समाज

दाङमा यातायात सेवा बन्द

साउन २८ २०७४ .

तुलसीपुर, साउन २८ - रातिदेखी परेको लगातारको बर्षाका कारण दाङमा यातायात सेवा ठप्प भएको छ । बाढीबाट जिल्लाका बिभिन्न स्थानमा क्षति पुगेको छ । तुलसीपुर घोराही सडक खण्डको हातिखौवामा बाढीले करिव १० मिटर सडक बगाउँदा यातायात सेवा बन्द भएको छ । राप्ती राजमार्गको तुलसीपुर अमिलीया सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । तुलसीपुर...

पहिरोले सिद्धबाबामा मोटरसाइकल पुरिदा एकको मृत्यु, अर्का घाइते

साउन २८ २०७४ .

पाल्पा, साउन २८ । अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको तिनाउ, २ दोभान सिद्धबाबामा मोटरसाइल पुरि“दा एक जनाको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा यात्रा गरेका अर्का एकजना घाइते भएका छन् । बुटवलबाट पाल्पाको तानसेन आउदै गर्दा लु १३ प १३६५ नम्बरको मोटरसाइल पहिरोले पुरि“दा घाइते भएका तानसेन, ३ का ३५ वर्षिय गृहपति शाक्यको मृत्यु भएको छ । ...

अब भरतपुर पनि हर्न निषेधित क्षेत्र

साउन २७ २०७४ .

चितवन साउन, २७ । राजधानी काठमाडौं र पोखरासँगै अब भरतपुरमा पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भदौ १ गतेदेखि भरतपुर र नारायणगढको राजमार्ग क्षेत्र र भित्री भागमा समेत हर्न बजाउन रोक लगाउन लागिएको हो । केन्दि्रय बस टर्मिनल भरतपुर, चौवीसकोठी, नारायणगढ लायन्सचोक, शहिदचोक, पुल्चोक, नारायणगढ बसपार्क, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र अगाडि लगायतक...

बागलुङमा घरको पर्खालले च्यापिएर दुई जनाको मृत्यु

साउन २७ २०७४ .

बागलुङ, साउन २७ । निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ बडगाउँमा घरको पर्खालले च्यापिएर दुई जनाको ज्यान गएको छ । गत राति करिब १२–१ बजेको समयमा घरको पछाडि पट्टिको गाह्रो भत्किएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उनका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । घरमा नाति, हजुरब...

संसदीय समितिले भन्यो–डा. केसीको जीवन बचाउनुस्

साउन २६ २०७४ .

काठमाडौं । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले १८ दिनदेखि अनसरत डा.गोविन्द केसीका जायज माग पूरा गरी अनसन तोडाउन सरकारलाई निर्देशन दिएको छ । विहीबार बसेको समिति बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए । उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले माथेमा प्रतिवेदन कार्यान्वयनका लागि क...

आजदेखि पेट्रोलियम ढुवानी बन्द

साउन २६ २०७४ .

काठमाडौं, साउन २६,–पेट्रोलियम पदार्थ दुवानीमा भएको प्राविधिक नोक्सानीको बिषयलाई लिएर पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीले नेपाल आयल निगमले ढुवानीमा भएको थप प्राविधिक नोक्सानी वेहोर्नु पर्ने माग अघि सारेर  बिहीबारवाट डिपोवाट पेट्रोलियम पदार्थ नउठाउने भएका छन् । पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

आर्थिक अनुशासनमा रहेर भवन बनाउन प्रमको निर्देशन

साउन २५ २०७४ रासस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा नयाँ निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको यहाँ शिलान्यास गरे । सिंहदरबार परिसरको दक्षिण पश्चिम नेपाली सेनाको क्याभलरी रहेको स्थानमा आगामी २०७७ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त भवन शिलान्यास गरिएकोे होे । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अ...

भारतीय चेकजाचले नेपालमा कठिनाई

साउन २४ २०७४ .

भैरहवा,  साउन २४। सुरक्षाको कारण देखाउदै भारतीय शसस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाचमा कडाई गरे पछि सीमामा आष्तजावतका साथै आयात निर्यात समेत प्रभावित भएकोे छ । १५ अगष्टमा पर्ने भारतीय स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै सीमामा एसएसबीले चेकजाच बढाएको छ । बेलहिया–सुनौलीनाकाहुदै भारतमा छिरेका बिभिन्नअवैधानिकएवमशंकास्पद बस्तुहरु फेला पर्दै ग...

४३ जातीय समूहलाई सूचीकृत गर्न माग

साउन २४ २०७४ .

काठमाडौं । ४३ जातीय समूहले आफूहरुलाई आदिवासी जनजातिको मान्यता नदिएको भन्दै गुनासो पोखेका छन् । ४३ जातीय समूहले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी आदिवासी जनजातिको मान्यता प्राप्त गर्न प्रमाण र दस्तावेजसहित बारम्बार सरोकारवाला निकाय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद लगायतले कुनै ठोस न...

नवलपरासी :लागुऔषधले विकराल रुप लिँदै

साउन २४ २०७४ रासस

नवलपरासी, साउन २४ -लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम्रपानमा मिसाएर र अन्य तरिकाबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । पछ...
To Top