समाज

नारायणगढ-मुग्लिन सडक झण्डै २४ घण्टादेखि अवरुद्ध, यात्रुको बिचल्ली

असार १७ २०७४   .

चितवन  असार,१७ । नारायणगढ-मुग्लिन सडकखण्ड करिब २४ घण्टादेखि अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन । शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन ...

अपहरणमा परेका व्यापारीको २१ दिनपछि शब फेला

असार १६ २०७४   .

दाङ असार १६– दाङको तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको एक जंगलमा फेला परेको छ । गत जेठ २६ गते  अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च प्रहरी श्रोतले बताएको छ । शुक्रबार विहान ४ बजे दाङ र सल्यानबाट गएको प्रहरीले टोलीले शवको पहिचान गरेको बताइएको छ । अपह...

धान दिवस : जान्नुहोस्, नेपालमा धान उत्पादन सम्बन्धी नालीवेली

असार १५ २०७४   रासस

काठमाडौँ असार १५, - मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ...

पहिरो जाँदा गाउँनै विस्थापित

असार १४ २०७४   रासस

धादिङ असार, १४ । वर्षाका कारण पहिरो जाँदा उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका- ५ चपाङचेतमा पहिरो गएपछि गाउँ नै विस्थापित भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण गाउँ तलबाट पहिरो जाँदा गाउँ जोखिममा परेपछि गाउँवासी विस्थापित भएर नजिकैको जङ्गलमा बसेको चपाङचेतका नेत्रराज घलेले टेलिफोन गरेर बताए । गए राति पनि परेको ठूलो वर्षाका कारण साबिकको ...

प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा

असार १४ २०७४   .

 बुटवल असार १४। दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत बुधबार मतदान हुँदै गरेको प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ । १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम अझ बढिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखा पनि चुनावलाई मध्यनजर गर्दै बिहानैदेखि खटिए...

भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु

असार १३ २०७४   .

नवलपरासी, असार १३– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् । नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थ...

नवलपरासीका सीमानाका ४८ घण्टाका लागि बन्द

असार १३ २०७४   .

परासी असार १३–छिमेकी राष्ट्र भारतसँग जोडिएको नवलपरासीका सम्पुर्ण नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपुर्ण र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले नाकाहरु सोमबार साँझ ५ बजेदेखि बन्द गरेको जनाएको छ । प्रशासनले जिल्लाको मुख्य नाका महेसपुर, त्रिवेणी, सुस्ता, झुल्नीपुर, भुजहाँ र गेरमीलाई पुर्ण रुपल...

गुल्मीमा चट्याङ लागेर २ को मृत्यु, एक घाइते

असार १३ २०७४   .

गुल्मी   |   चट्याङ लागेर गुल्मीमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ धुर्कोरजस्थल गैराखर्क बस्ने ११ वर्षीय कमल थापाको ज्यान गएको छ । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा सोमबार राति ज्यान गएको थापाका बुबा बाबुरामले बताए । आफ्नै आगनमा खेलिरहेका कमललाई दिउँसो एक्कासी चट्याङले हानेको थियो । उ...

तानसेनमा बस दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

असार १३ २०७४   .

तानसेन, असार १३ । पाल्पाको तानसेन नगरपालिका १२ बौबा पोखरा थोकमा सोमबार राति सवा १० बजे लु १ ख ६११८ नम्बरको बस दुर्घटना हुंदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन् । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागी मिसन अस्पताल पाल्पामा पठाइएकोमा गोरखा नेवारका १८ वर्षिय पदम कुमार श्रेष्ठको मृत्यु भएको छ भने घाइते भएकी गुल्मी ...

बिहे गरेको दुर्इवर्षसम्म पनि बच्चा नभएपछि पत्नीको हत्या

असार १२ २०७४   रासस

गौशाला, असार १२ । महोत्तरीमा पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। मटिहानी गाउँपालिका–६ सिमरदहीका जुगेश्वर सहनीकी २० वर्षीया छोरी टिङ्की कुमारीसँग दुई वर्षअघि उन...
To Top