बढयो

असोज २४ २०७५   ekhabarnepal

काठमाडौं, २४ असोज । १३ वर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहर...

समाधान गरिँदैछ विद्युत् आपूर्तिको समस्या

असोज २४ २०७५   ekhabarnepal

काठमाडौं,२४ असोज । नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि सवस्टेसनमा ६३ एमभिएको नयाँ...

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु

असोज २४ २०७५   ekhabarnepal

काठमाडाैं |  टीकाको साइत कात्तिक २ गते बिहान ९: ५१ मा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ...

निर्मला हत्या प्रकरण:थप दुई प्रहरी निलम्वित

असोज २२ २०७५   ekhabarnepal

काठमाडौं असोज २२,  निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । निलम्वनमा पर्नेमा प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् । उनीहरुका गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले बताएका छन् ।  चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन । यसअघि क...

टिपर दुर्घटनाहुदा एकको मृत्यु,दुई घाइते

असोज २२ २०७५   ekhabarnepal

चौतारा, रासस । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएक...

विश्वको सर्वोच्च शिखर 'सगरमाथाको उचाइ पुनः नापजाँच गरिँदै' 

असोज २२ २०७५   ekhabarnepal

काठमाडौं । नेपालको गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिन्छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुन सक्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् । सगरमाथाको उचाइबारे नेपाल र चीनको धारणा पनि छुट्टाछुट्टै छ ।  तर, वास्तविकता के हो भन्न...

निर्मला हत्या प्रकरण: प्रहरी नेतृत्वको लापरवाहीकै कारण हत्यारासम्म पुग्न सकस 

असोज २२ २०७५   ekhabarnepal

भीमदत्तनगर असोज २२,   कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारी...

त्रिविविमा विद्यार्थीको उत्तर पुस्तिका नै हराएपछि 

असोज २१ २०७५   ekhabarnepal

काठमाडौं असोज २१,   त्रिभुवन विश्व विद्यालयमा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पुस्तिका नै गायब भएको छ । त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण उत्तर पुस्तिका नै गायब भएको हो । नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि विद्यार्थीहरु...

११ प्रहरी अधिकृत डिआइजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

असोज २१ २०७५   ekhabarnepal

काठमाडौं असोज २१, नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। शनिबार बसेको बढुवा समितिले ती प्रहरी अधिकृतको बढुवा गर्न सिफारिस गरेको हो।  

ट्याङ्कर दुर्घटनामा परि ५० जनाको मृत्यु !

असोज २१ २०७५   ekhabarnepal

काठमाडौं असोज २१,   प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौँ मानिस घाइते हुनुका साथै ठूल...

जुवाखालमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा 'दुईको मृत्यु' 

असोज २० २०७५   ekhabarnepal

काठमाडौँ असोज २०,  कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा...

आज दैलेखमा ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

असोज १९ २०७५   ekhabarnepal

काठमाडौं असोज १९,   दैलेखमा ४ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको बताइएको छ । यसअघि असोज ३ गते पूवी रुकुमलाई केन्द्र बनाएर ४ म्याग्निच्युटको भुकम्प गएको थियो । असोज महिनामा पश्चिमा केन्द्रविन्दु बनाएर गएको यो ...

यस्तो छ वास्तविकता:युवाको हातमा छ काटिएको टाउको  

असोज १९ २०७५   ekhabarnepal

काठमाडौं असोज १९,    पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भएसँगै बलात्कारीलाई कडाभन्दा कडा कारवाहीको माग भइरहेको छ । यसै सन्दर्भमा केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न फेसबुक ग्रुपहरुमा एउटा भिडियो भाइरल भएको छ । जसमा एकजना युवकले शरीरबाट छुट्टिएको टाउको हातमा बोकेर हिँडिरहेको देखिन्छ र उनी प्रहरी चौकी सम्म पुग्छन् । उनको सर्टमा रगत लतपतिएको ...

मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताबिनानै सञ्चालनमा 

असोज १९ २०७५   ekhabarnepal

मेलम्ची असोज १९,   सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा ५५५ व्यवसायमध्ये ३० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको छ । अनुगमन समितिका संयोजक रामबहादुर लामाले प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न...

 सेवालाई प्रभावकारी बनाउन नगरवासीको तथ्याङ्क सङकलन

असोज १९ २०७५   ekhabarnepal

काठमाडौं । सेवालाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ ।  पानी, बिजुली, सुरक्षा, फोहरमैलाजस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ बसोवास गर्ने नागरिकको पनि लिइने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।   काठमाडौंमा कति घर छन्, ती घरमा कति मानिस बस्छ...

किष्ट बैंकका पूर्व-प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ  

असोज १९ २०७५   ekhabarnepal

काठमाडौं, असोज १९ तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो। ...

 सेवाग्राहीलाई  हैरानी पार्ने' १४ जना बिचौलिया पक्राउ'  

असोज १८ २०७५   ekhabarnepal

काठमाडौं । काठमाडौं सोल्टीमोडस्थित श्रम कार्यालयमा वैदेशिक रोजगार जाने व्यक्तिहरुलाई श्रम गरीदिने भन्दै सेवाग्राहीलाई अनावश्यक हैरानी दिने १४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका १४ का २४ वर्षीय उज्वल पन्थी सहित १२ जनालाई पक्राउ गरेको हो ।  सेवाग्राहीलाई बाटो छेकेर अनावश्यक हैरानी द...

प्रतिकिलो  चिनीको मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन  

असोज १८ २०७५   ekhabarnepal

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।  चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने व्...

बालिका बलात्कारको आरोपमा 'स्ववियु सभापतिलाई दश वर्ष जेल सजाय '

असोज १८ २०७५   ekhabarnepal

पर्वत, रासस । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।  क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियो...

 राज्यको मेरुदण्ड 'महिला सशक्तीकरण'

असोज १८ २०७५   ekhabarnepal

काठमाडौँ असोज १८,    यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ ।  मितिनी नेपालको युवा महिला नेता समूहले बुधबार आयोजना गरेको ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ विषयक अन्तरक्रियामा राजनीतिक परिवर्तनका लागि महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेकाले अब पितृसत्ता प्रवृत्तिलाई परिवर्तन गर्नुपर्...

गाडीबाट थुतेर'जलाइयो राष्ट्रिय पत्रिका' 

असोज १७ २०७५   ekhabarnepal

धनगढी असोज१७,  कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ ।  नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको जनाइएको छ...

आज राति पौने १० बजेदेखि' खुल्दैछ डिभी '

असोज १७ २०७५   ekhabarnepal

काठमाडौं असोज १७,   अमेरिकामा स्थायी बसोबासको अनुमति पाउने माध्यमका रुपमा रहेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा, डिभी को आवदेन बुधबारदेखि खुला हुँदैछ ।नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि डिभीको फारम भर्न सकिने छ । आउँदो कात्तिक २० गते राति पौने ११ बजे भित्र फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसपटक डिभी भरेर छ...

पाँच 'बलात्कारीलाई दश–दश वर्ष जेल सजाय'को फैसला 

असोज १७ २०७५   ekhabarnepal

गाईघाट,रासस ।  कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ ।  जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर ...

दाङको टरिगाउँ विमानस्थलमा परीक्षण, उडान सम्भव :कुनै समस्या छैन

असोज १६ २०७५   ekhabarnepal

दाङ । नेपाल एयरलाइन्सले दाङ तुलसीपुरको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ । प्राविधिकसहितको टोलीले मंगलबार उडान गरेको हो । परीक्षण उडानपछि क्याप्टेन आङनुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । विमानस्थलमा नेपाल एयरलाइन्सको डाँफे विमान अवतरण गरेको थियो । प्राविधिक टोलीले विमान सञ्चालनका लागि कुनै समस्या नहुने भन्द...

 निर्मला हत्या प्रकरण: दोषी ठहरीय'एसपी विष्ट' 

असोज १६ २०७५   ekhabarnepal

काठमाडौं असोज १६,   गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ । समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पीडित परिवारलाई बेवास्ता गरेको, स्थानीय बासिन्दाले उठाएका विषयवस्तुलाई सम्बोधन नगरेको तथा घटनास्थलमा भेटिएका प्रमाण...

विशेष साधना सम्पन्न

असोज १५ २०७५   ekhabarnepal

बुटवल १५ असोज । रुपन्देहीको ड्राईभर टोल स्थित न्यू होराईजन स्कुलमा एक दिवसीय विशेष साधना शिविर गरिएको छ ।  राधा माधव समिति नेपाल, वुटवल केन्द्रको आयोजनामा सन्चालित साधना कार्यक्रमको उद्घाटन राधा माधव समिति, नेपालकी अध्यक्षा संगीता दिदी र न्याय परिषद्का सदस्य पदम् प्रसाद वैदिकको उपस्थितिमा उच्च अदालत तुल्सीपुर वुटवल इजलासका मुख्य न्यायाधीश कु...

एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

असोज १५ २०७५   ekhabarnepal

काठमाडौँ   सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा...

 निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा  

असोज १५ २०७५   ekhabarnepal

भक्तपुर असोज १५,  गुप्तेश्वर महादेव संरक्षण समितिले ज्येष्ठ नागरिकको सेवा गर्न आजदेखि भक्तपुरमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट वडा नं १ सिरुटार र ललितपुरको चाँगाथली गुप्तेश्वर बालकोट– २ स्थित गुप्तेश्वर महादेवमन्दिर परिसरमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको आज १००८ स्वामी रमानन्...

१२ वर्षीया बालिका बलात्कृत  

असोज १५ २०७५   ekhabarnepal

पर्वत असोज १५, मोदीगाउँपालिका १ भूक देउरालीमा एक बालिका बलात्कृत भएकी छन् । असोज १३ गते शनिबार राति १२ वर्षीया बालिका भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालबाट बलात्कृत भएकी हुन । छन्त्याल बलात्कार गरी फरार भएका छन । घरको कोठामा बसेर पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनी पीडितका अआइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी...

१६ हजार अस्लिल वेबसाइट बन्द

असोज १५ २०७५   ekhabarnepal

  काठमाडौँ,  असोज १५ गते । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ । दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो ।  मन्त...

'डिएनए' रिपोर्ट नेगेटिभ आएपछि : निर्मलाका बाबु यज्ञराज पन्तको यस्तो दाबि

असोज १४ २०७५   ekhabarnepal

काठमाडौं असोज १४,  कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाका बाबु यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको बताएका छन्  ‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष प...

नौबिसे–नागढुङ्गा सडकमा'सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग'को खोजी 

असोज १४ २०७५   ekhabarnepal

धादिङ,रासस ।  नौबिसे–नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ ।  वडादशैँका बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो । अचेल हरेक दिन नौबिसे नागढुङ्गा सडकमा २५ किलोमिटर सडकमा यातायात अवरुद्ध भई उक्त दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने ...

जलेश्वरमा पखाला फैलिनुको कारण भेटियो: 'इकोलाई' र'कोलिफर्म'  

असोज १४ २०७५   ekhabarnepal

गौशाला असोज १४,     महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता...

दुई जिल्ला जोड्ने 'नेपालकै लामो र अग्लो पुल' बन्दै

असोज १४ २०७५   ekhabarnepal

पर्वत असोज १४,   अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।  पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बा...

 पन्तको हत्या प्रकरण नयाँ मोडमा: तीनै जनाको 'डिएनए म्याच खाएन'  

असोज १४ २०७५   ekhabarnepal

काठमाडौं असोज १४,   कञ्चनपुरमा साउन १० गते बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ। विशेष प्रहरी स्रोतका अनुसार निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका तीनै ज...
To Top